ne_ta/translate/figs-euphemism/01.md

5.9 KiB

विवरण

मृत्यु वा निजी तवरले गरिने क्रियाकलापहरू जस्ता कुनै दुखद, लज्जास्पद, वा सामाजिक रूपमा अस्वीकार्य कार्यहरूलाई नम्र तरिकाले व्यक्त गर्दा व्यञ्‍जनाको प्रयोग हुन्छ ।

परिभाषा

... उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा ढलेका भेट्टाए । (१ इतिहास १०:८)

यसको अर्थ शाऊल र तिनका छोराहरूलाई "मरेका भेट्टाए" हो । यहाँ व्यञ्‍जनाको प्रयोग गरिएको छ किनकि शाऊल र तिनका छोराहरू ढलेका थिए भन्‍ने कुरा महत्त्वपूर्ण होइन तर तिनीहरू मरेका थिए भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण कुरा हो । कहिलेकहिँ मानिसहरूले मृत्युको बारेमा सिधा कुरा गर्दैनन् किनकि यो दुखद कुरा हो ।

यो अनुवादको विषय हुनुको कारण

विभिन्‍न भाषाहरूले व्यञ्‍जनाको प्रयोग भिन्‍न भिन्‍न तरिकाले गर्छन् । यदि लक्षित भाषामा स्रोत भाषामा जस्तो व्यञ्‍जनाको प्रयोग गरिन्‍न भने पाठकहरूले यसको अर्थ नबुझ्‍न सक्छन् र त्यसलाई शाब्दिक रूपमा मात्र बुझ्‍न सक्छन् ।

बाइबलबाट उदाहरणहरू

... शाऊल त्‍यस गुफामा आएर हल्का हुनलाई भित्र पसे । (१ शमूएल २४:३)

यहाँ पाठकहरूले शाऊल दिसा बस्‍नलाई गए भन्‍ने बुझ्थे तथापि लेखकले त्यसलाई शाऊलके गरे भनेर सिधै लेखेनन्

मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुनसक्छ, किनकि म एक कन्या हुँ ।" (लूका १:३४)

नम्रताको खातिर, मरियमले कुनै मानिससँग यौनसम्बन्ध भएकै छैन भन्‍ने कुरा व्यक्त गर्नको निम्ति व्यञ्‍जनाको प्रयोग गर्छिन् ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा व्यञ्‍जनाको प्रयोग स्वभाविक छ र सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । नत्र अन्य विकल्पहरू तल दिइएका छन्ः

१. व्यञ्‍जनालाई आफ्नै तरिकाले प्रयोग गर्नुहोस् । २. यदि त्यसले कसैलाई असर पार्दैन भने व्यञ्‍जनाविना नै जानकारीलाई व्यक्त गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. व्यञ्‍जना प्रयोग यसरी गर्नुहोस्

  • ...शाऊल त्‍यस गुफामा आएर हल्का हुनलाई भित्र पसे । (१ शमूएल २४:३) - केही भाषाहरूमा व्यञ्‍जनाको प्रयोग यसरी गरिन सक्छः
    • “...शाऊल त्‍यस गुफामा आएर खाडल खन्‍नलाई भित्र पसे ।“
    • “...शाऊल त्‍यस गुफामा आएर एकान्तमा समय बिताउनलाई भित्र पसे ।“
  • मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुनसक्छ, किनकि म एक कन्या हुँ ।" (लूका १:३४)
    • मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुनसक्छ, किनकि म कुनै पुरुषलाई चिन्दिनँ” - (मूल ग्रीकमा यो व्यञ्‍जनाको प्रयोग गरिएको छ ।)

२. यदि त्यसले कसैलाई असर पार्दैन भने व्यञ्‍जनाविना नै जानकारीलाई व्यक्त गर्नुहोस् ।

  • ... उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा ढलेका भेट्टाए । (१ इतिहास १०:८)
    • “... उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।”