ne_ta/translate/guidelines-church-approved/01.md

7.3 KiB

मण्‍डली-अनुमोदित अनुवादहरू

असल अनुवादको प्रथम तीन गुणहरू भनेका प्रस्‍ट (हेर्नुहोस् स्‍पष्‍ट अनुवादहरू बनाउनुहोस्), स्वभाविक (हेर्नुहोस् स्वभाविक अनुवादहरू बनाउनुहोस्), र ठ्याक्‍कै मिलको (हेर्नुहोस् ठ्याक्‍कै मिलेका अनुवादहरू बनाउनुहोस्) हुन् । यी तीन सबैले अनुवादमा प्रयोग गरिएका शब्दहरू तथा वाक्यांशहरूलाई प्रत्यक्ष रूपमा असर गर्छन् । यदि कुनै अनुवाद यी तीनमध्ये कुनै एउटा होइन भने, सामान्य रूपमा शब्दहरूलाई बदल्दा वा पुनः क्रम मिलाएर राख्‍दा समस्या हल हुन सक्‍छ । चौथो गुण, जुन चाहिँ मण्‍डली-अनुमोदित हुनुपर्ने भन्‍ने हो, यसले चयन गरिएका शब्दहरूसँग कम सरोकार राख्‍छ र चलाइएको प्रक्रियासँग बढी सरोकार राख्‍छ ।

अनुवादको लक्ष्य

बाइबलीय सामग्रीको अनुवादको लक्ष्य भनेको केवल उच्‍च गुणस्तरको अनुवादको उत्पादन गर्ने मात्रै होइन, तर एउटा उच्‍च गुणस्तरको अनुवाद उत्पादन गर्ने हो जुन मण्‍डलीद्वारा प्रयोग गरिन्छ र मन पराइन्छ । उच्‍च गुणस्तरका अनुवादहरू प्रस्‍ट, स्वभाविक, र ठ्याक्‍कै मिलेका हुनुपर्छ । तर कुनै अनुवाद मण्‍डलीद्वारा प्रयोग गरिन र मन पराइनका लागि, त्यो मण्‍डली-अनुमोदित हुनुपर्छ ।

मण्‍डली-अनुमोदित अनुवाद कसरी बनाउने

मण्‍डली-अनुमोदित अनुवाद बनाउने काम भनेको अनुवादको प्रक्रिया, जाँच, र वितरणको बारेमा नै हो । यी प्रक्रियाहरूमा जति धेरै मण्‍डलीका सञ्‍जालहरू संलग्‍न हुन्छन्, त्यति नै धेरै त्यस अनुवादलाई तिनीहरूले अनुमोदन गर्नेछन् ।

अनुवादको कामलाई सुरु गर्नुभन्दा अगाडि, सम्भव भएसम्‍मको धेरैभन्दा धेरै मण्‍डलीका सञ्‍जालहरूलाई सम्पर्क गरिनुपर्छ र अनुवादको हिस्‍सा हुनका लागि र अनुवादको टोलीको भाग हुनलाई तिनीहरूका केही मानिसहरूलाई पठाउनलाई पनि प्रोत्साहन गरिनुपर्छ । तिनीहरूको परामर्श लिइनुपर्छ र अनुवादको काममा, त्यसका लक्ष्यहरूमा, र त्यसको प्रक्रियामा तिनीहरूको योगदानको लागि अनुरोध गरिनुपर्छ ।

मण्‍डलीले सक्रिय रूपमा अनुवादलाई डोहोर्‍याउन र सबै प्रयत्‍नहरूलाई मिलाउन जरुरी छैन, तर यो जरुरी छ कि जसले अनुवादलाई डोहोर्‍याइरहेको छ सो व्यक्ति मण्‍डली सञ्‍जालहरूद्वारा अनुमोदित छ, तिनीहरूले सुरु गर्नुभन्दा पनि पहिला नै यसो भएको रुचाइन्छ ।

मण्‍डली अनुमोदन र चरणहरूको जाँच

कुनै अनुवादको मण्‍डली-अनुमोदनको आवश्‍यकता चाहिँ स्‍पष्‍टसँग चरणहरूको जाँचमा झल्‍किन्छ । वास्तवमा, मण्‍डलीले अनुवादलाई कति फराकिलो ढङ्गमा अनुमोदन गर्छ भन्‍नका लागि धेरै हदसम्‍म चरणहरूको जाँच नै मापन हो ।

  • चरण १ ले भन्छ कि मण्‍डली-अनुमोदित अनुवादको टोलीले अनुवादलाई अनुमोदन गरेको छ ।
  • चरण २ ले भन्छ कि स्थानीय मण्‍डलीहरूका पास्‍टरहरू र अगुवाहरूले अनुवादलाई अनुमोदन गर्छन् ।
  • चरण ३ ले भन्छ कि थुप्रै मण्‍डली सञ्‍जालहरूका अगुवाहरूले अनुवादलाई अनुमोदन गर्छन् ।

प्रत्येक चरणमा, अनुवादलाई डोहोर्‍याइरहेका मानिसहरूले मण्‍डली सञ्‍जालहरूबाटको सहभागिता र योगदानलाई प्रोत्साहन गर्नुपर्छ । यस प्रक्रियालाई प्रयोग गरेर, सम्भव भएसम्‍म धेरैभन्दा धेरै मण्‍डली सञ्‍जालहरूका माझमा अनुवादलाई मण्‍डलीले अपनत्व गर्ने कुराको हामी आशा गर्छौँ । यस अनुमोदनको साथमा, मण्‍डलीलाई बलियो बनाउन र उत्साह दिनलाई प्रयोग गरिनका लागि अनुवादलाई अवरोध गर्ने कुरा केही पनि नहुनुपर्ने हो ।