ne_ta/translate/guidelines-natural/01.md

12 KiB

स्वभाविक अनुवादहरू

बाइबललाई अनुवाद गर्न ताकि त्यो स्वभाविक होस् भन्‍नुको अर्थ हुन्छः

अनुवाद लक्षित समूहबाटको कुनै सदस्यद्वारा लेखिएको जस्तै सुनिन्छ - कुनै विदेशीद्वारा होइन । स्वभाविक अनुवादहरू बनाउनलाई यहाँ केही उपायहरू दिइएका छन्ः

छोटा वाक्यहरूलाई प्रयोग गर्नुहोस्

कुनै अनुवाद स्वभाविक सुनिनलाई, कहिलेकाहीँ लामा, जटिल वाक्यहरूबाट छोटा, बढी सरल वाक्यहरू बनाउन आवश्‍यक हुन्छ । ग्रीक भाषामा प्रायः लामा, व्याकरणको हिसाबले जटिल वाक्यहरू हुन्छन् । केही बाइबल अनुवादहरूले ग्रीक संरचनालाई धेरै पछ्याउँछन् र तिनीहरूको अनुवादमा यी लामा वाक्यहरूलाई राख्‍छन्, तब पनि जब यो लक्षित भाषामा स्वभाविक सुनिँदैन वा अलमल्याउने किसिमको हुन्छ ।

अनुवाद गर्न तयारी गर्दा, लामा वाक्यहरूलाई छोटा वाक्यहरूमा फुटाउँदै खण्‍डलाई पुनः लेख्‍दा धेरैपटक सहयोगी हुन्छ । यसले तपाईंलाई अर्थलाई अझ बढी स्‍पष्‍ट रूपमा देख्‍न र अझ राम्ररी अनुवाद गर्नलाई सहायता गर्न सक्‍छ । थुप्रै भाषाहरूमा, छोटा वाक्यहरू राख्‍नु, वा जब वाक्यहरू लामा हुन्छन्, जटिल वाक्यहरूलाई आउन नदिनु चाहिँ असल शैली मानिन्छ । त्यसैले लक्षित भाषामा अर्थलाई पुनः व्यक्त गर्दा, मूल स्रोतमा भएका लामा वाक्यहरूलाई थुप्रै छोटा वाक्यहरूमा तोड्न कहिलेकाहीँ आवश्‍यक हुन्छ । किनभने थुप्रै भाषाहरूले केवल एउटा वा दुईवटा मात्रै पदावलीहरूको समूह भएका वाक्यहरूलाई प्रयोग गर्छन्, छोटा वाक्यहरूले स्वभाविकपनाको अनुभव दिनेछन् । छोटा वाक्यहरूले पाठकहरूलाई अज राम्रो बुझाइ पनि दिनेछन्, किनभने अर्थ अझ बढी प्रस्‍ट हुनेछ । नयाँ, छोटा पदावलीहरू र वाक्यहरूका बीचमा स्‍पष्‍ट सम्बन्ध भएका शब्दहरू समावेश गर्नलाई पक्‍का हुनुहोस् ।

लामा, बढी जटिल वाक्यहरूबाट छोटा वाक्यहरू बनाउनका लागि, वाक्यमा एक अर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका, अर्थात्, जसले एकसाथ मिलेर कुनै पदावली निर्माण गर्छन्, त्यस्ता शब्दहरूको पहिचान गर्नुहोस् । सामान्यतया, प्रत्येक क्रियापद वा क्रियालाई बुझाउने शब्दको दुवैतिर शब्दहरू हुन्छन् जसले क्रियापदको क्रियालाई नै जनाउने वा त्यसतर्फ सङ्केत गर्ने काम गर्छन् । शब्दहरूको यस किसिमको समूह जुन आफैँमा खडा भएर रहन सक्‍छ त्यसलाई आत्मनिर्भर पदावली वा कुनै सरल वाक्यको रूपमा लेख्‍न सकिन्छ । शब्दहरूका ती प्रत्येक समूहहरूलाई एकसाथ राख्‍नुहोस् र त्यस किसिमले वाक्यलाई थुप्रै विचारहरू वा भागहरूमा विभाजन गर्नुहोस् । नयाँ बनेका वाक्यहरूले अझै पनि अर्थ दिन्छन् भनेर पक्‍का गर्नका लागि तिनलाई पढ्नुहोस् । यदि त्यहाँ कुनै समस्या छ भने, तपाईंले लामा वाक्यहरूलाई कुनै फरक तरिकाले भाग गर्नुपर्ने हुन सक्‍छ । जब तपाईंले नयाँ वाक्यहरूको सन्देशलाई बुझ्‍नुहुन्छ, स्वभाविक लम्बाइ भएका वाक्यहरू बनाउँदै र तिनलाई स्वभाविक ढङ्गमा जोड्दै लक्षित भाषामा अनुवाद गर्नुहोस् । तब तपाईंको अनुवाद स्वभाविक सुनिन्छ वा सुनिँदैन भनेर हेर्नका गर्नका लागि त्यस भाषा समुदायको कुनै सदस्यलाई त्यो पढेर सुनाएर जाँच गर्नुहोस् ।

तपाईंका मानिसहरू कुरा गर्ने शैलीमा लेख्‍नुहोस्

बाइबलको खण्‍ड वा अध्यायलाई पढ्नुहोस् र आफैँलाई सोध्‍नुहोस्, “यो कस्तो प्रकारको सन्देश हो ?” तब तपाईंको भाषाले त्यस किसिमको सन्देशलाई प्रवाह गर्ने तरिकामा त्यस खण्‍ड वा अध्यायलाई अनुवाद गर्नुहोस् ।

उदाहरणका लागि, यदि सन्देश चाहिँ भजनसङ्ग्रमा भएको जस्तो कुनै कविता हो भने, तब तपाईंका मानिसहरूले त्यसलाई कविता हो भनेर बुझ्‍ने ढाँचामा त्यसलाई अनुवाद गर्नुहोस् । अथवा यदि सन्देश चाहिँ जीवन जिउने ठीक तरिकाको बारेमा बताउने कुनै अर्ती हो भने,जस्तो खालको चाहिँ नयाँ करारका पत्रहरूमा छन्, तब तपाईंको भाषाका मानिसहरूले एक अर्कालाई अर्ती दिने ढाँचामा त्यसलाई अनुवाद गर्नुहोस् । अथवा यदि खण्‍ड चाहिँ कसैले केही कुरा गरेको बारेमा भएको कुनै कथा हो भने, तब त्यसलाई कथाको (जुन वास्तवमै भयो) ढाँचामा अनुवाद गर्नुहोस् । बाइबलमा यस किसिमका प्रशस्‍तै कथाहरू छन्, र यी कथाहरूका अंशका रूपमा मानिसहरूले एक अर्कालाई कुराहरू भन्छन् जसको पनि आफ्‍नै ढाँचा छ । उदाहरणका लागि, मानिसहरूले धम्की दिन्छन्, चेतावनी दिन्छन्, र एक अर्कालाई प्रशंसा वा गाली गर्छन् । तपाईंको अनुवादलाई स्वभाविक बनाउनका लागि, तपाईंले यी हरेक कुराहरूलाई तपाईंको भाषाका मानिसहरूले धम्की दिने, चेतावनी दिने, एक अर्कालाई प्रशंसा वा गाली गर्ने तरिकामा नै अनुवाद गर्नुपर्छ ।

यी विभिन्‍न कुराहरू कसरी लेख्‍ने भन्‍ने बारेमा जान्‍नलाई, तपाईंको वरिपरिका मानिसहरूले के भन्छन् भन्‍ने कुरालाई तपाईंले सुन्‍नुपर्ने हुन सक्‍छ, र मानिसहरूले भन्‍ने र गर्ने विभिन्‍न कुराहरूलाई लेख्‍ने अभ्यास गर्नुपर्ने हुन सक्‍छ, ताकि मानिसहरूले यी विभिन्‍न उद्देश्‍यहरूका लागि प्रयोग गर्ने ढाँचा र शब्दहरूसँग तपाईं परिचित बन्‍नुभएको होस् ।

एक असल अनुवादले लक्षित वर्गका मानिसहरूले सामान्यतया प्रयोग गर्ने शब्दावली र अभिव्यक्तिहरूको नै प्रयोग गर्नेछ । त्यो तिनीहरूको लागि पढ्न र त्यसलाई सुन्‍न सजिलो हुनुपर्छ । त्यहाँ कुनै अप्‍ठेरा वा अनौठा वाक्यांशहरू हुनुहुँदैन । अनुवाद चाहिँ कुनै घनिष्‍ठ मित्रको पत्र जस्तै सजिलै पढिन सकिने हुनुपर्छ ।

गेटवे भाषा अनुवादहरूको लागि होइन

यो खण्‍ड यूएलटी र यूएसटीका गेटवे भाषा अनुवादहरूको लागि होइन । यी ती बाइबलहरू हुन् जुन त्यस्ता विशेषताहरू हुने गरेर बनाइएका हुन् जसले तिनलाई लक्षित भाषामा स्वभाविक तवरको हुनबाट रोक्‍छ । तिनीहरू बाइबल अनुवादका साधनहरू हुन्, अन्तिममा प्रयोगकर्ताको हातमा पर्ने बाइबलहरू होइनन् । यसको बारेमा थप जानकारीको लागि, गेटवे भाषा निर्देशन-पुस्तिकामा भएको “यूएलटीको अनुवाद” अनि “यूएसटीको अनुवाद”लाई हेर्नुहोस् ।