ne_ta/translate/guidelines-clear/01.md

13 KiB

स्‍पष्‍ट अनुवादहरू

एउटा स्‍पष्‍ट अनुवादले पाठकहरूलाई सजिलोसँग त्यो पढ्न र बुझ्‍नलाई सहायता गर्नका लागि आवश्‍यक परेको कुनै पनि भाषा संरचनाहरूलाई प्रयोग गर्नेछ । यसले खण्‍डलाई भिन्‍नै प्रारूप वा व्यवस्थामा राख्‍ने र मूल अर्थलाई सम्भव भएसम्‍म स्‍पष्‍टसँग प्रवाह गर्नका लागि आवश्‍यक भएअनुसार धेरै वा थोरै शब्दहरूको चयन गर्ने कुरालाई समावेश गर्छ ।

यी मार्गदर्शकहरू अन्य भाषाका अनुवादहरूका लागि हुन्, गेटवे भाषाको अनुवादको लागि होइन । यूएलटीलाई गेटवे भाषामा अनुवाद गर्ने क्रममा, तपाईंले यी परिवर्तनहरू गर्नु हुँदैन । यूएसटीलाई गेटवे भाषामा अनुवाद गर्दा यी परिवर्तनहरू गर्न आवश्‍यक छैन, किनभने ती पहिले नै गरिएका छन् । स्रोतमा दिइएको खण्‍डबाट स्‍पष्‍ट अनुवाद बनाउनका लागि यहाँ केही उपायहरू दिइएका छन्ः

सर्वनामहरूको जाँच गर्नुहोस्

तपाईंले स्रोत खण्‍डमा भएका सर्वनामहरूलाई जाँच गर्न र प्रत्येक सर्वनामले कसलाई वा के कुरालाई जनाउँछ भनेर स्‍पष्‍ट बनाउन आवश्‍यक हुन्छ । सर्वनामहरू ती शब्दहरू हुन् जुन नाउँ वा नामपद वाक्यांशको ठाउँमा आउँछन् । तिनले केही त्यस्तो कुरालाई जनाउँछन् जुन पहिले नै उल्‍लेख भइसकेको छ ।

प्रत्येक सर्वनामले कसलाई वा के कुरालाई जनाउँछ भनेर स्‍पष्‍ट छ भनेर सधैँ ध्यान दिएर जाँच गर्नुहोस् । यदि स्‍पष्‍ट छैन भने, सर्वनामको साटोमा व्यक्ति वा चीजको नाउँलाई नै राख्‍न आवश्‍यक हुन सक्‍छ ।

सहभागीहरूको पहिचान गर्नुहोस्

अर्को चाहिँ तपाईंले कुनै काम कसले गरिरहेको छ भनेर बुझ्‍न आवश्‍यक हुन्छ । एउटा स्‍पष्‍ट अनुवादले सहभागीहरूको पहिचान गर्नेछ । कुनै घटनामा भएका सहभागीहरू भनेका ती मानिसहरू वा चीजहरू हुन् जसले त्यस घटनामा भाग लिन्छन् । त्यो काम गरिरहेको कर्ता र त्यस कामले गरेको वस्तु चाहिँ मुख्य सहभागीहरू हुन् । कुनै घटनाको अवधारणालाई क्रियापदको रूपमा पुनः व्यक्त गर्ने क्रममा, त्यस घटनामा सहभागीहरू को र के हुन् भनेर बताउन धेरैपटक जरुरी हुन्छ । सामान्यतया यो कुरा सन्दर्भबाट स्‍पष्‍ट हुनेछ ।

घटनाका अवधारणाहरूलाई स्‍पष्‍टसँग व्यक्त गर्नुहोस्

घटनाका थुप्रै अवधारणाहरू गेटवे भाषामा नामपदहरूको रूपमा आउन सक्‍छन् । एउटा स्‍पष्‍ट अनुवादले यी घटनाका अवधारणाहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न जरुरी हुन सक्‍छ ।

अनुवाद गर्नलाई तयारी गर्ने बेलामा, खण्‍डमा भएका कुनै पनि घटनाका अवधारणाहरू खोज्‍न सहयोगी हुन सक्‍छ, विशेषगरी ती जुन क्रियापदभन्दा बाहेक अन्य प्रारूपमा व्यक्त गरिएका हुन्छन् । तपाईंले घटनाको अवधारणालाई व्यक्त गर्नका लागि कुनै क्रियापदको प्रयोग गरेर अर्थलाई पुनः व्यक्त गर्न सक्‍नुहुन्छ कि भनेर हेर्नुहोस् । यदि, तरैपनि, तपाईंको भाषाले घटनाका अवधारणाहरूलाई व्यक्त गर्नका लागि नामपदहरूलाई पनि प्रयोग गर्छ र घटना वा कार्य नामपदको रूपमा बढी स्वभाविक सुनिन्छ भने, तब नामपदको स्वरूपलाई प्रयोग गर्नुहोस् । हेर्नुहोस् भाववाचक नामपदहरू

प्रत्येक घटनाको अवधारणा बुझिएको छ भनेर पक्‍का हुनलाई तपाईंले त्यसलाई कर्तृ वाच्यमा प्रयोग हुने पदावलीमा परिवर्तन गर्नुपर्ने हुन सक्‍छ ।

कर्म वाच्यमा प्रयोग हुने क्रियापदहरू

एउटा स्‍पष्‍ट अनुवादले कुनै पनि कर्म वाच्यमा प्रयोग हुने क्रियापदहरूलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदहरूमा परिवर्तन गर्नुपर्ने हुन सक्‍छ । हेर्नुहोस् कर्तृ वाच्य वा कर्म वाच्य

**कर्तृ वाच्यमा **मा लेख्‍दा, वाक्यको कर्ता नै त्यो व्यक्ति हो जसले काम गर्छ । कर्म वाच्यमामा लेख्दा, वाक्यको कर्ता भनेको त्यो व्यक्ति वा चीज हो जसमा काम गरिन्छ । उदाहरणको लागि, “जनले बिललाई हिर्काए” भनेको कर्तृ वाच्य हो । “बिल जनद्वारा हिर्काइए” भनेको कर्म वाच्य हो ।

थुप्रै भाषाहरूमा कर्म वाच्य हुँदैन, केवल कर्तृ वाच्य मात्रै हुन्छ । यस्तो खण्‍डमा, कुनै वाक्यलाई कर्म वाच्यबाट कर्तृ वाच्यमा लैजान आवश्‍यक हुन्छ । केही भाषाहरूले, तापनि, कर्म वाच्यलाई प्रयोग गर्न रुचाउँछन् । अनुवादकहरूले ती किसिमहरूलाई प्रयोग गर्नुपर्छ जुन लक्षित भाषामा सबैभन्दा बढी स्वभाविक हुन्छन् ।

प्रत्येक ‘को’ वाक्यांशलाई हेर्नुहोस्

स्‍पष्‍ट अनुवाद बनाउनका लागि, “को” वाक्यांशद्वारा जोडिएका नामपदहरूको बीचमा भएको सम्बन्धको अर्थलाई पहिचान गर्नका लागि तपाईंले प्रत्येक “को” वाक्यांशलाई हेर्न पनि आवश्‍यक हुनेछ । थुप्रै भाषाहरूमा, “को” वाक्यांशका संरचनाहरू बाइबलको मूल भाषाहरूमा भए जत्तिकै आइरहँदैनन् । हरेकको अर्थलाई पढ्नुहोस् र “को” वाक्यांशलाई यसरी पुनः व्यक्त गर्नुहोस् जसले भागहरूको बीचमा भएको सम्बन्धलाई स्‍पष्‍ट बनाउँछ ।

तपाईंले यी कुराहरूको जाँच गर्नुभएपश्‍चात र तपाईंको अनुवादलाई सम्भव भएसम्‍म स्‍पष्‍ट बनाउनुभएपछि, तपाईंको भाषा बोल्‍ने मानिसहरूलाई त्यो स्‍पष्‍ट छ वा छैन भनेर हेर्नका लागि तपाईंले तिनीहरूलाई पढेर सुनाउन जरुरी हुन्छ । यदि त्यहाँ त्यस्ता भागहरू छन् जुन तिनीहरूले बुझ्‍दैनन् भने, त्यो शायद त्यो भाग नै स्‍पष्‍ट नभएको कारणले हुन सक्‍छ । एकसाथमा, त्यस भागलाई बताउनका लागि तपाईंले अझ बढी स्‍पष्‍ट तरिकाको बारेमा सोच्‍न सक्‍नुहुन्छ । अनुवादलाई थुप्रै मानिसहरूसँग जाँच गरिरहनुहोस् जबसम्‍म त्यो सबै स्‍पष्‍ट हुँदैन ।

याद गर्नुहोस्ः अनुवाद भनेको सम्भव भएसम्‍म ठ्याक्‍कै मिल्‍ने गरेर, मूल सन्देशको अर्थलाई लक्षित भाषामा प्रस्‍ट र स्वभाविक रूपमा फेरि बताउने काम हो ।

स्‍पष्‍टसँग लेख्‍ने

तपाईंले आफैँलाई यी प्रश्‍नहरू सोध्‍नाले पनि तपाईंलाई स्‍पष्‍टसँग प्रवाह हुने अनुवाद बनाउनमा सहयोग गर्न सक्‍छः

  • के तपाईंले पाठकहरूलाई कति बेला रोकिने वा सास फेर्ने भनेर जान्‍नलाई सहायता गर्नका लागि विराम चिन्हहरूको प्रयोग गर्नुभएको छ ?
  • के तपाईंले कुन भागहरू प्रत्यक्ष बोली हुन् भनेर सङ्केत गर्नुभएको छ ?
  • के तपाईंले हरफहरूलाई छुट्‌ट्याइरहनुभएको छ ?
  • के तपाईंले खण्‍डको शीर्षकहरू राख्‍ने बारेमा विचार गर्नुभएको छ ?