ne_ta/translate/figs-intro/01.md

11 KiB

अलङ्‍कारले हरेक शब्दहरूले दिने सामान्य अर्थभन्दा विशेष अर्थहरू दिन्छ । अलङ्‍कारहरू विभिन्‍न प्रकारका छन् । यस पृष्ठमा बाइबलमा प्रयोग गरिएका केही अलङ्‍कारहरूको सूची र तिनको परिभाषा दिइएको छ ।

परिभाषा

आक्षरिकभन्दा फरक अर्थ दिने गरी शब्दहरूको प्रयोग गरिनुलाई अलङ्‍कार भनिन्छ । भन्‍नुको तात्पर्य, अलङ्‍कारले दिने अर्थ यसमा प्रयोग भएका शब्दहरूले दिने सोझो अर्थभन्दा फरक हुन्छ । अर्थलाई अनुवाद गर्नको लागि तपाईंले अलङ्‍कारलाई पहिचान गर्न सक्‍नुपर्छ र स्रोत भाषामा तिनको अर्थ थाहा पाउनुपर्छ । त्यसपछि तपाईंले अलङ्‍कारको प्रयोग गरेर वा सोझो अर्थ दिनेगरी लक्षित भाषामा अनुवाद गर्नुपर्छ ।

प्रकारहरू

तल विभिन्‍न प्रकारका अलङ्‍कारहरूको सूची दिइएको छ । यदि तपाईंलाई थप जानकारी चाहिएमा रङ्गिन शब्दहरूमा क्लिक गर्नुहोस्, यसले तपाईंलाई हरेक अलङ्‍कारको परिभाषा, उदाहरणहरू र भिडियोहरू भएको पृष्ठमा लैजान्छ ।

  • परोक्ष सम्बोधन - परोक्ष सम्बोधन एक प्रकारको अलङ्‍कार हो, जहाँ वक्ताले आफ्ना त्यहाँ नभएको व्यक्ति वस्तुलाई सम्बोधन् गर्छ ।
  • उस्तै अर्थ दिने जोडी शब्दहरू - उस्तै अर्थ दिने जोडि शब्दहरू शब्द वा धेरै छोटा शब्दहरूको जोडि हुन् जसका अर्थ एउटै हुन्छन् र एउटै वाक्यांशमा लेखिन्छन् । कुनै विचारलाई थप जोड दिनको निम्ति बाइबलका कविता, अगमवाणी र उपदेशहरूमा यसको प्रयोग गरिएको छ ।
  • व्यञ्‍जना - मृत्यु वा निजी तवरले गरिने क्रियाकलापहरू जस्ता कुनै दुखद, लज्जास्पद, वा सामाजिक रूपमा अस्वीकार्य कार्यहरूलाई नम्र तरिकाले व्यक्त गर्दा व्यञ्‍जनाको प्रयोग हुन्छ । सुन्‍ने वा पढ्ने व्यक्तिहरूलाई अप्रसन्‍न हुनबाट जोगाउनु यसको उद्देश्य हो ।
  • दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना - दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जनामा दुई शब्दहरूले एउटै विचार व्यक्त गर्छन् । यस्तो अवस्थामा एउटा शब्दले अर्को शब्दलाई परिवर्तन गर्छ ।
  • अतिशयोक्ति - कुनै कुराप्रति वक्ताको अनुभूति वा विचार व्यक्त गर्नको निम्ति जानीजानी अतिरञ्‍जन गर्नु नै अतिशयोक्ति हो ।
  • टुक्का - टुक्का शब्दहरू मिलेर बनेको आलङ्‍कार हो, यसले यसमा प्रायुक्त हरेक शब्दहरू दिने सामान्य अर्थभन्दा फरक अर्थ दिन्छ ।
  • व्यङ्ग्य - वक्ताले भनेको कुराको विपरित कुरा सञ्‍चार गर्नको निम्ति प्रयोग गरिने अलङ्‍कार नै व्यङ्ग्य हो ।
  • निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्ति - कुनै कुराको बारेमा विपरितार्थी अभिव्यक्तिलाई नकारात्मक तरिकाले व्यक्त गरिने जोडदार अभिव्यक्ति नै निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्ति हो ।
  • मेरिज्म - कुनै वक्ताले केही कुराको बारेमा बताउँदा त्यसका केही भागहरूको सूची बनाएर वा त्यसका विपरित भागहरूको बारेमा भनेर अभिव्यक्त गर्ने अलङ्‍कारलाई मेरिज्म भनिन्छ ।
  • रूपक - रूपक कुनै एउटा अवधारणाको साटोमा अर्कै असम्बन्धित अवधारणाको प्रयोग गरिने एउटा अलङ्‍कार हो । यसले पाठकलाई ती दुई असम्बन्धित कुराहरूमा मिल्दो के छ भन्‍ने कुरा सोच्‍न लगाउँछ । यसर्थ, दुई असम्बन्धित कुराहरू बिचमा अप्रत्यक्ष रूपमा तुलना गर्नु नै रूपक हो ।
  • लक्षणा - लक्षणा एक किसिमको अलङ्‍कार हो जसमा कुनै कुरा वा विचारलाई त्यसको आफ्नै नामले सम्बोधन नगरेर त्यससँग नजिकबाट सम्बन्धित अर्कै कुराले सम्बोधन गरिन्छ । लक्षणा कुनै कुराको साटोमा प्रयोग गरिने एउटा नजिकबाट सम्बन्धित शब्द वा वाक्यांश हो ।
  • सादृष्य - सादृष्यमा संरचना र विचारमा उस्तै कुनै दुई वाक्यांश वा उपवाक्यहरू एकसाथ प्रयोग गरिन्छन् । यसको प्रयोग हिब्रू बाइबलमा जताततै पाइन्छ, विशेषगरी भजनसङ्ग्रह र हितोपदेशमा यसको प्रयोग बढी भएको पाइन्छ ।
  • मानवीकरण - मानिसले जस्तै काम गर्ने वा मानिसहरूको जस्तै गुण भएको कुनै पनि मानवेत्तर विचार वा कुरालाई एक व्यक्तिको रूपमा अभिव्यक्त गरिने कार्यलाई मानवीकरण भनिन्छ ।
  • भविष्यवाणीयुक्त भूत - भविष्यवाणीयुक्त भूत भविष्यमा हुने कुनै कुरालाई जनाउन केही भाषाहरूले प्रयोग गर्ने एउटा शैली हो । कुनै घटना अवस्य नै घट्नेवाला छ भने उक्त कुरालाई जनाउन अगमवाणीमा यसको प्रयोग गरिन्छ ।
  • आलङ्‍कारिक प्रश्‍न - कुनै जानकारी प्राप्त गर्नको लागि नभइकन अर्कै प्रयोजनको लागि गरिने प्रश्‍नलाई आलङ्‍कारिक प्रश्‍न भनिन्छ । यसले अक्सर गरेर कुनै विषय वा श्रोताप्रति वक्ताको प्रवृत्तिलाई जनाउँछ । यसको प्रयोग प्रायः हप्काउन वा गाली गर्नको निम्ति गरिन्छ, तर केही भाषाहरूमा यसका अन्य प्रयोजन पनि छन् ।
  • उपमा - असमान दुई वस्तु बिच तुलना गर्नको लागि उपमाको प्रयोग गरिन्छ । यो ती दुई वस्तु बिचमा भएका कुनै विशेष गुणहरूमा केन्द्रित हुन्छ र तुलनालाई स्पष्ट पार्नको निम्ति यसमा "जस्तै" वा "भन्दा" जस्ता शब्दहरूको प्रयोग गरिन्छ ।
  • उपलक्षण - कुनै वस्तुको एक भागको नामलाई सम्पूर्ण वस्तुलाई जनाउन वा कुनै वस्तुको एउटा भागलाई जनाउनको लागि प्रयोग गरिने अलङ्‍कारलाई उपलक्षण भनिन्छ ।