ne_ta/translate/figs-pastforfuture/01.md

7.5 KiB

वर्णन

भूतकालको प्रयोगद्वारा भविष्यमा हुने कुरालाई बताउने अलङ्‍कारलाई भविष्यवाणीयुक्त भूत भनिन्छ । कुनै कुरा पक्कै हुन्छ भन्‍ने बताउनलाई कहिलेकाहीँ भविष्यवाणीमा यसको प्रयोग गरिन्छ । यसलाई भविष्यवाणीयुक्त पूर्ण पक्ष पनि भनिन्छ ।

यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्‍च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्‍यासले पीडित हुनेछन्‌ । (यशैया ५:१३ )

माथिको उदाहरणमा, इस्राएलका मानिसहरू कैदमा परिसकेका थिएनन्, तर परमेश्‍वरले उक्त कैद पहिले नै भएको जस्तो गरेर भन्‍नुभयो किनकि तिनीहरू निश्‍चय नै कैदमा जाने छन् भनेर उहाँले निर्णय गर्नुभएको थियो ।

यो अनुवादको विषय हुनुको कारण:

भूत कालको प्रयोग गरेर भविष्यमा हुने घटनाहरूको बारेमा भविष्यवाणी गरिन्छ भन्‍ने कुरा थाहा नभएका पाठकहरू यसको प्रयोगले अलमलमा पर्न सक्छन् ।

बाइबलबाट उदाहरणहरू

त्‍यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो । कोही भित्र-बाहिर गर्न पाउँदैनथ्‍यो । तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु ।” (यहोशू ६:१-२ )

किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ । हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुने छ । (यशैया ९:६ )

माथि उल्लेख गरिएका उदाहरणहरूमा भविष्यमा हुने कुराहरूलाई परमेश्‍वरले पहिले नै भएको जस्तै गरी बताउनुभएको छ ।

आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो, (यहूदा १:१४ )

हनोकले भविष्यमा हुने कुराको बारेमा बताइरहेका थिए तर उनले "परमप्रभु आउनुभयो" भनेर भूत कालको प्रयोग गरेका छन् ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा भूतकालको प्रयोग स्वभाविक हुन्छ र त्यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । यदि होइन भने अन्य विकल्पहरू तल दिइएका छन्ः

१. भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्यत्‌कालको प्रयोग गर्नुहोस् । २. यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस् । ३. केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्यत्‌कालको प्रयोग गर्नुहोस् ।

  • किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ । हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ (यशैया ९:६क )
    • “किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म हुने छ। हाम्रा निम्‍ति एक जना छोरो दिइने छ

२ यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस् ।

  • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु (यहोशू ६:२ )
    • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पार्न लागेको छु ।”

३. केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ ।

  • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु ।” (यहोशू ६:२ )
    • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पार्न गइरहेको छु ।”