ne_ta/translate/writing-intro/01.md

10 KiB

विवरण

लेखनहरू विभिन्‍न प्रकारका हुन्छन् र हरेक प्रकारका लेखनका आ-आफ्नै उद्देश्य हुन्छन् । यी उद्देश्यहरू फरक फरक भएका हुनाले विभिन्‍न प्रकारका लेखन विभिन्‍न तरिकाले संगठित गरिएका हुन्छन् । मानिसहरू र वस्तुहरूलाई जनाउनको निम्ति विभिन्‍न क्रियापद र वाक्यहरूको प्रयोग गरिन्छ । यी भिन्‍नताले पाठकहरूलाई तुरुन्तै लेखनकको उद्देश्य जान्‍नको लागि सहायता गर्छन् र तिनले लेखकले संचार गर्न चाहेको अर्थलाई उत्तम तरिकाले संचार गर्ने काम गर्छन् ।

लेखनका प्रकारहरू

प्रत्येक भाषामा निम्‍न लिखित चार आधारभूत लेखनहरू अवस्थित हुन्छन् । प्रत्येक प्रकारका लेखनको उद्देश्य फरक हुन्छन् ।

  • वर्णनात्मक वा दृष्टान्त - यसले कथा वा घटनाको वर्णन गर्छ
  • व्याख्यात्मक - यसले तथ्यलाई व्याख्या गर्छ वा सिद्वान्तहरू सिकाउँछ
  • प्रक्रियात्मक - यसले केही कुरा कसरी गर्ने भनेर प्रकृया सिकाउँछ
  • बहस गर्न चाहने - यसले केही कुरा गर्नको लागि कसैलाई मनाउँछ

यो अनुवादको विषय हुनुको कारण

प्रत्येक भाषामा विभिन्न प्रकारका लेखहरूलाई संगठित गर्ने आफ्नै तरिकाहरू हुन्छन् । अनुवादकले आफूले अनुवाद गर्न लागेको लेखनको प्रकार बुझ्नु आवश्यक छ, यो स्रोत भाषामा कसरी संगठित छ, र उसको भाषाले यस्ता प्रकारका लेखनलाई कसरी संगठित गर्छ भनेर पनि बुझ्नु पर्छ । अनुवादलाई मानिसहरूले ठिक प्रकारले बुझून् भनेर अनुवादकले लेखनलाई आफ्नो भाषामा जुन तरिकाले लेखिन्छ त्यही तरिकाले लेख्नुपर्छ । प्रत्येक अनुवादमा जुन तरिकाले शब्दहरू, वाक्यहरू, र अनुच्छेदहरू मिलाएर लेखिएका हुन्छन् त्यही अनुसार मानिसहरूले अर्थ बुझ्छन् ।

लेखन तरिकाहरू

माथिका चार आधारभूत प्रकारहरूसँग मिल्ने लेखनका तल दिइएका छन् । यी लेखन शैलीहरूले अनुवादमा अक्सर चुनौतिहरू प्रस्तुत गर्दछन् ।

  • कविता - भावनाहरू र विचारहरू सुन्दर तरिकाले व्यक्त्त गरिन्छ ।
  • उखानहरू - सत्यता वा बुद्धिका कुरहरूलाई छोटकरीमा सिकाइन्छ
  • साङ्केतिक भाषा - कुनै वस्तुहरू र घटनाहरूलाई प्रस्तुत गर्न प्रयोग गरिन्छ ।
  • साङ्केतिक अगमवाणी - भविष्यमा के हुनेछ भनेर देखाउनको लागि साङ्केतिक भाषा प्रयोग गरिन्छ ।
  • काल्पनिक अवस्थाहरू - यदि कुनै कुरा वास्तविक भएको भए के हुन्थ्यो भन्‍ने कुरा बताउँछ वा कुनै अवास्तविक कुराको बारेमा भावना अभिव्यक्त गर्छ ।

लेखाइका विशेषतााहरू

एउटा भाषामा विभिन्‍न प्रकारका लेखनहरूको विविधताहरूलाई तिनीहरूको लेखाइका विशेषताहरू भन्‍न सकिन्छ । एउटा निश्चित पाठकको उद्देश्यमा कस्ता प्रकारका लेखाइका विशेषताहरू प्रयोग गरिएको छ भन्ने कुराले प्रभाव पार्न सक्छ । उदाहारणको लागि, वर्णनात्मक लेखनमा निम्‍न प्रकारका लेखाइका विशेषताहरू समावेश गरिन्छः

  • अन्य घटनाहरूको अगाडि र पछाडि घटेका घटनाहरूको बारेमा भन्‍नु ।
  • मानिसहरूलाई कथामा परिचय गराउनु
  • कथामा नयाँ घटनाहरूको परिचय गराउनु
  • कुराकानी र उद्वरणहरूको प्रयोग
  • नाम र सर्वनामले मानिसहरू र वस्तुहरूलाई इङ्गित गर्नु

भाषाहरूमा लेखाइका विशेषताहरू प्रयोग गर्ने तरिकाहरू फरक-फरक हुन्छन् । अनुवादकले आफ्नो भाषामा यिनीहरू यी हरेक कुराहरूमा यसको प्रयोग कसरी गरिएको छ भन्‍ने कुराको अध्ययन गर्नुपर्छ अनि मात्र उसले स्पष्ट र स्वभाविक तरिकाले संचार गर्न सक्छ । अर्को प्रकारको लेखनमा अर्को लेखाइका विशेषतााहरू हुन्छन् ।

निर्दिष्ट लेखाइका सवालहरू

१. नयाँ घटनाको परिचय - "एक दिन" वा “यो त्यस्तै भयो” वा "यस्तो हुन आयो" वा “त्यसपछि” जस्ता वाक्यांशहरूले नयाँ घटना भन्‍न बाँकी नै भन्‍ने बुझाउँछन् । २. नयाँ र पुराना सहभागीहरूको परिचय - भाषासँग नयाँ मानिसहरूलाई परिचय गर्ने र ती मानिसहरूलाई फेरि जनाउने तरिका हुन्छ ।

३. पृष्ठभुमि जानकारी - एउटा लेखकले धेरै कारणहरूले प्रयोग पृष्ठभुमि जानकारी गर्न सक्छः १) कथामा रोचकता थप्‍न, २) कथा बुझाउनको लागि जानकारी दिन, ३) केही कुरा कथामा किन महत्त्वपूर्ण छन् भनी व्याख्या गर्न । ४. सर्वनामहरू- कति बेला प्रयोग गर्ने - सर्वनामहरू- कति पटक प्रयोग गर्ने भन्‍ने भाषाका आफ्नै शैलीहरू हुन्छन् । यदि ती शैलीहरू प्रयोग गरिएन भने गलत अर्थ लाग्छ । ५. कथाको समापन - कथाहरू विभिन्‍न प्रकारका जानकारीहरू सहित समापन हुन सक्छन् । ती जानकारीहरू कथासँग कसरी सम्बन्धित छन् भनेर देखाउने विभिन्‍न तरिकाहरू भाषासँग हुन्छन् । ६. उद्धरण र उद्धरण मार्जिन - भाषासँग कसैले भनेका कुरा देखाउने विभिन्‍न तरिकाहरू हुन्छन् । ७. संयोजक शब्दहरू - संयोजक शब्दहरू कसरी प्रयोग गर्ने भन्‍ने भाषाको शैली हुन्छ ।(जस्तै "र", "तर", वा "त्यसपछि") ।