ne_ta/translate/guidelines-equal/01.md

17 KiB

एउटा समान अनुवादले स्रोत भाषाबाटको भावनाहरू व्यक्त गर्ने कुनै पनि अर्थलाई लक्षित भाषामा समान रूपमा सञ्‍चार गर्छ । विशेषगरी स्रोत भाषामा भएका ती ढाँचाहरूलाई हेर्नुहोस् जसले कुनै किसिमका संवेगहरूलाई सञ्‍चार गर्छ अनि लक्षित भाषामा भएका ती ढाँचाहरूलाई छान्‍नुहोस् जसले त्यही किसिमका संवेगहरूलाई सञ्‍चार गर्छ । यस्ता ढाँचाहरूका केही उदाहरणहरू यहाँ दिइएका छन् ।

वाक्‍पद्धतिहरू

भाषा - वाक्‍पद्धति भनेको शब्दहरूको एउटा समूह हो जसको अर्थ कोही व्यक्तिले ती प्रत्येक शब्दलाई छुट्टाछुट्टै बुझ्‍नेभन्दा फरक हुन्छ । वाक्‍पद्धतिहरू, उखानहरू, र भाषाका अलङ्कारहरूको अर्थ पहिल्याउनुहोस् र तिनलाई तपाईंको भाषामा भएका अभिव्यक्तिहरूले अनुवाद गर्नुहोस् जसका उही अर्थ हुन्छन् ।

विवरण - सामान्यतया वाक्‍पद्धतिहरूलाई अर्को भाषामा अक्षरशः अनुवाद गर्न सकिँदैन । वाक्‍पद्धतिको अर्थलाई अर्को भाषामा स्वभाविक हुने किसिमले व्यक्त गरिनुपर्छ ।

यहाँ प्रेरितहरू १८:६ को तीनवटा अनुवादहरू दिइएका छन्, र सबैको अर्थ एउटै लाग्‍छः

  • “तिमीहरूको रगत तिमीहरूकै थाप्‍लोमा परोस् ! म निर्दोष छु ।” (आरएसभी)
  • “यदि तिमीहरू हरायौ भने, त्यसको दोष तिमीहरू आफैँले लिनुपर्छ ! म जिम्‍मेवार छैन ।” (जीएनबी)
  • “यदि परमेश्‍वरले तिमीहरूलाई दण्‍ड दिनुहुन्छ भने, त्यो तिमीहरूकै कारणले हो, मेरो होइन !” (टीएफटी)

यी सबै गल्‍तीका आरोपहरू हुन् । केहीले “रगत” वा “हराएका” जस्ता शब्दहरू भएका वाक्‍पद्धतिहरू प्रयोग गरिरहेका छन् भने तेस्रोले चाहिँ “दण्‍ड दिनुहुन्छ” भन्‍ने शब्दहरू प्रयोग गरेर बढी सीधा तवरमा बोलेको छ । तपाईंको अनुवाद समान हुनका लागि, त्यसले पनि आरोपलाई एउटा भावनात्मक रूपमा व्यक्त गर्नुपर्छ, र कुनै वाक्‍पद्धतिको प्रयोग गर्न सक्‍छ, जबसम्‍म आरोपको ढाँचा र वाक्‍पद्धति दुवै लक्षित भाषा र संस्कृतिमा सुहाउँदो हुन्छ ।

भाषाका अलङ्कारहरू

भाषा - भाषाको अलङ्कार भनेको ध्यान खिँच्‍नलाई वा भनिएको कुराको बारेमा कुनै संवेगलाई व्यक्त गर्नका लागि केही कुरा भन्‍ने एउटा विशेष तरिका हो ।

विवरण - भाषाको अलङ्कारको समग्रमा भएको अर्थ चाहिँ छुट्टाछुट्टै शब्दहरूको सामान्य अर्थभन्दा फरक हुन्छ ।

यहाँ केही उदाहरणहरू दिइएका छन्ः

  • म टुक्राटुक्रा भएँ! वक्ता वास्तवमै टुक्रिएका थिएनन्, तर उनले धेरै नराम्रो अनुभव गरे ।
  • मैले भनिरहेको कुरालाई उसले आफ्‍नो कान थुन्यो । यसको अर्थ, “मैले भनिरहेको कुरालाई उसले नसुन्‍न रोज्यो ।”
  • बतासले रूखहरूमा सुसेल्यो । यसको अर्थ हो कि रूखहरूबाट भएर बहिरहेको बतास चाहिँ कुनै व्यक्तिले सुसेलिरहेको जस्तै सुनियो ।
  • सारा संसार बैठकमा आयो । संसारमा भएका सबैजना बैठकमा सामेल भएनन् । यो धेरै सम्भव छ कि त्यस बैठकमा थुप्रै मानिसहरू थिए ।

प्रत्येक भाषाले विभिन्‍न भाषाका अलङ्कारहरूको प्रयोग गर्छ । यो पक्‍का गर्नुहोस् कि तपाईंले निम्‍न उल्‍लिखित कुराहरू गर्न सक्‍नुहुन्छः

  • भाषाको अलङ्कारको प्रयोग हुँदैछ भनेर पहिचान गर्न
  • भाषाको अलङ्कारको उद्देश्‍य पहिचान गर्न
  • भाषाको अलङ्कारको खास अर्थ पहिचान गर्न

सम्पूर्ण भाषाको अलङ्कारको खास अर्थ नै हो जुन तपाईंको भाषामा अनुवाद गरिनुपर्छ, छुट्टाछुट्टै शब्दहरूको अर्थ होइन । एकपटक तपाईंले खास अर्थ बुझिसक्‍नुभएपछि, तपाईंले लक्षित भाषामा भएको कुनै अभिव्यक्तिलाई छान्‍न सक्‍नुहुन्छ जसले उही अर्थ र संवेगलाई सञ्‍चार गर्छ ।

(थप जानकारीको लागि, हेर्नुहोस् भाषाका अलङ्कारहरू को जानकारी ।)

आलङ्कारिक प्रश्‍नहरू

भाषा - आलङ्कारिक प्रश्‍नहरू भनेको वक्ताले पाठककको ध्यान खिँच्‍ने अर्को तरिका हो ।

विवरण - आलङ्कारिक प्रश्‍नहरू एक प्रकारको प्रश्‍न हो जसले कुनै उत्तरको अपेक्षा गर्दैन वा जानकारी माग्दैन । तिनीहरूले सामान्यतया कुनै किसिमको संवेगलाई व्यक्त गर्छन् र तिनलाई कुनै हप्‍की, चेतावनी, आश्‍चर्य व्यक्त गर्न, वा अन्य कुनै कुराको रूपमा प्रयोग गर्न सकिन्छ ।

उदाहरणको लागि, हेर्नुहोस्, मत्ती ३:७: “तिमीहरू विषालु सर्पका सन्तानहरू हो, कसले तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्‍नलाई चेतावनी दियो ?”

यहाँ कुनै उत्तरको अपेक्षा गरिएको छैन । वक्ताले जानकारीको लागि माग गरिरहेका छैनन्; उनले आफूलाई सुन्‍नेहरूलाई हप्‍काइरहेका छन् । यी मानिसहरूलाई परमेश्‍वरको क्रोधको बारेमा चेतावनी दिएर कुनै फाइदा छैन, किनभने तिनीहरूले उम्‍कने एउटै बाटोलाई इन्कार गर्छन्ः तिनीहरूका पापहरूको पश्‍चात्ताप गर्नु ।

यदि तपाईंको भाषाले आलङ्कारिक प्रश्‍नहरूलाई यस किसिमले प्रयोग गर्दैन भने, तपाईंले यस आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा पुनः व्यक्त गर्नुपर्ने हुन सक्‍छ । तर याद गर्नुहोस्, उही उद्देश्‍य र अर्थलाई कायम गर्ने, मूल आलङ्कारिक प्रश्‍नमा भएकै भावानालाई प्रवाह गर्ने बारेमा पक्‍का हुनुहोस् । यदि तपाईंको भाषाले आलङ्कारिक प्रश्‍नको उद्देश्‍य, अर्थ, र भावनालाई कुनै फरक किसिमको भाषाको अलङ्कारद्वारा प्रवाह गर्छ भने, तब त्यस भाषाको अलङ्कारलाई प्रयोग गर्नुहोस् ।

(हेर्नुहोस् आलङ्कारिक प्रश्‍नहरू)

विस्मयादिबोधक भनाइहरू

भाषा - भाषाहरूले भावनालाई प्रवाह गर्नका लागि विस्मयादिबोधक भनाइहरूको प्रयोग गर्छन् । कहिलेकाहीँ विस्मय जनाउने शब्द वा शब्दहरूको संवेगलाई व्यक्त गर्नुभन्दा बाहेक कुनै अर्थ हुँदैन, जस्तै अङ्ग्रेजीमा भएका “एल्यास” वा “वाउ” जस्ता शब्दहरू ।

उदाहरणको लागि, हेर्नुहोस्, १ शमूएल ४:८: हामीलाई धिक्‍का होस् ! यी शक्तिशाली देवताहरूको सामर्थ्यबाट हामीलाई कसले रक्षा गर्नेछ ? (यूएलटी)

यहाँ धिक्‍कार” शब्दको रूपमा अनुवाद गरिएको हिब्रू शब्दले केही नराम्रो कुरा हुने बारेमा भएको कडा भावनालाई व्यक्त गर्छ । यदि सम्भव हुन्छ भने, तपाईंको भाषामा भएको कुनै विस्मयादिबोधक भनाइलाई पत्ता लगाउने कोसिस गर्नुहोस् जसले यही भावनालाई प्रवाह गर्छ ।

कविता

भाषा - कविताको एउटा उद्देश्‍य भनेको केही कुराको बारेमा भएको भावनालाई व्यक्त गर्नु हो ।

विवरण - कविताले यो कुरा थुप्रै विभिन्‍न तरिकाहरूद्वारा गर्छ जुन विभिन्‍न भाषाहरूमा फरक-फरक हुन सक्‍छ । यी तरिकाहरूमा अहिलेसम्‍म कुरा गरिएका सबै कुराहरूलाई समावेश गर्न सक्‍छन्, जस्तै कि भाषाका अलङ्कारहरू र विस्मयादिबोधक भनाइहरू । भावनालाई प्रवाह गर्नका लागि, कविताले व्याकरणलाई सामान्य बोलीभन्दा फरक ढङ्गले पनि प्रयोग गर्न सक्‍छ, वा शब्दको खेल वा शब्दहरूलाई उस्तै सुनिने शब्दहरू वा कुनै लयमा प्रयोग गर्न सक्‍छ ।

उदाहरणको लागि, हेर्नुहोस्, भजनसङ्ग्रह ३६:५: तपाईंको करारको विश्‍वसनीयता, हे यहवे, स्वर्गसम्‍मै [पुग्‍छ]; तपाईंको सत्यनिष्‍ठापन बादलहरूसम्‍मै [पुग्‍छ] । (यूएलटी)

कविताको यस पदले एउटै अवधारणालाई दुई पङ्क्तिहरूमा दोहोर्‍याउँछ, जुन चाहिँ कविता लेख्‍ने असल हिब्रू शैली हो । साथै, मूल हिब्रू भाषामा कुनै पनि क्रियापदहरू छैनन्, जुन सामान्य बोलीले प्रयोग गर्नेभन्दा फरक व्याकरणको प्रयोग हो । तपाईंको भाषामा हुने कवितामा फरक कुराहरू हुन सक्‍छन् जसले त्यसलाई कविताको रूपमा अङ्कित गर्छ । जब तपाईंले कवितालाई अनुवाद गरिरहनुभएको हुन्छ, तपाईंको भाषाका ती ढाँचाहरूलाई प्रयोग गर्ने कोसिस गर्नुहोस् जसले तो कविता हो भनेर पाठकलाई सन्देश दिन्छ, र स्रोत भाषामा भएको कविताले प्रवाह गर्न खोजिरहेको भावनाहरूलाई नै प्रवाह गर्छ ।

याद गर्नुहोस्ःमूल पाठ्यांशका संवेगहरू र आचरणहरूलाई प्रवाह गर्नुहोस् । तिनलाई ती ढाँचाहरूमा अनुवाद गर्नुहोस् जसले तपाईंको भाषामा उस्तै प्रकारले प्रवाह गर्छ । त्यो अर्थ कसरी लक्षित भाषामा ठ्याक्‍कै मिलाएर, स्‍पष्‍टसँग, समान रूपमा, र स्वभाविक ढङ्गमा व्यक्त गर्न सकिन्छ भन्‍ने बारेमा विचार गर्नुहोस् ।