ne_ta/translate/writing-poetry/01.md

14 KiB

Description

मानिसहरूका उनीहरूका भाषामा शब्द र ध्वनीहरू प्रयोग गरेर उनीहरूको बोली र लेखनलाई सुन्दर तरिकाले कडा भावनाहरू प्रस्तुत गर्ने एउटा तरिका कविता हो । मानिसहरूले सामान्य गैर कविताको माध्यमबाट भन्दा कविता को माध्यमबाट गहिरो भावनाहरूलाई संचार गर्न सक्छन् । कविताले सत्यको अभिव्यक्तिहरूलाई अधिक तौल र भव्यता दिन्छ, जस्तै उखानहरू साधारण बोली भन्दा सम्झन पनि सजिलो छ।

केही चीजहरू सामान्यतया कवितामा पाइन्छन्

हे उहाँका सारा स्‍वर्गीय सेना, उहाँका प्रशंसा गर। हे सूर्य र चन्‍द्र, उहाँको प्रशंसा गर। हे चम्‍किला तारा हो, उहाँको प्रशंसा गर। **(भजनसङ्ग्रह १४८:२-३ यूएलटी)

  • समान लम्बाइका पंक्तिहरू
    • प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। (१ कोरिन्थी १३:४ यूएलटी)
  • अन्त्यमा वा दुई वा दुई भन्दामबढी लाइनहरूको सुरूमा समान आवाज
    • “चम्क, चम्क सानो तारा

म छक्क पर्छु देखि तिम्रो पारा ।”

उही आवाज धेरै पटक दोहोर्‍याइएको

  • “काम न साम छैन माम"
  • पुराना शब्द र अभिव्यक्ति
  • नाटकीय प्रतिबिम्ब
  • व्याकरणको विभिन्‍न प्रयोग - सहित:
  • अपूर्ण वाक्य
  • संयोजन गर्ने शब्दहरूको अभाव

तपाईको भाषामा कविता हेर्नका लागि केही स्थानहरू

१. गीतहरू, विशेष गरी पुराना गीतहरू वा बच्चाहरूको खेलहरूमा प्रयोग गरिने गीतहरू २. धार्मिक समारोह वा पुजारी वा धामी झाक्रीहरूको मन्त्रहरूमा ३. प्रार्थना, आशिष्, र श्राप ४. पुरानो किंवदन्तीहरू

रमणीय वा काल्पनिक बोली

रमणीय वा काल्पनीक बोली कवितासँग मिल्दोजुल्दो हुन्छ किनकि यसले सुन्दर भाषा प्रयोग गर्दछ, तर यसले कविताका भाषाका सबै विशेषताहरू प्रयोग गर्दैन र यसले कविताले जति तिनको प्रयोग गर्दैन । भाषामा लोकप्रिय वक्ताहरू अक्सर रमणीय बोली प्रयोग गर्दछन्, र तपाईंको भाषामा के ले बोलीलाई रमणीय बनाउँदछ भन्‍ने कुरा अध्ययन गर्नका लागि यो पाठको सबैभन्दा सजिलो स्रोत हो।

यो अनुवादको विषय हुनुको कारणहरू:

  • विभिन्‍न भाषाहरूले विभिन्‍न चीजहरूका लागि कविता प्रयोग गर्दछन्। यदि कविताको रूपले तपाईंको भाषामा उही अर्थ संप्रेषण गर्दैन भने तपाईंले यसलाई कविताविना लेख्नुपर्छ ।
  • केही भाषाहरूमा, बाइबलको कुनै खास भागको लागि कविता प्रयोग गर्दा यसले अझ शक्तिशाली बनाउँछ।

बाइबलबाट उदाहरणहरू

बाइबलले गीत, शिक्षण र भविष्यवाणीका लागि कविता प्रयोग गर्दछ । पुरानो नियमका प्रायः सबै पुस्तकहरूमा कविता छन् र धेरै जसो पुस्तकहरू पूर्ण कविताहरू हुन्।

किनभने तपाईंले मेरो कष्ट देख्नु भएको छ।; मेरो प्राणको वेदना तपाईंले जान्‍नुभयो । (भजनसङग्रह ३१:७ यूएलटी)

उदाहरण उस्तै अर्को अर्थसँग समानान्तरता दुईवटा लाइनहरू हुन्छन् जसको अर्थ उही हुन्छ ।

हे परमप्रभु, जातिहरूका न्याय गर्नुहोस्; हे परमप्रभु, मलाई न्याय गर्नुहोस्, किनभने म धर्मी छु र म निर्दोष छु।

समानान्तरताको यो उदाहरणले दउदले परमेश्‍वरको उसको लागि के गरेको चाहन्छ र परमेश्‍वर अधर्मी राष्ट्रहरूलाई के गर्न चाहनुहुन्छ भन्‍ने कुराको बिचको भिन्नता देखाउँछ। (हेर्नुहोस् समानान्तरता)

आफ्‍नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्‍नुहोस्‌; तिनीहरूको प्रभुत्‍व ममाथि हुन नपाओस्‌। (भजनसङग्रह १९:१३ यूएलटी)

व्यक्तित्वकरणको यो उदाहरणले भन्दछ कि पापहरू बोल्छन् मानौं उनीहरूले कुनै व्यक्तिमाथि शासन गर्न सक्दछन्। (हेर्नुहोस् व्यक्तित्वकरण)

हे परमप्रभुलाई धन्यबाद देओ! उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करार सदासर्वदा रहिरहन्छ। हे प्रभुहरूका पनि प्रभुलाई धन्यबाद देओ, उहाँको करार विश्वसनीयता सधैंभरि रहिरहन्छ, हे, प्रभुहरूका पनि प्रभुलाई धन्यबाद देओ, उहाँको करार विश्वसनीयता सदासर्वदा रहिरहन्छ । (भजनसङग्रह १३६:१-३ यूएलटी)

यस उदाहरणले "धन्यवाद दिनुहोस्" र "उहाँको करार विश्वसनीयता सदासर्वदा रहिरहन्छ" भन्‍ने वाक्यांशलाई दोहोर्याउँछ।

अनुवाद रणनीतिहरू

यदि स्रोत पाठमा प्रयोग भएको कविता शैली स्वभाविक हुन्छ र तपाईंको भाषामा सही अर्थ दिन्छ भने, यसलाई प्रयोग गर्नुहोस् । यदि होईन भने, यसलाई अनुवाद गर्ने केही अन्य तरिकाहरू छन्ः

१. तपाईंको आफ्नै भाषाको कविताको एक शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् । २. आफ्नै रमाईलो भाषणको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् । ३. आफ्नै सामान्य बोलीको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।

यदि तपाई कविता प्रयोग गर्नुहुन्छ भने यो धेरै सुन्दर हुन सक्छ ।

यदि तपाईं सामान्य बोलीचालीको भाषा प्रयोग गर्नुहुन्छ भने यो अधिक स्पष्ट हुन सक्छ।

प्रयोग गरिएका अनुवाद रणनीतिका उदाहारणहरू

त्यो मानिस धन्यको हो, जो दुष्टको सल्लाहमा हिंड्दैन, वा पापीहरूको साथ बाटोमा खडा हुदैन् वा गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन् । तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ ।(भजनसङग्रह १:१,२ यूएलटी)

तल दिइएका उदाहरणहरूले मानिसहरूले भजनसङग्रह १:१,२ लाई कसरी अनुवाद गर्न सक्छन् भन्‍ने हो

१. तपाईंको आफ्नै भाषाको कविताको एक शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।

“धन्य हो त्यो मानिस जो जो उत्साहित हुदैन् गर्न पाप परमेश्‍वरको अनादर हुने कर्मबाट लिन खोज्दैन उसले लाभ परमेश्‍वरमा ठट्टा गर्नेहरूसँग हुँदैन हाम्रो कुनै साथ परमेश्‍वर सदावहार हुनुहुन्छ उसकोखुशी गर्छ उसले ठिक त्यही भन्नुहुन्छ परमेश्‍वरलेउही धन्यबादी हुन्छ उ परेमेश्वरमा हर्षित सधैरही

२. आफ्नै रमाईलो भाषणको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।

यो त्यस्तो व्यक्ति हो जो साँचो रूपमा आशिषित छ: जो दुष्टको सल्लाहलाई मान्दैन, वा पापीहरूसँग कुरा गर्न बाटोमा रोकिदैन, वा परमेश्‍वरको उपहास गर्नेहरूको समूहमा सामेल हुँदैन। बरु ऊ परमप्रभुको व्यवस्थामा ठूलो आनन्द लिन्छ, र उसले दिन रात त्यसमाथि मनन गरिरहन्छ ।

३. आफ्नै सामान्य बोलीको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।

  • जो मानिस नराम्रो सल्लाह सुन्दैनन् उनीहरु साँच्चिकै खुशी छन्। तिनीहरू निरन्तर नराम्रो काम गर्नेहरूसँग वा परमेश्‍वरलाई आदर नगर्ने मानिसहरूसँग समय बिताउँदैनन्। तिनीहरू परमप्रभुको व्यवस्था पालन गर्न मन पराउँछन्, र उनीहरू यसको बारेमा सधैँ मनन गर्छन् ।