ne_ta/translate/guidelines-ongoing/01.md

4.3 KiB

बाइबल अनुवादहरू निरन्तर अगाडि बढिरहने हुनुपर्छ । अरूहरूले सन्देशको अर्थलाई बुझ्‍छन् वा बुझ्‍दैनन् भनेर हेर्नका लागि अनुवादलाई अरूहरूको सामु बाँड्नुहोस् । तिनीहरूको प्रतिक्रिया लिएर तपाईंको अनुवादलाई सुधार्नुहोस् । बुझाइ बढाउनलाई र अझ धेरै ठ्याक्‍कै मिलेको बनाउनलाई कुनै अनुवादलाई फेरि जाँच्‍नु भनेको सधैँ एक असल उपाय हो । जब पनि कसैसँग अनुवादलाई अझ असल बनाउनका लागि कुनै असल उपाय हुन्छ, त्यो परिवर्तनलाई समावेश गर्नका लागि तपाईंले अनुवादलाई सम्पादन गर्नुपर्छ । जब तपाईंले ट्रान्‍सलेसन स्‍टुडियो वा अन्य विद्युतीय पाठ सम्‍पादकहरूको प्रयोग गर्नुहुन्छ, तपाईंले पुनः जाँच गर्ने र सुधार्ने यस प्रक्रियालाई निरन्तर अगाडि बढाइरहन सक्‍नुहुन्छ ।

  • पुनः जाँच गर्नेहरू आवश्‍यक हुन्छन् जसले अनुवादलाई पढ्न सक्‍छन् र पुनः जाँचको आवश्‍यकता पर्ने खण्‍डलाई औँल्‍याउन सक्‍छन् ।
  • मानिसहरूलाई अनुवाद पढ्न लगाउनुहोस् वा अनुवादको कुनै रेकर्डिङ्ग सुन्‍न लगाउनुहोस् । मूल पाठकहरूको माझमा भएको जस्तै गरी तपाईंको समुदायमा पनि अनुवादको उही प्रभाव छ वा छैन भनेर जान्‍नलाई यसले तपाईंलाई मदत गर्नेछ (उदाहरणका लागिः सान्तवना, प्रोत्साहन, वा मार्गनिर्देशन दिने) ।
  • अनुवादमा सच्‍चाउने कामहरू गरिरहनुहोस् जसले त्यसलाई अझ बढी ठ्याक्‍कै मिलेको, अझ बढी स्‍पष्‍ट, अझ बढी स्वभाविक बनाउनेछ । लक्ष्य चाहिँ सधैँ नै त्यसलाई स्रोत खण्‍डको झैँ उही सन्देश प्रवाह गर्ने बनाउने हो ।

याद गर्नुहोस्, अनुवादलाई अझ असल बनाउनका लागि मानिसहरूलाई त्यसलाई पुनः जाँच गर्न र तपाईंलाई तिनीहरूका विचारहरू दिनलाई उत्साह दिनुहोस् । यी विचारहरूको बारेमा अरू मानिसहरूसँग कुरा गर्नुहोस् । जब थुप्रै मानिसहरू यी असल विचारहरू हुन् भनेर सहमत हुन्छन्, तब अनुवादमा यी परिवर्तनहरू बनाउनुहोस् । यसरी, अनुवाद अझ राम्रो अनि अझ राम्रो हुँदै जानेछ ।

(तपाईंले http://ufw.io/guidelines_ongoing मा भएको दृश्‍य सामग्रीलाई हेर्न पनि इच्‍छा गर्न सक्‍नुहुन्छ ।)