ne_ta/translate/guidelines-intro/01.md

7.4 KiB

चार प्रमुख विशेषताहरू

एउटा असल अनुवादका चार प्रमुख विशेषताहरू हुन्छन् । त्यो हुनुपर्छः

हामी यी चारै विशेषताहरूलाई चार-खुट्टे कुर्सीको खुट्टाको रूपमा विचार गर्न सक्छौँ । हरेक जरुरी छ । यदि एउटा छैन भने, कुर्सी बस्नेछैन । त्यसैगरी, कुनै एउटा अनुवाद मण्‍डलीको लागि उपयोगी र विश्‍वासयोग्‍य हुनका लागि त्यसमा यी हरेक विशेषताहरू हुनुपर्छ ।

स्‍पष्‍ट

बुझाइको सबैभन्दा माथिल्‍लो तह प्राप्‍त गर्नका लागि आवश्‍यक भएको कुनै पनि भाषा संरचनाहरूको प्रयोग गर्नुहोस् । मूल अर्थलाई सम्भव भएसम्‍म ठ्याक्‍कै मिल्‍ने गरेर प्रवाह गर्नका लागि यसले अवधारणाहरूलाई सरल बनाउने, पाठ्यखण्‍डको स्वरूपलाई पुनः मिलाउने, र आवश्‍यक भएअनुसार धेरै वा थोरै शब्दहरूको प्रयोग गर्ने कुरालाई समावेश गर्छ । कसरी स्‍पष्‍ट अनुवादहरू बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् स्‍पष्‍ट अनुवादहरू बनाउनुहोस्

स्वभाविक

भाषाका ती ढाँचाहरूलाई प्रयोग गर्नुहोस् जुन प्रभावकारी छन् र जसले सम्बन्धित सन्दर्भहरूमा तपाईंको भाषाको प्रयोग गरिने तरिकालाई झल्‍काउँछन् । स्वभाविक अनुवादहरू कसरी बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् स्वभाविक अनुवादहरू बनाउनुहोस्

ठ्याक्‍कै मिलेको

मूल खण्‍डको अर्थबाट नघटाइकन, त्यसलाई परिवर्तन नगरिकन, वा त्यसमा नथपिकन ठ्याक्‍कै मिल्‍ने गरेर अनुवाद गर्नुहोस्, जुन अर्थ मूल श्रोताहरूद्वारा बुझिने थियो । मनमा पाठ्यखण्‍डको अर्थलाई राखेर अनुवाद गर्नुहोस् र अन्तर्निहित जानकारी, नजानिएका अवधारणाहरू, र भाषाका अलङ्कारहरूलाई ठ्याक्‍कै मिल्‍ने गरेर प्रवाह गर्नुहोस् । ठ्याक्‍कै मिलेका अनुवादहरू कसरी बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् ठ्याक्‍कै मिलेका अनुवादहरू बनाउनुहोस्

मण्‍डली-अनुमोदित

यदि कुनै अनुवाद स्‍पष्‍ट, स्वभाविक, र ठ्याक्‍कै मिलेको छ, तर मण्‍डलीले त्यसलाई अनुमोदन गर्दैन वा त्यसलाई स्वीकार्दैन भने, तब त्यसले मण्‍डलीलाई सुधार गर्ने त्यसको आखिरी लक्ष्य प्राप्‍त गर्दैन । यो महत्त्वपूर्ण छ कि मण्‍डली अनुवादमा, जाँचको काममा, र अनुवादको वितरणमा संलग्‍न भएको होस् । मण्‍डली-अनुमोदित अनुवादहरू कसरी बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् मण्‍डली-अनुमोदित अनुवादहरू बनाउनुहोस्

अरू छ विशेषताहरू

स्‍पष्‍ट, स्वभाविक, ठ्याक्‍कै मिलेको, र मण्‍डली-अनुमोदित हुनुको थपमा, महान् अनुवादहरू यस्ता पनि हुनुपर्छः