ne_ta/translate/figs-abstractnouns/01.md

11 KiB

भाववाचक नामले प्रवृत्तिहरू, गुणहरू, घटनाहरू, परिस्थितिहरू र यी विचारहरू बीचको सम्बन्धलाई जनाउँछ । यि कुराहरूलाई भौतिक रूपमा देख्‍न र छुन सकिन्‍न । उदाहरणको निम्ति, खुशी, तौल, चोट, एकता, मित्रता, स्वास्थ र कारण । यो अनुवादको विषय हो किनकि केही भाषाहरूले कुनै एक विचारलाई भाववाचक नामको प्रयोग गरेर व्यक्त गरिन्छ भने अरू भाषामा यसलाई फरक तरिकाले व्यक्त गरिन्छ । उदाहरणको निम्ति, “यसको तौल कति छ?” लाई "यो कति गह्रौँ छ?” भनेर पनि व्यक्त गर्न सकिन्छ ।

विवरण

नामहरू त्यस्ता शब्दहरू हुन् जसले व्यक्ति, ठाउँ, वस्तु वा विचारलाई जनाउँछन् । भाववाचक नाम ले विचारहरूलाई जनाउँछन् । यी प्रवृत्तिहरू, गुणहरू, घटनाहरू, परिस्थितिहरू र विचारहरू बीचको सम्बन्ध हुन सक्छन् । यिनीहरूलाई भौतिक रूपमा हेर्न र छुन सकिन्‍न, उदाहरणको लागि, आनन्द, शान्ति, सृष्टि, भलाइ, सन्तुष्टि, न्याय, सत्यता, स्वतन्त्रता, बदला, ढिलाइ, लम्बाइ, र तौल ।

भाववाचक नामले मानिसहरूलाई थोरै शब्दहरूमा आफ्ना विचारहरू प्रस्तुत गर्ने अनुमति दिन्छ । यो कार्यहरू र गुणहरूलाई कुनै वस्तुहरूको रूपमा व्यक्त गर्ने तरिका हो । यो भाषाको छोटो मार्ग हो । उदाहरणको लागि, भाववाचक नामको प्रयोग गरिने भाषामा मानिसहरूले यसो भन्‍न सक्छन्, “म पापको क्षमामा विश्‍वास गर्छु ।" यदि त्यो भाषामा यी दुई भाववाचक नामहरू "क्षमा" र "पाप" नभएको भए यसलाई बुझाउनको निम्ति लामो वाक्यको प्रयोग गर्नुपर्ने हुन्थ्यो । उदाहरणको लागि, "मलाई विश्‍वास छ मानिसहरूले पाप गरिसकेपछि तिनीहरूलाई क्षमा दिन परमेश्‍वर राजी हुनुहुन्छ ।" भनेर भन्‍नुपर्ने हुन्थ्यो ।

यो अनुवादको विषय हुनुको कारण

तपाईंले अनुवाद गर्ने बाइबलमा केही निश्‍चित विचारहरू व्यक्त गर्नको निम्ति भाववाचक नामको प्रयोग गरिएको हुन सक्छ । तपाईंको भाषामा ती भाववाचक नामको प्रयोग नहुन सक्छ, यसको बदलामा ती विचारलाई व्यक्त गर्नको निम्ति वाक्यांशहरूको प्रयोग भएको हुन सक्छ । ती वाक्यांशहरूमा भाववाचक नामको अर्थ दिनको निम्ति विशेषणहरू, क्रियाहरू वा क्रिया विशेषणहरूको प्रयोग गरिएको हुनसक्छ ।

बाइबलबाट उदाहरणहरू

...तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ ... (२ तिमोथी ३:१५)

यहाँ भाववाचक नाम "बाल्यकाल" ले कोही बालक हुँदाको कुरालाई जनाउँछ ।

सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो । (१ तिमोथी ६:६)

भाववाचक नाम “भक्ति” र “सन्तुष्टि” ले भक्त र सन्तुष्ट हुनुलाई जनाउँछन् । भाववाचक नाम "लाभ" ले कसैलाई फाइदा पुर्‍याउने वा मदत गर्ने कुरालाई जनाउँछ ।

आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌ । (लूका १९:९)

भाववाचक नाम “मुक्ति” ले मुक्त हुनुलाई जनाउँछ ।

आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलाइ गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न (२ पत्रुस ३:९)

भाववाचक नाम “ढिलाइ” ले कुनै कुरा ढिलो गर्नुलाई बुझाउँछ ।

उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुने छ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुने छ । (१ कोरिन्थी ४:५)

भाववाचक नाम “अभिप्रायहरू” ले मानिसहरूले गर्न चाहेको र तिनको कारणलाई बुझाउँछ ।

अनुवाद रणनीतिहरू

भाववाचक नामले तपाईंको भाषामा स्वभाविक र सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । यदि दिँदैन भने यसको विकल्प तल दिइएको छः

१. भाववाचक नामको अर्थ दिने गरी वाक्यमा अर्को शब्दको प्रयोग गर्नुहोस् । भाववाचक नामले व्यक्त गरेको विचारलाई व्यक्त गर्नको निम्ति नामको सट्टामा क्रिया, क्रिया विशेषण, वा विशेषणको प्रयोग गर्न सक्‍नुहुन्छ ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

२. भाववाचक नामको अर्थ दिने गरी वाक्यमा अर्को शब्दको प्रयोग गर्नुहोस् । भाववाचक नामले व्यक्त गरेको विचारलाई व्यक्त गर्नको निम्ति नामको सट्टामा क्रिया, क्रिया विशेषण, वा विशेषणको प्रयोग गर्न सक्‍नुहुन्छ ।

  • ... तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ ... (२ तिमोथी ३:१५)
    • तिमी बालक हुँदा देखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ
  • सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो (१ तिमोथी ६:६)
    • सन्‍तुष्‍ट भएरगरिनेभक्ति नै धेरै फाइदाजनक हुन्छ ।
    • सन्‍तुष्‍ट भएर गरिएको भक्तिले हामीलाई धेरै फाइदा पुर्‍याउँछ ।
    • हामीसँग भएको कुरामा खुशी भएर परमेश्‍वरको आदर र आज्ञा पालन गर्‍यौँ भने हामीलाई फाइदा हुन्छ ।
  • आज यस घरमा मुक्ति आएको छ, ...(लूका १९:९) (लूका १९:९)
    • आज यस घरका मानिसहरू बचाइएका छन्,…
    • आज परमेश्‍वरले यस घरका मानिसहरूलाई बचाउनु भएको छ
  • आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलाइ गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न (२ पत्रुस ३:९)
    • आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न
  • उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुने छ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुने छ । (१ कोरिन्थी ४:५)
    • उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुने छ, र मानिसका हृदयका मानिसहरूले गर्न चाहेको र तिनको कारणहरू प्रकट गरिदिनुहुने छ ।