21 KiB
- आफ्ना पाठकलाई कुने जानकारी दिनु पहिले नै उनीहरूलाई केही कुरा थाहा छ भनी लेखकले अन्तर्निहित ज्ञान नै अन्तर्निहित ज्ञान हो । लेखक वा वक्ताले पाठकलाई दुई तरिकाले जानकारी दिन्छन्ः
- लेखकले प्रत्यक्ष रूपमा व्यक्त गरेको जानकारीलाई प्रत्यक्ष जानकारी भनिन्छ ।
- लेखकले प्रत्यक्ष रूपमा व्यक्त नगरी पाठकहरूले आफैं बुझून् भन्ने लक्ष राखेर व्यक्त गरेको जानकारीलाई अप्रत्यक्ष जानकारी भनिन्छ ।
वर्णन
कसैसँग कुनै निर्दिष्ट जानकारी छ र त्यो मानिसहरूले जानून् वा त्यसको बारेमा सोचून् भन्ने चाहेर कसैले बोल्छ वा लेख्छ भने उसले त्यसलाई प्रत्यक्ष रूपमा व्यक्त गर्छ । यसैलाई प्रत्यक्ष जानकारी भनिन्छ ।
व्यक्त गरिएको जानकारीलाई बुझ्नको लागि पाठक वा श्रोताहरूसँग केही पूर्व जानकारी छ भन्ने वक्ता वा लेखकलाई लाग्छ भने उसले त्यसलाई ती कुराहरूलाई व्यक्त गर्दैन किनकि त्यो उनीहरूलाई पहिले नै थाहा हुन्छ । यसलाई अन्तर्निहित ज्ञान भनिन्छ ।
वक्ता वा लेखकले जुन कुरा पाठक वा श्रोताहरूले जानून् भन्ने चाहेको हुन्छ त्यो कुरा सधैं व्यक्त गर्दैन । आफूले व्यक्त नगरे पनि पाठक वा श्रोताहरूले जानून भन्ने आशा राखेको जानकारीलाई अप्रत्यक्ष जानकारी भनिन्छ ।
प्रायः पाठकहरूले अप्रत्यक्ष जानकारी जानकारीलाई लेखकले प्रत्यक्ष रूपमा व्यक्त गरेको जानकारी प्रत्यक्ष जानकारीलाई आफूले पहिले नै जानकेो कुरासँग (अन्तर्निहित ज्ञान) सँग जोडेर बुझ्छन् ।
यो अनुवादको विषय हुनुका कारणहरू
तीनै किसिमका जानकारीहरू लेखकका सन्देशका भागहरू हुन् । तीमध्ये कुनै एक जानकारी छुट्यो भने पाठकले सन्देश बुझ्दैन । लक्षित भाषा स्रोत भाषाभन्दा फरक भएको र तिनका पाठकहरूको समय र ठाउँ पनि फरक भएको कारण सन्देशमा अन्तर्निहित ज्ञान वा अप्रत्यक्ष जानकारी छुटेको हुनसक्छ । बाइबलका मूल पाठकहरूले जानेको कुरा अहिलेका आधुनिक पाठकहरूले नजान्न सक्छन् । सन्देश बुझ्नको लागि यी कुराहरू पाठकहरूले जान्न आवश्यक छ भने उक्त जानकारीलाई पाठमा वा पादटिप्पणीमा व्यक्त गर्न सकिन्छ ।
बाइबलबाट उदाहरणहरू
एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउने छु। ”येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन ।” (मत्ती ८:१९-२० )
येशूले स्याल र चराचुरुङ्गीहरूले दुला र गुँड केका लागि प्रयोग गर्छन् भन्नुभएन किनकि शास्त्रीलाई स्याल जमिनमा भएका दुलामा र चराचुरुङ्गीहरू गुँडमा सुत्छन् भन्ने कुरा थाहा थियो भन्ने येशूलाई लागेको थियो । यसलाई अन्तर्निहित ज्ञान भनिन्छ ।
येशुले "म मानिसको पुत्र हुँ" भनेर प्रत्यक्ष रूपमा भन्नुभएन । यदि शास्त्रीलाई यो जानकारी पहिले नै थाहा थिएन भने यो जानकारी अप्रत्यक्ष जानकारी हो, र येशूले आफूलाई यसरी चिनाएको हुनाले तिनले पछि सिक्नेथिए । येशूले आफू यात्रा गरिरहने र रातमा सुत्ने घर नभएको कुरा पनि स्पष्ट बताउनुभएन । यो अप्रत्यक्ष जानकारी हो, येशूले शिर ढल्काउने ठाउँ छैन भनेको बाट पनि शास्त्रीले यो कुरा जान्ने थिए ।
“धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्ने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढी सहनीय हुने छ । (मत्ती ११:२१, २२)
आफूले कुरा गरिरहनुभएका मानिसहरूलाई टुरोस र सीदोन दुष्ट थिए र न्यायको दिनमा परमेश्वरले हरेक मानिसको न्याय गर्नुहुने छ भन्ने कुराको जानकारी थियो भन्ने येशूले ठान्नुभयो । आफूले कुरा गरिरहनुभएका मानिसहरू असल छन् र तिनीहरूले पश्चात्ताप गर्नुपर्दैन भन्ने कुरा पनि तिनीहरूले विश्वास गर्थे भन्ने येशूले ठान्नुभयो । येशूले ती कुराहरू तिनीहरूलाई बताउनु जरुरी थिएन । यसलाई अन्तर्निहित ज्ञान
आफूले कुरा गरिरहनुभएका मानिसहरूले पश्चात्ताप नगरेका हुनाले तिनीहरूको न्याय टुरोस र सीदोनको भन्दा कडा हुन्छ भन्ने कुरा यसमा भएको अप्रत्यक्ष जानकारी हो ।
“तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन् ।” (मत्ती १५:२ )
पुर्खाहरूको परम्परामध्ये पवित्र हुनको निम्ति खाना खानु अघि संस्कारको रूपमा हात धुने परम्परा एक थियो । धार्मिक ठहरिनको निम्ति रहनको निम्ति पुर्खाहरूले चलाएको हात धुने परम्परा चलाउनुपर्छ भन्ने मानिसहरूलाई लाग्थ्यो । येशूसँग कुरा गरिरहेका फरिसीहरूले यो अन्तर्निहित ज्ञान ज्ञान उहाँलाई थाहा हुनुपर्थ्यो भन्ने आशा राखे । चेलाहरूले परम्परा नपछ्याएर आफूलाई धर्मी ठहराएनन् भन्ने दोष फरिसीहरूले लगाए । यसो भनेर तिनीहरूले यो अप्रत्यक्ष जानकारी दिन चाहे ।
अनुवादका रणनीतिहरू
यदि पाठकहरूसँग सन्देश बुझ्नको निम्ति प्रयाप्त अन्तर्निहित ज्ञान र प्रत्यक्ष जानकारीको साथमा अप्रत्यक्ष जानकारी छ भने, उक्त जानकारीलाई व्यक्त नगरेर अप्रत्यक्ष जानकारीलाई स्पष्ट पार्नु जरूरी छैन । यदि यीमध्ये कुनै कुरा छुटेको कारण पाठकले सन्देश बुझ्न सक्दैनन् भने तल दिइएका रणनीतिहरू अपनाउनुहोस्ः
१. यदि पाठकहरूसँग अन्तर्निहित ज्ञानको अभाव भएको कारण सन्देश बुझ्नलाई कठिन भयो भने त्यो ज्ञानलाई प्रत्यक्ष जानकारीको रूपमा प्रस्तुत गर्नुहोस् । २. पाठकसँग अप्रत्यक्ष जानकारीको अभाव भएर सन्देश बुझ्न कठिन भयो भने त्यो जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्नुहोस् तर यसो गर्दा मूल पाठकहरूको उक्त जानकारी निम्ति नयाँ लाग्ने गरी नगर्नुहोस् ।
अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. यदि पाठकहरूसँग अन्तर्निहित ज्ञानको अभाव भएको कारण सन्देश बुझ्नलाई कठिन भयो भने त्यो ज्ञानलाई प्रत्यक्ष जानकारीको रूपमा प्रस्तुत गर्नुहोस् ।
- येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन ।” (मत्ती ८:२० ) - स्यालहरू दुलामा र चराचुरुङ्गीहरू गुँडमा सुत्छन् भन्ने जानकारी नै यसमा रहेको अन्तर्निहित ज्ञान हो । * येशूले तिनलाई भन्नुभयो, “बस्नका लागि स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन ।”
- न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढी सहनीय हुने छ । (मत्ती ११:२२ ) - टुरोस र सीदोनकाम मानिसहरू धेरै दुष्ट थिए भन्ने जानकारी यसमा रहेको अन्तर्निहित ज्ञान हो । यसलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ ।
* ... न्यायको दिनमा तिमीहरूको भन्दा त दुष्ट सहर टुरोस र सीदोनको हालत बढी सहनीय हुने छ ।
- वा:
- ... न्यायको दिनमा तिमीहरूको भन्दा त ती दुष्ट सहरहरू टुरोस र सीदोनको हालत बढी सहनीय हुने छ ।
- वा:
- “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन् ।” (मत्ती १५:२ ) - धार्मिक ठहरिनको निम्ति रहनको निम्ति पुर्खाहरूले चलाएको हात धुने परम्परा चलाउनुपर्छ र चेलाहरूले पवित्र रहनको निम्ति हात धुनुपर्थ्यो भन्ने जानकारी यसमा रहेको अन्तर्निहित ज्ञान हो । बिरामीबाट बच्नको निम्ति हातबाट किटाणु हटाउनको लागि हात धुनु भनेको होइन, जस्तो आधुनिक पाठकहरूले सोच्न सक्छन् । * तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुने धार्मिक परम्परा मान्दैनन् ।
२. पाठकसँग अप्रत्यक्ष जानकारीको अभाव भएर सन्देश बुझ्न कठिन भयो भने त्यो जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्नुहोस् तर यसो गर्दा मूल पाठकहरूको उक्त जानकारी निम्ति नयाँ लाग्ने गरी नगर्नुहोस् ।
- एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउने छु। ”येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन ।” (मत्ती ८:१९, २० ) - येशू आफैं मानिसको पुत्र हुनु यसमा रहेको अप्रत्यक्ष जानकारी हो । यदि उक्त शास्त्रीले येशूलाई पछ्याउने नै हो भने तिनले येशूले जस्तै घरविना बस्नुपर्थ्यो भन्ने अर्को अप्रत्यक्ष जानकारी हो । * येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर म मानिसको पुत्रको लागि आराम गर्ने घर छैन, तिमीले पनि म जसरी नै बस्नुपर्ने छ ।”
- न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढी सहनीय हुने छ । (मत्ती ११:२२ ) - परमेश्वरले मानिसहरूको न्याय मात्र होइन उहाँले दण्ड पनि दिनुहुन्छ भन्ने यहाँ उल्लेख गरिएको अप्रत्यक्ष जानकारी हो । यसलाई यसरी स्पष्ट पार्न सकिन्छ । * न्यायको दिनमा परमेश्वरले टुरोस र सीदोनलाई दण्ड दिनुहुने छ जहाँका मानिसहरू धेरै दुष्ट थिए, तिनीहरूको दण्ड तिमीहरूको भन्दा कम सहनीय हुने छ * न्यायको दिनमा परमेश्वरले तिमीहरूलाई दुष्ट मानिसहरू भएको टुरोस र सीदोनभन्दा बढी दण्ड दिनुहुने छ ।
बाइबलमा भएका केही कुराहरू बाइबलमा भएका मानिसहरू र पहिलो पटक बाइबल पढ्ने व्यक्तिहरूले जति आधुनिक पाठकहरूले नबुझ्न सक्छन् । यसैले लेखकले भन्न खोजेको र अप्रत्यक्ष कुराहरू बुझ्न कठिन हुनजान्छ । अनुवादकहरूले मूल लेखकहरूले स्पष्ट रूपमा नलेखेका कुराहरू स्पष्ट पार्नुपर्ने हुनसक्छ ।