ne_ta/translate/figs-doublet/01.md

6.5 KiB

विवरण

“उस्तै अर्थ दिने जोडी शब्दहरू” दुई शब्दहरू वा छोटा वाक्यांशहरू हुन् जसले एउटै वा नजिकको अर्थ दिन्छन् र सँगसँगै प्रयोग गरिन्छन् । प्रायजसो ती शब्दहरूलाई "र" ले जोडेको हुन्छ ।

यो अनुवादको विषय हुनुको कारण

कुनै भाषाहरूमा उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग हुँदैन । वा तिनीहरूको प्रयोग हुन्छ तर विशेष परिश्थितिहरूमा मात्र । यसैले तिनीहरूको भाषामा उस्तै अर्थ दिने जोडी शब्दहरूले बाइबलका पदहरूमा अर्थ नदिन सक्छन् । यी दुबै अवस्थामा अनुवादकले उस्तै अर्थ दिने जोडी शब्दहरूलाई व्यक्त गर्नलाई अर्को तरिका अपनाउनुपर्छ ।

बाइबलबाट उदाहरणहरू

दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो । (१ राजाहरू १:१)

रेखाङ्‍कित शब्दहरूले एउटै अर्थ दिन्छन् । दुबै शब्द मिलेर "धेरै वृद्ध" भन्‍ने अर्थ दिन्छन् ।

... त्यसले आफूभन्दा अझ असलधार्मिक दुई जना निर्दोष मानिसहरूलाई ... आक्रमण गर्‍यो... (१ राजाहरू २:३२)

यसको अर्थ तिनीहरू ऊभन्दा "धेरै" सोझा थिए भन्‍ने हुन्छ ।

यो परिश्थिति बद्लिएला भन्‍ने आशाले मलाई भ्रमदुष्ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ । (दानिएल २:९)

यसले, तिनीहरूले "धेरै भ्रामक कुराहरू भन्‍ने" मतो गरेका भन्‍ने अर्थ दिन्छ ।

... तर निष्खोटनिष्कलङ्‍क थुमाको जस्तो ... । (१ पत्रुस १:१९)

यसले, एउटै पनि खोट नभएको थुमालाइ जनाउँछ ।

अनुवादका रणनीतिहरू

तपाईंको भाषामा उस्तै अर्थ दिने जोडी शब्दहरू स्वभाविक लाग्छन् र सही अर्थ दिन्छन् भने तिनको प्रयोग गर्नुहोस् । यदि यस्तो हुँदैन भने तल दिइएका रणनीतिहरू प्रयोग गर्नुहोस् ।

१. दुईमध्ये एउटा मात्र शब्दको अनुवाद गर्नुहोस् । २. यदि उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको भए, कुनै एउटा शब्दको अनुवाद गर्नुहोस् र जोड दिने शब्द "धेरै" वा "प्रशस्त" जस्ता शब्दहरू प्रयोग गर्नुहोस् । ३. उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको छ भने तपाईंको भाषामा प्रयोग गरिने तरिका अपनाउनुहोस् ।

अनुवादका रणनीतिहरूको प्रयोग

१. दुईमध्ये एउटा मात्र शब्दको अनुवाद गर्नुहोस् ।

  • मलाई भ्रमदुष्ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ । (दानिएल २:९)
    • “मलाई भ्रामक कुरा गर्ने तिमीहरूले मतो गरेका छौ ।*”

२. यदि उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको भए, कुनै एउटा शब्दको अनुवाद गर्नुहोस् र जोड दिने शब्द "धेरै" वा "प्रशस्त" जस्ता शब्दहरू प्रयोग गर्नुहोस् ।

  • दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो (१ राजाहरू १:१)
    • “दाऊद राजा धेरै वृद्ध थिए ।”

३. उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको छ भने तपाईंको भाषामा प्रयोग गरिने तरिका अपनाउनुहोस् ।

  • ... तर निष्खोटनिष्कलङ्‍क थुमाको जस्तो ... । (१ पत्रुस १:१९) - अङ्ग्रेजीमा यसलाई जोड दिनको लागि "कुनै पनि" भन्‍ने शब्दको प्रयोग गर्न सकिन्छ ।
    • “ ... तर कुनै खोट नलागेको र थुमाको जस्तो ... । ”