ne_ta/translate/figs-litotes/01.md

6.5 KiB

वर्णन

दुई नकारात्मक शब्दहरू वा एउटा नकारात्मकसँग अभिव्यक्त गर्न खोजिएको अर्को शब्दको उल्टो अर्थ लाग्‍ने शब्दको प्रयोग गरेर दृढ सकारात्मक अर्थ दिने अलङ्‍कारलाई निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्ति भनिन्छ । "होइन," "हुन्‍न," "हुँदैन," "कोही पनि होइन," र "कहिले पनि होइन" केही नकारात्मक शब्दका उदाहरण हुन् । "असल" को उल्टो "खराब" हुन्छ । कुनै कुरा एकदमै असल छ भन्‍नको लागि "खराब छैन" भन्‍न सकिन्छ ।

यो अनुवादको विषय हुनुको कारण

केही भाषामा निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरिन्‍न । ती भाषा बोल्‍ने मानिसहरूलाई निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोगले सकारात्मक अर्थलाई थप बलियो पार्छ भन्‍ने कुरा थाहा नहुन सक्छ । यसको प्रयोगले सकारात्मक अर्थलाई थप कमजोर पार्छ वा सकारात्मक अर्थलाई निषेध गर्छ भन्‍ने उनीहरूलाई लाग्‍न सक्छ ।

बाइबलबाट उदाहरणहरू

भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्‍यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ, (१ थेसलोनिकी २:१ )

निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरेर पावलले तिनीहरूकहाँ उनको आगमन धेरै फाइदाजनक भएको कुरालाई जोड दिए ।

उज्‍यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा लरतरो हलचल भएन । (प्रेरित १२:१८ )

निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरेर पत्रुसमा भएको कुराले सिपाहीहरूमा धेरै हलचल वा चिन्ता भएको कुरामा लूकाले जोड दिए । (पत्रुस झ्यालखानामा थिए, तिनलाई सिपाहीहरूले पहरा दिइरहेका थिए तथापि एकजना स्वर्गदूतको सहायतामा तिनी उम्कन सफल भए । त्यसैले तिनीहरू धेरै उत्तेजित भएका थिए ।)

‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।” (मत्ती २:६ )

यहाँ निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरेर अगमवक्ताले बेथलेहेम धेरै महत्त्वपूर्ण सहर हुने छ भन्‍ने कुरालाई जोड दिए ।

अनुवादका रणनीतिहरू

यदि यहाँ निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिलाई तपाईंको भाषामा बुझ्‍न कठिन हुँदैन भने यसको प्रयोग गर्नुहोस् ।

१. यदि नकारात्मक शब्दको अर्थ स्पष्ट हुँदैन भने सकारात्मक अर्थलाई थप बलियो बनाएर प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यदि नकारात्मक शब्दको अर्थ स्पष्ट हुँदैन भने सकारात्मक अर्थलाई थप बलियो बनाएर प्रयोग गर्नुहोस् ।

  • भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्‍यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ, (१ थेसलोनिकी २:१ )
    • भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन धेरै असल भएको तिमीहरू आफैलाई थाहा छ, (१ थेसलोनिकी २:१ )
  • उज्‍यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा लरतरो हलचल भएन (प्रेरित १२:१८ )
    • “उज्‍यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा धेरै हलचल भयो ।”
    • “उज्‍यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा धेरै चिन्तित भए ।”