ne_ta/translate/guidelines-authoritative/01.md

6.4 KiB

आधिकारिक बाइबल अनुवाद भनेको त्यो हो जुन बाइबलीय सामग्रीको अर्थका लागि सर्वोच्‍च अधिकारको रूपमा मूल भाषाहरूमा भएका बाइबलीय खण्‍डहरूमा आधारित छ । जब पनि बाइबलका दुई वा सोभन्दा बढी अनुवादहरू बाइबलको कुनै खण्‍डको अर्थलाई लिएर एक आपसमा बाझिन्छन्, तब मूल भाषाहरू नै हो जससँग अर्थ पहिल्‍याउनका लागि आखिरी अधिकार हुन्छ । कहिलेकाहीँ मानिसहरू तिनीहरूलाई पढ्ने बानी भएको बाइबलका अनुवादहरूलाई धेरै अनुसरण गर्ने हुन्छन्, र तिनीहरूले अरू मानिसहरूसँग विवाद गर्न सक्‍छन् जो भिन्दै बाइबलको अनुवादलाई अनुसरण गर्छन् । तर तीमध्ये कुनै पनि बाइबल अनुवादहरू सर्वोच्‍च अधिकार होइनन्, किनभने तिनीहरू केवल मूल कुराको अनुवादहरू मात्र हुन् । मूल भाषाहरूसँगको तुलनामा सबै अनुवादहरू अधिकारमा द्वितीय हुन् । त्यसैकारण बाइबललाई कसरी अनुवाद गर्ने भनेर निर्णय गर्दा हामीले सधैँ मूल बाइबलीय भाषाहरूलाई हेर्नुपर्छ ।

किनकि अनुवाद गर्ने सबै टोलीमा त्यस्तो सदस्य हुँदैन जसले बाइबलको मूल भाषाहरूलाई पढ्न सक्‍छ, बाइबललाई अनुवाद गर्दा बाइबलीय भाषाहरूलाई हेर्न सधैँ सम्भव हुँदैन । बरु, अनुवादको टोलीले ती अनुवादहरूमा भर पर्नुपर्ने हुन्छ जुन तिनीहरूले पढ्न सक्‍छन्, र जुन चाहिँ बाइबलीय भाषाहरूमा नै आधारित गरिएका छन् । यूएलटी लगायत गरेर, गेटवे भाषाहरूमा भएका धेरैजसो अनुवादहरू बाइबलीय भाषाहरूबाट अनुवाद गरिएका थिए, तर केही चाहिँ अनुवादहरूका अनुवादहरू हुन् । अनुवादलाई मूल कुराबाट दुई वा तीन कदम पर हटाइँदा त्रुटिहरू आउन सजिलो हुन्छ ।

यो समस्या हुन नदिनलाई सहायता गर्नका लागि अनुवादको टोलीले तीनवटा कुराहरू गर्न सक्‍छः

१. अनुवादको टोलीले अनुवादका टिप्‍पणीहरू, अनुवादका शब्दहरू, र तिनीहरूलाई उचित तरिकाले अनुवाद गर्नलाई सहायता गर्ने तिनीहरूसँग भएका अन्य कुनै पनि अनुवादका सहयोगी कुराहरूको प्रयोग गर्नैपर्छ । यी अनुवादका सहयोगी कुराहरू बाइबलका विद्वानहरूद्वारा लेखिएका थिए जसले मूल बाइबलीय भाषाहरू जान्दछन् । २. तिनीहरूले तिनीहरूका अनुवादहरूले अरूहरूले झैँ एउटै सन्देश प्रवाह गरिरहेको छ भनेर पक्‍का गर्नका लागि तिनलाई तिनीहरूले सकेको जति थुप्रै अरू भरपर्दा अनुवादहरूसँग तुलना गर्नुपर्छ । ३. अनुवाद ठ्याक्‍कै मिलेको छ वा छैन भनेर पक्‍का गर्नका लागि बाइबलीय भाषाहरूको अध्ययन गरेको कोही व्यक्तिले त्यसलाई हेर्नुपर्छ । यो व्यक्ति मण्‍डली अगुवा, पास्‍टर, अध्यापन गराउने प्राध्यापक, वा व्यवासायिक रूपमा बाइबलको अनुवाद गर्ने मानिस हुन सक्‍छ ।

कहिलेकाहीँ बाइबलका अनुवादहरू एक आपसमा मेल खाँदैनन् किनभने बाइबलमा भएका केही खण्‍डहरू मूल बाइबलीय भाषाहरूमा नै अस्‍पष्‍ट हुन्छन् वा अनेकार्थी हुन्छन् । त्यस्तो खण्‍डमा, अनुवादको टोलीले बाइबलका विद्वानहरूले अनुवादका टिप्‍पणीहरू, अनुवादका शब्दहरू, यूएसटी, र अन्य अनुवादका सहयोगी सामग्रीहरूमा भनेका कुराहरूमा आधारित भएर आपसमा चुनाउ गर्नुपर्छ ।