ne_ta/translate/guidelines-collaborative/01.md

4.8 KiB

बाइबलका अनुवादहरू जुन समन्वयमा गरिएका छन्, ती चाहिँ एउटै भाषा बोल्‍ने वक्ताहरूको समूहद्वारा अनुवाद गरिएका हुन् । तपाईंको अनुवाद सबैभन्दा उच्‍च गुणस्तरको छ भनेर पक्‍का गर्नका निमित्त, तपाईंको भाषा बोल्‍ने अन्य विश्‍वासीहरूसँग अनुवाद गर्न, जाँच गर्न, र अनुवाद भएको सामग्रीलाई वितरण गर्नलाई एकसाथ काम गर्नुहोस् ।

अनुवादको गुणस्तरको सुधार गर्नलाई सहायता गर्न अरूहरूलाई लगाउनका लागि यहाँ केही तरिकाहरू दिइएका छन् ।

  • कसैको अगाडि अनुवादलाई ठूलो स्वरले पढ्नुहोस् । वाक्यहरू ठीकसँग जोडिन्छन् वा जोडिँदैनन् भनेर उसलाई याद गर्न लगाउनुहोस् । ठीक नसुनिने वा अस्‍पष्‍ट रहेका शब्दहरू वा वाक्यांशहरूलाई औंल्याउनलाई त्यस व्यक्तिलाई भन्‍नुहोस् । परिवर्तनहरू गर्नुहोस् ताकि त्यो तपाईंको समुदायबाटको कसैले बोलिरहेको जस्तै सुनियोस् ।
  • तपाईंको हिज्‍जेको जाँच गर्नको लागि कसैलाई तपाईंको अनुवाद पढ्नलाई भन्‍नुहोस् । तपाईंले कुनै शब्दलाई फरक तरिकाले लेख्‍नुभएको हुन सक्‍छ जन त्यो आवश्‍यक थिएन । केही शब्दहरू विभिन्‍न अवस्थाहरूमा बदलिन्छन्, तर केही शब्दहरू हरेक अवस्थामा एउटै रहन सक्‍छन् । यी परिवर्तनहरूको ख्याल राख्‍नुहोस्, ताकि तपाईंको भाषाको हिज्‍जेमा तपाईंले कस्तो निर्णयहरू गर्नुभएको छ भनेर अरूहरूले जान्‍न सकून् ।
  • तपाईंले लेख्‍नुभएको तरिकालाई तपाईंको भाषा समुदायमा भएका विभिन्‍न बोली-लवजका मानिसहरूद्वारा सजिलैसँग पहिचान गर्न सकिन्छ वा सकिँदैन भनेर आफैँलाई सोध्‍नुहोस् । तपाईंको अनुवादमा स्‍पष्‍ट नभएको कुनै कुरालाई अरूहरूले कसरी भन्‍ने थिए भनेर तिनीहरूलाई सोध्‍नुहोस् ।

तपाईंले अनुवादलाई अझ वृहत पाठकहरूको माझमा वितरण गर्नुभन्दा अगाडि आफ्‍नो अनुवादमा परिवर्तनहरू गर्नुहोस् ।

याद गर्नुहोस्, यदि सम्भव भएमा, तपाईंको भाषा बोल्‍ने अन्य विश्‍वासीहरूसँग अनुवाद गर्न, जाँच गर्न, र अनुवाद भएको सामग्रीलाई वितरण गर्न एकसाथ काम गर्नुहोस्, यो पक्‍का गर्दै कि त्यो सबैभन्दा उच्‍च गुणस्तरको छ र सकेसम्‍म धेरैभन्दा धेरै मानिसहरूले त्यसलाई बुझ्‍न सक्‍छन् ।

(तपाईंले http://ufw.io/guidelines_collab मा भएको दृश्‍य सामग्री पनि हेर्न इच्‍छा गर्न सक्‍नुहुन्छ ।)