ne_ta/translate/figs-apostrophe/01.md

6.5 KiB
Raw Permalink Blame History

परिभाषा

परोक्ष सम्बोधन एक प्रकारको अलङ्‍कार हो, जहाँ वक्ताले आफ्ना श्रोताहरूबाट आफ्नो ध्यान मोडेर उसले बोलेको सुन्‍न नसक्ने व्यक्ति वा वस्तुसँग बोल्छ ।

विवरण

त्यस व्यक्ति वा वस्तुप्रति आफ्नो भावना गहिरो छ भन्ने कुरा आफ्ना श्रोताहरूलाई बताउनको निम्ति वक्ताले यसो गर्छ ।

यो अनुवादको विषय हुनुको कारण

धेरै भाषाहरूमा परोक्ष सम्बोधनको प्रयोग गरिन्‍न र पाठकहरू यसबाट अलमलमा पर्छन् । वक्ताले कोसँग कुरा गर्दै छ भन्‍ने कुरा तिनीहरूले थाहा पाउँदैनन् वा सुन्‍न नसक्ने व्यक्ति वा वस्तुसँग बोल्ने वक्ता पागल हुनुपर्छ भन्‍ने सोच्छन् ।

बाइबलबाट उदाहरणहरू

हे गिल्‍बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, (२ शमूएल १:२१)

राजा शाऊललाई गिल्बो डाँडामा मारिएको थियो र दाऊदले यसको बारेमा गीत गाए । ती डाँडाहरूमा शीत वा पानी नपरोस् भनेर उनले आफू कति दुःखी छन् भन्‍ने कुरा व्यक्त गरे ।

यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्‌! (लूका १३:३४)

येशूले आफ्ना चेलाहरू र फरिसीका समूहहरूको अघि येरूशलेमका मानिहरूप्रति भएको आफ्नो भावना व्यक्त गर्नुभएको हो । यरूशलेमलाई मानिसहरूजस्तो सम्बोधन गरेर उहाँले तिनीहरूलाई कति वास्ता गर्नुहुन्छ भन्‍ने देखाउँदै हुनुहुन्छ ।

उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, ““हे वेदी, वेदी! परमप्रभु यसो भन्‍नुहुन्‍छ: ... तँमाथि मानिसका हड्डी जलाइने छन्‌’।” (१ राजाहरू १३:२)

परमेश्‍वरका जनले वेदीले सुन्‍न सक्‍ने झैं गरेर त्यसलाई सम्बोधन गरेका छन्, तर वास्तवमा त्यहाँ उभिइरहेका राजाले तिनको कुरा सुनून् भन्‍ने तिनको चाहना थियो ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा परोक्ष सम्बोधन स्वभाविक लाग्छ र त्यसले सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । होइन भने, अर्को विकल्प छः

१. यदि यस्तो किसिमको वाक्यले तपाईंका मानिसहरू अलमलमा पर्छन् भन्‍ने लाग्छ भने वक्ताले कुनै मानिसहरू वा कुराहरूको बारेमा आफ्नो भावना पोखेर तिनीहरूसँग बोलेको जसरी अनुवाद गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यदि यस्तो किसिमको वाक्यले तपाईंका मानिसहरू अलमलमा पर्छन् भन्‍ने लाग्छ भने वक्ताले कुनै मानिसहरू वा कुराहरूको बारेमा आफ्नो भावना पोखेर तिनीहरूसँग बोलेको जसरी अनुवाद गर्नुहोस् ।

  • उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, ““हे वेदी, वेदी! परमप्रभु यसो भन्‍नुहुन्‍छ: ... तँमाथि मानिसका हड्डी जलाइने छन्‌’।” (१ राजाहरू १३:२)
    • उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, “परमप्रभु त्‍यस वेदीको बारेमा यसो भन्‍नुहुन्‍छ: ... त्यसमाथि मानिसका हड्डी जलाइने छन्‌’।”
  • हे गिल्‍बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, (२ शमूएल १:२१)
    • यी गिल्‍बोका डाँडाहरूको बारेमा भन्‍नुपर्दाा, तिनीहरूमाथि शीत कि पानी नपरोस्,