ne_ta/translate/bita-part2/01.md

8.3 KiB

बाइबलमा प्रयोग गरिएका साझा लक्षणाहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।

प्याला वा कचौराले त्यसभित्र भएको वस्तुको प्रतिनिधित्व गर्छ

मेरो कचौरो भरिएर पोखिन्‍छ । (भजनसंग्रह २३:५)

कचौरोमा धेरै भएको कारण भरिएर पोखिएको हो ।

किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ । (१ कोरिन्थी ११:२६)

मानिसहरूले कचौरो होइन तर त्यसमा भएको कुरा पिउँछन् ।

मुखले बोली वा शब्दहरूको प्रतिनिधित्व गर्छ

मूर्खको मुख नै त्‍यसको सर्वनाश हो (हितोपदेश १८:७)

तर तपाईंहरूलाई उत्‍साह दिन म साहसको वचन बोल्‍नेथिएँ (अय्यूब १६:५)

तैंले मेरो विरुद्धमा घमण्‍ड गरिस्, र मेरो विरुद्धमा तैंले बोलिस्‌ र मैले त्‍यो सुनें । (इजकिएल ३५:१३)

यी उदाहरणहरूमा मुखले उक्त व्यक्तिले बोलेको कुरालाई जनाउँछ ।

कुनै व्यक्तिको सम्झनाले उसका सन्तानहरूको प्रतिनिधित्व गर्छ

कुनै व्यक्तिको सम्झनाले त्यसका सन्तानहरूलाई जनाउँछ किनकि तिनीहरूले नै उक्त व्यक्तिको सम्झना र सम्मान गर्नुपर्छ । जब बाइबलले कसैको सम्झना मरेको कुरा गर्छ यसको अर्थ त्यसका सन्तानहरू हुने छैनन् वा सन्तानहरू मर्ने छन् भन्‍ने लाग्छ ।

जाति-जातिहरूलाई तपाईंले हप्‍काउनुभएको छ र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ । तपाईंले तिनीहरूको नाउँ सधैँको निम्‍ति मेटिदिनुभएको छ। शत्रुहरूमाथि अनन्‍त विनाश छाएको छ तिनीहरूका सहरहरू तपाईंले उखेल्‍नुभएको छ । तिनीहरूको नाउँनिशानै मेटिएको छ । (भजनसंग्रह ९:५-६)

पृथ्‍वीबाट त्‍यसको सम्‍झना लोप हुन्‍छ (अय्यूब १८:१७)

परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुने छ (भजनसंग्रह ३४:१६)

एक व्यक्तिले व्यक्तिहरूको एउटा समूहको प्रतिनिधित्व गर्छ

दुष्‍ट आफ्‍नो हृदयका इच्‍छाहरूमा गर्व गर्दछ त्‍यसले लालची मानिसलाई आशीर्वाद दिन्‍छ र परमप्रभुलाई निन्‍दा गर्दछ । (भजनसंग्रह १०:३)

यसले कुनै एक दुष्ट व्यक्तिलाई मात्र नभइ सम्पूर्ण दुष्टहरूलाई जनाउँछ ।

कुनै एक व्यक्तिको नामले उसका सन्तानहरूलाई जनाउँछ

गादमाथि एक दलले आक्रमण त गर्नेछ, तर त्‍यसले तिनीहरूलाई उल्‍टा खेद्‌दै हमला गर्नेछ । आशेरबाट उत्‍पन्‍न हुने अनाजहरू उत्तम हुनेछन्, र त्‍यसले राजकीय खाना बाँड़दिनेछ। नप्‍ताली फुकाइएकी मुडुली-मृग हो, जसले सुन्‍दर-सुन्‍दर पाठा-पाठी बियाउँछे । (उत्पत्ति ४९:१९-२१)

गाद, आशेर र नप्तालीले ती व्यक्तिहरूलाई मात्र नभएर तिनीहरूका सन्तानहरूलाई पनि जनाउँछ ।

कनै एक व्यक्तिले ऊ आफै र ऊसँग भएका मानिसहरूको प्रतिनिधित्व गर्छ

जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्‍यस स्‍त्रीलाई अत्‍यन्‍त सुन्‍दरी रहिछन्‌ भनी देखे । (उत्पत्ति १२:१४)

यहाँ "अब्राम" ले अब्राम र तिनीसँग यात्रा गर्ने सबै मानिसहरूलाई बुझाउँछ । यहाँ अब्रामलाई महत्त्व दिइएको छ ।

छेड्ने कुराले मार्ने कुराको प्रतिनिधित्व गर्छ

उहाँको सासमा आकाश सफा भयो, वेगले भागिरहेको सर्पलाई उहाँको हातले छेड्‌नुभयो । (अय्यूब २६:१३)

यसको अर्थ उहाँले सर्प मार्नुभयो भन्‍ने हुन्छ ।

हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे । (प्रकाश १:७)

“जसले उहाँलाई घोचे" ले येशूलाई मार्नेहरूलाई जनाउँछ ।

पापहरू (अधर्म) ले ती पापहरूका दण्डको प्रतिनिधित्व गर्छ

परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ । (यशैया ५३:६)

यसले हामीमाथि आउने दण्ड परमप्रभुले उहाँमाथि हालिदिनुभयो भन्‍ने बुझाउँछ ।