ne_ta/translate/figs-synecdoche/01.md

4.1 KiB

वर्णन

कुनै वस्तुको एक भागको नामलाई सम्पूर्ण वस्तुलाई जनाउन वा कुनै वस्तुको एउटा भागलाई जनाउनको लागि प्रयोग गरिने अलङ्‍कारलाई उपलक्षण भनिन्छ ।

मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ । (लूका १:४६ )

परमप्रभुले गर्नुभएको कुरामा मरियम खुसी थिइन् त्यसैले तिनले आफूलाई सम्पूर्ण रूपमा जनाउनको निम्ति "मेरो प्राण" भनिन् यसको अर्थ उनको भित्री र भावनात्मक भाग हो ।

फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्‍यही गर्दछन्‌?” (मर्कूस २:२४ )

त्यहाँ उभिएका सबै फरिसीहरूले एकै समयमा एउटै कुरा भनेनन् । सायद सम्पूर्ण समूहको प्रतिनिधित्व गरेर एक जना बोलेको हुनुपर्छ ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • केही पाठकहरूले शब्दहरूलाई आक्षरिक रूपमा बुझ्‍न सक्छन् ।
  • केही पाठकहरूलाई ती शब्दहरूलाई आक्षरिक रूपमा बुझ्‍नुहुँदैन भन्‍ने महसुस भएको हुन सक्छ, तर तिनको अर्थ थाहा नहुन सक्छ ।

बाइबलबाट उदाहरण

मेरा हातहरूले गरेका सबै कार्यहरू (उपदेशक २:११ )

“मेरा हातहरू” सम्पूर्ण व्यक्तिलाई जनाउने उपलक्षण हो, किनकि कुनै व्यक्तिले कुनै कार्यहरू गर्दा उसका हातहरू, बाँकी शरीर र मन पनि संलग्‍न हुन्छन् ।

अनुवादका रणनीतिहरू

उपलक्षणको प्रयोग स्वभाविक हुन्छ र सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस् नत्र भने अर्को विकल्प तल दिइएको छः

१. उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस् ।

  • मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ ।" (लूका १:४६ )
    • परमप्रभुको गुणगान गर्दछु ।”
  • ...फरिसीहरूले उहाँलाई भने (मर्कूस २:२४ )
    • ...फरिसीहरूको प्रतिनिधिले उहाँलाई भने ...
  • ... मेरा हातहरूले गरेका सबै कार्यहरू ... (उपदेशक २:११ )
    • मैले गरेका सबै कार्यहरू ।