ne_ta/translate/figs-metonymy/01.md

7.6 KiB

वर्णन

आफ्नै नामद्वारा नभइ यससँग नजिकबाट सम्बन्धित वस्तु वा विचारको नामद्वारा चिनिने अलङ्‍कारलाई लक्षणा भनिन्छ । लक्षणा आफूसँग सम्बन्धित कुनै अर्को वस्तु वा विचारको सट्टामा प्रयोग गरिएने एउटा शब्द हो ।

र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ । (१ यूहन्‍ना १:७ )

रगतले ख्रीष्टको मृत्युलाई जनाउँछ ।

यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो । (लूका २२:२० )

कचौराले कचौरामा भएको दाखरसलाई जनाउँछ ।

लक्षणाको प्रयोग निम्‍नानुसार गरिन्छ

  • कुनै कुरालाई छोटकरीमा जनाउँदा ।
  • कुनै अमूर्त विचारलाई त्यससँग सम्बन्धित भौतिक वस्तुको नामद्वारा जनाउँदा ।

यो अनुवादको विषय हुनुको कारण

बाइबलमा अक्सर गरेर लक्षणाको प्रयोग गरिएको छ । केही भाषा बोल्ने मानिसहरूले लक्षणाको प्रयोग नगरिने हुनाले तिनीहरूले त्यसलाई नचिन्‍न सक्छन् । यदि तिनीहरूले लक्षणाको प्रयोगलाई पहिचान गर्न सक्दैनन् भने खण्डले भन्‍न खोजेको कुरालाई बुझ्‍ने छैनन् वा खण्डलाई गलत तरिकाले बुझ्‍न पनि सक्छन् जुन झन् नराम्रो कुरा हो । लक्षणाको प्रयोग केलाई जनाउनको लागि गरिएको हो भन्‍ने कुरा मानिसहरूले बुझ्‍न जरुरी हुन्छ ।

बाइबलबाट उदाहरणहरू

परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुने छ । (लूका १:३२ )

यहाँ सिंहासनले राजाको अधिकारलाई जनाउँछ । "राजकीय अधिकारको", "शासन" वा "राज्यकाल" का निम्ति प्रयोग हुने लक्षणा "सिंहासन" हो । यसको अर्थ परमेश्‍वरले उहाँलाई दाऊद पछिका राजा बनाउनुहुने छ ।

तुरुन्‍तै तिनको मुख खुल्‍यो (लूका १:६४ )

मुखले बोल्ने शक्तिलाई जनाउँछ । यसको अर्थ उनी फेरि बोल्न सक्ने भए हुन्छ ।

... आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो? (लूका ३:७ )

"दण्ड" को लक्षणा "क्रोध" वा "रिस" हो । परमेश्‍वर मानिसहरूसँघ अत्यन्तै क्रोधित हुनुभयो, यसैले उहाँले तिनीहरूले दण्ड दिनुहुने छ ।

अनुवादका रणनीतिहरू

मानिसहरूले लक्षणालाई बुझ्छन् भने यसको प्रयोग गर्नुहोस् । यदि बुझ्दैनन् भने केही विकल्पहरू दिइएका छन् ।

१. लक्षणाको साथमा यसले जनाउने वस्तुको पनि प्रयोग गर्नुहोस् । २. लक्षणाले प्रतिनिधि गर्ने वस्तुको नामको मात्र प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. लक्षणाको साथमा यसले जनाउने वस्तुको पनि प्रयोग गर्नुहोस् ।

  • यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो । (लूका २२:२० )
    • “यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो दाखरसको कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो । ”

२. लक्षणाले प्रतिनिधि गर्ने वस्तुको नामको मात्र प्रयोग गर्नुहोस् ।

  • परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुने छ । (लूका १:३२ )
    • “परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको राजकीय अधिकार दिनुहुने छ । ”
    • “परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदजस्तै राजा बनाउनुहुने छ ।
  • ... आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो? (लूका ३:७ )
    • “... आइलाग्‍ने दण्डबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो?”

साझा लक्षणाहरूको बारेमा सिक्नको लागि बाइबलीय बिम्बविधान - साझा लक्षणाहरूहेर्नुहोस् ।