ne_ta/translate/figs-idiom/01.md

10 KiB

टुक्का शब्दहरू मिलेर बनेको आलङ्‍कार हो, यसले यसमा प्रायुक्त हरेक शब्दहरू दिने सामान्य अर्थभन्दा फरक अर्थ दिन्छ । यो भाषा बोल्ने मानिसले यसको अर्थ नबताएसम्म यो भाषा नबोल्ने मानिसले यसको वास्तविक अर्थ थाहा पाउन सक्दैन । हरेक भाषामा टुक्काको प्रयोग गरिन्छ । नेपालीका केही उदाहरणहरूः

  • तपाईंका दिनहरू कसरी कटिरहेका छन् । (यसको अर्थ हुन्छ "तपाईंको समय कसरी बितिरहेको छ")
  • यदि मैले भएको जस्तो भएन भने म मेरो कान काट्छु । (यसको अर्थ हुन्छ, "मैले भनेको जस्तै हुन्छ भनी म कसम खान्छु" ।)
  • तपाईंले त्यसरी मुख छाड्न मिल्दैन । (यसको अर्थ हुन्छ, "तपाईंले त्यसरी गाली गर्न मिल्दैन")
  • मेरो छोरोले मेरो नाक राख्छ । (यसको अर्थ हुन्छ, "मेरो छोरोले मेरो प्रतिष्ठा राख्छ")

वर्णन

टुक्का यस्तो वाक्यांश हो, जसले त्यही भाषा बोल्ने र प्रयोग गर्ने व्यक्तिलाई विशेष अर्थ दिन्छ । टुक्काले हरेक छुट्टाछुट्टै शब्दले दिने अर्थभन्दा फरक अर्थ दिन्छ ।

उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो । (लूका ९:५१ )

अँग्रेजी बाइबलमा प्रयोग भएका शब्दहरू "set his face" अङ्ग्रेजी टुक्का हो, यसको अर्थ "निर्णय गर्नुभयो" हुन्छ ।

कहिलेकाहीँ मानिसहरूले टुक्कालाई सामान्य तरिकाले बुझ्‍न सक्छन् तर त्यसको अर्थ अनौठो लाग्‍न सक्छ ।

किनकि तपाईं मेरो छानामुनि (घरभित्र) प्रवेश गर्नुहुने योग्‍यको म छैनँ । (लूका ७:६ )

"छानामुनि" वाक्यांशले "घरभित्र" भन्‍ने अर्थ दिन्छ ।

“यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ ।” (लूका ९:४४ )

यो टुक्काको अर्थ "मैले भनेको कुरालाई ध्यान दिएर सुन र सम्झ" हुन्छ ।

उद्देश्य: कुनै व्यक्तिले झुक्किएर कुनै कुरालाई अनौठो तरिकाले व्याख्या गर्दा टुक्काको सृजना भएको हुन सक्छ । तर जब त्यो अनौठो तरिकाले गरिएको व्याख्याले भन्‍न खोजेको कुरालाई झन् शक्तिशाली तरिकाले व्यक्त गर्छ, तब अन्य मानिसहरूले त्यसको प्रयोग गर्न सुरु गर्छन् । केही समयपछि यो नै सामान्य बन्‍न जान्छ ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • मूल बाइबलमा प्रयोग भएका टुक्काहरूको भाषाको बारेमा थाहा नभएका मानिसहरूले टुक्काहरूलाई गलत तरिकाले बुझ्‍नसक्छन् ।.
  • अनुदित बाइबलको भाषाको बारेमा जानकारी नभएका व्यक्तिहरूले बाइबलका स्रोत भाषामा प्रयोग गरिएका टुक्काहरूलाई गलत तरिकाले बुझ्‍नसक्छन् ।
  • लक्षित भाषाका पाठकहरूले अर्थ बुझ्दैनन् भने टुक्काहरूको शाब्दिक अनुवाद (शब्दको अर्थअनुसार) गर्नु बेकार हुन्छ ।

बाइबलबाट उदाहरणहरू

यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाडनाता हौं ।” (१ इतिहास ११:१ )

यसको अर्थ हो, "हामी र तपाईं एउटै जाति र परिवारका हौँ ।"

उनले साहससँग निस्केर गए । (प्रस्थान १४:८)

अङ्ग्रेजी टुक्का with a high hand (साहससँग) को अर्थ हो इस्राएलीहरू नडराइकन अटेर गरेर निस्केर गए ।"

तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ । भजनसङ्ग्रह ३:३ )

यसको अर्थ हो, "मलाई सहायता गर्ने" ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा टुक्काहरूलाई सजिलै बुझ्‍न सकिन्छ भने तिनको प्रयोग गर्नुहोस् । यदि सकिन्‍न भने अरू विकल्पहरू तल दिइएका छन् ।

१. टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस् । २. तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस् ।

  • त्‍यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए । तिनीहरूले भने, “हामीहरू तपाईंकै हाडनाता हौं ( १ इतिहास ११:१ )
    • ...हामीहरू तपाईंकै जाति हौँ
  • उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो (लूका ९:५१ )
    • उहाँले यरूशलेमतर्फको यात्रा सुरु गर्नुभयो, "उहाँ त्यहाँ पुग्‍ने कुरामा दृढ हुनुहुन्थ्यो ।
  • **तपाईं मेरो छानामुनि प्रवेश गर्नुहुने योग्‍यको म छैनँ । (लूका ७:६ )
    • तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्‍यको म छैनँ ।

२. तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस् ।

  • यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ । (लूका ९:४४ )
    • यी कुराहरू कान थापेर सुन
  • शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌ । (भजनसङ्ग्रह ६:७ )
    • शोकले गर्दा मेरा आँखाको आँसु सुकेका छन् ।