ne_ta/translate/figs-merism/01.md

7.0 KiB

परिभाषा

कुनै वस्तुका विल्कुलै विपरित दुई भागहरूको प्रयोग गरेर उक्त वस्तुको बारेमा बताउने अलङ्‍कारलाई मेरिज्‍म भनिन्छ । ती विल्कुलै विपरित दुई भागहरूको बिचमा भएका अन्य भागहरू पनि त्यसभित्र पर्छन् ।

““अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुने छ ।” (प्रकाश १:८, )

अल्‍फा र ओमेगा, पहिलो र अन्तिम, सुरु र अन्त्य म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुने छ । (प्रकाश २२:१३, )

अल्‍फा र ओमेगा ग्रीक वर्णमालाका पहिलो र अन्तिम अक्षर हुन् । यसले सुरुदेखि अन्तसम्मका सबै कुरालाई समेट्छ । यसले अनन्तलाई जनाउँछ ।

हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु, ..., (मत्ती ११:२५ )

स्‍वर्ग र पृथ्‍वी एउटा मेरिज्‍म हो जसले अस्तित्वमा रहेका सबै कुरालाई समेट्छ ।

यो अनुवादको विषय हुनुको कारण

केही भाषाहरूमा मेरिज्‍मको प्रयोग गरिन्‍न । ती भाषा बोल्‍नेहरूले दिइएको वाक्यांशले उल्लेख गरिएका कुरालाई मात्र समेट्छ भन्‍ने बुझ्‍छन् । यसले दिइएका दुई कुरा र तिनका बिचमा पर्ने सबै कुरा समेट्छ भन्‍ने कुराको महसुस नगर्न सक्छन् ।

बाइबलबाट उदाहरणहरू

सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ ।(भजनसङ्ग्रह ११३:३ )

रेखाङ्‍कित वाक्यांश मेरिज्‍म हो किनकी यसले पूर्वदेखि पश्‍चिमसम्मका सबै कुरालाई समेट्छ । यसको अर्थ "सबैतिर" हुन्छ ।

ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुने छ । (भजनसङ्ग्रह ११५:१३)

रेखाङ्‍कित वाक्यांश मेरिज्‍म हो किनकी यसले ठूला र साना अनि बिचमा पर्ने सबैलाई समेट्छ । यसको अर्थ "सबैजना" हुन्छ ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा मेरिज्‍मको प्रयोग स्वभाविक छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । होइन भने अन्य विकल्प तल दिइएका छन्ः

१. दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्‍मले केलाई जनाउँछ पहिचान गर्नुहोस् । २. मेरिज्‍मले केलाई जनाउँछ भन्‍ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्‍मले केलाई जनाउँछ पहिचान गर्नुहोस् ।

  • हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु, ... (मत्ती ११:२५ )
    • हे पिता, सबै कुराका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु, ...
  • सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ । (भजनसङ्ग्रह ११३:३ )
    • सबै ठाउँमा परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ ।

२. मेरिज्‍मले केलाई जनाउँछ भन्‍ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस् ।

  • हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु (मत्ती ११:२५ )
    • हे पिता, स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुराहरूका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु
  • ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुने छ । (भजनसङ्ग्रह ११५:१३)
    • परमप्रभुका भय मान्‍नेहरू सबैलाई उहाँले आशीर्वाद दिनुहुने छ ।