ne_ta/translate/guidelines-historical/01.md

11 KiB

(“धर्मशास्‍त्रको अनुवाद - संस्कृति” भन्‍ने दृश्‍य सामग्रीलाई http://ufw.io/trans_culture मा हेर्नुहोस् ।)

एउटा ऐतिहासिक परिभाषाको अनुवादले ऐतिहासिक घटनाहरू र तथ्यहरूलाई ठ्याक्‍कै मिलाएर सञ्‍चार गर्छ । मूल सामग्रीका मूल प्रापकहरूको जस्तो एउटै परिवेश र संस्कृति नभएका मानिसहरूकहाँ ठ्याक्‍कै मिल्‍ने गरेर भन्‍न खोजिएको सन्देशलाई सञ्‍चार गर्नका लागि आवश्‍यक भएअनुसार थप जानकारी प्रदान गर्छ ।

ऐतिहासिक कुराँग मेल खुवाएर सञ्‍चार गर्नका लागि, तपाईंले दुईवटा कुराहरू सम्‍झन आवश्‍यक हुन्छः

१. बाइबल एक ऐतिहासिक दस्तावेज हो । बाइबलमा भएका घटनाहरू इतिहासमा विभिन्‍न समयहरूमा त्यसरी नै घटे जसरी बाइबलले वर्णन गर्छ । त्यसैकारण, जब तपाईंले बाइबललाई अनुवाद गर्नुहुन्छ, यी घटनाहरू घटे भनेर तपाईंले सञ्‍चार गर्नुपर्छ, र भएका कुराहरूको कुनै पनि विस्तृत विवरणलाई परिवर्तन नगर्नुहोस् । १. बाइबलका पुस्तकहरू इतिहासमा खास समयहरूमा कुनै खास संस्कृतिका मानिसहरूलाई लेखिएका थिए । यसको अर्थ हो कि बाइबलमा भएका केही कुराहरू जुन मूल श्रोताहरू वा पाठकहरूलाई निकै प्रस्‍ट थिए सो कुराहरू तिनीहरूलाई प्रस्‍ट हुनेछैन जसले फरक समयहरूमा र फरक संस्कृतिहरूमा बाइबललाई पढ्छन् । यो किनभने लेखक र पाठकहरू दुवै लेखकले लेखेका थुप्रै अभ्यासहरूका बारेमा निकै परिचित थिए, र त्यसैले लेखकले ती व्याख्या गर्न जरुरी थिएन । हामी, अरू समयहरू र संस्कृतिहरूबाट आएकाहरू, यी कुराहरूसँग परिचित छैनौँ, र त्यसैले गर्दा कसैले ती हामीलाई व्याख्या गरिदिन हामीलाई आवश्‍यकता हुन्छ । यस किसिमको जानकारीलाई “अन्तर्निहित (वा अर्थ लगाइएको) जानकारी” भनिन्छ । (हेर्नुहोस् अनुमानित ज्ञान र अन्तर्निहित जानकारी)

अनुवादकरूको रूपमा, हामीले ऐतिहासिक विवरणहरूलाई ठ्याक्‍कै मिलाएर अनुवाद गर्नुपर्छ, तर केही व्याख्या पनि प्रदान गर्नुपर्छ जब हामीलाई लाग्‍छ कि हाम्रा पाठकहरूलाई त्यसको आवश्‍यकता हुन्छ ताकि तिनीहरूले अनुवाद केको बारेमा हो भनेर बुझ्‍न सकून् ।

  • उदाहरणको लागि, उत्पत्ति १२:१६ ले ऊँटहरूलाई उल्‍लेख गर्छ । संसारका ती भागहरूमा बस्‍ने पाठकहरू जहाँ यस जनावरको बारेमा थाहा हुँदैन, कुनै विवरण प्रदान गर्दा उत्तम हुने थियो । यसो गर्ने सबैभन्दा उत्तम तरिका भनेको पादटिप्‍पणी, वा अनुवादका शब्दहरूमा भए जस्तै शब्दकोशमा हो ।

पाठ्यखण्‍डमा केही व्याख्या समावेश गर्न सकिन्छ, जबसम्‍म त्यो संक्षिप्‍तमा छ र खण्‍डको मूल कुराबाट पाठकलाई अलमल्याउँदैन ।

  • उदाहरणको लागि, नयाँ करारका लेखकहरूले धेरैपटक पुरानो करारमा भएका घटनाहरूलाई उल्‍लेख गरे, तर तिनीहरूले के कुरालाई जनाइरहेका थिए भनेर व्याख्या नै नगरिकन उल्‍लेख गरे । तिनीहरू जान्दथे कि तिनीहरूका पाठकहरू पुरानो करारसँग परिचित थिए, र कुनै व्याख्याको आवश्‍यकता थिएन । तर यो सम्भव छ कि अन्य समयहरू र स्थानहरूबाटका पाठकहरूलाई केही व्याख्याको आवश्‍यकता हुनेछ ।

हामी यूएलटी र यूएसटीबाट १ कोरिन्थीहरू १०:१ लाई तुलना गरौँ ।

“म तिमीहरूले जानेको चाहन्छु, भाइहरू र बहिनीहरू कि हाम्रा पूर्खाहरू सबै बादलमुनि थिए सबै समुद्रबाट भएर गए ।” (यूएलटी)

“म तिमीहरूले सम्झेको चाहन्छु, भाइहरू र बहिनीहरू, कि प्रस्थानको समयमा लामो समयअगाडि, हाम्रा यहूदी पूर्खाहरूले परमेश्‍वरलाई पछ्याइरहेका थिए, जसले तिनीहरूलाई दिनको समयमा बादलको रूपमा डोहोर्‍याउनुभयो, जसै तिनीहरू सुक्खा जमिनमा लाल समुद्रबाट भएर गए ।” (यूएसटी)

याद गर्नुहोस् कि यूएसटीले थुप्रै कुराहरूलाई स्‍पष्‍ट बनाउँछः ‘पूर्खाहरू सबै बादलमुनि थिए’ भन्‍ने कुराले त्यो समयको बारेमा बताउँछ जब परमेश्‍वरले यहूदी पूर्वजहरूलाई बादलको रूपमा डोहोर्‍याउनुभयो । ‘हाम्रा पूर्खाहरू समुद्रबाट भएर गए’ भन्‍ने भनाइ पनि ‘प्रस्थानको समयमा लाल समुद्रबाट भएर गएको’ बारेमा हो । यूएसटीको अनुवादकले ऐतिहासिक घटनाहरूलाई स्‍पष्‍टसँग वर्णन गर्ने निर्णय गरे । यो ऐतिहासिक घटनाहरूलाई अनुवाद गर्ने एउटा तरिका हो जुन पुरानो करारको इतिहासको कम ज्ञान भएकाहरूका लागि बढी अर्थपूर्ण छ ।

मूल लेखकद्वारा भन्‍न खोजिएको आवश्‍यक अन्तर्निहित जानकारीलाई समावेश गर्नुहोस् वा त्यसलाई जनाउनुहोस् जुन लेखिएको कुरा बुझ्‍नका लागि तपाईंको समुदायलाई आवश्‍यक हुनेछ ।

सन्देशको ऐतिहासिक मेललाई बनाइराख्‍नुहोस् । बाइबलका समयहरूमा नभएका थोकहरू र घटनाहरूलाई उल्‍लेख गर्ने काम नगर्नुहोस् । तपाईंको अनुवादलाई त्यो आजको दिनको घटना जस्तै सुनिने नबनाउनुहोस् ।

याद गर्नुहोस्ः

  • ऐतिहासिक पाठ्यखण्‍डप्रति सच्‍चा रहनुहोस् । मूल सन्देश, ऐतिहासिक घटनाहरू, र सांस्कृतिक पृष्‍ठभूमि जानकारी सबै स्रोत पाठ्यखण्‍डमा ती लेखिएका जस्तै गरेर एउटै हुनुपर्छ । उदाहरणको लागि, अनुवादमा सन्देशलाई दोहोर्‍याएर लेखिनु हुँदैन जसले गर्दा घटनाहरू फरक स्थान वा समयमा हुन जान्छन् ।
  • सन्देशलाई यस्तो तरिकाले व्यक्त गरेर स्‍पष्‍टसँग सञ्‍चार गर्नुहोस् कि लक्षित भाषाको संस्कृतिमा भएका मानिसहरू मूल लेखकले प्रवाह गर्न खोजेको अर्थलाई बुझ्‍न सक्षम होऊन् ।
  • मूल सामग्रीका प्रापकहरूको जस्तो एउटै परिवेश र संस्कृति नभएका मानिसहरूकहाँ ठ्याक्‍कै मिल्‍ने गरेर भन्‍न खोजिएको सन्देशलाई सञ्‍चार गर्नका लागि आवश्‍यक भएअनुसार मात्रै थप जानकारी प्रदान गर्नुहोस् ।