ne_ta/translate/figs-synonparallelism/01.md

12 KiB

वर्णन

कुनै पनि जटिल विचारलाई दुई वा दुईभन्दा धेरै तरिकाहरूबाट व्यक्त गर्ने काव्यात्मक शब्द चयनलाई उस्तै अर्थ दिने समानान्तरता भनिन्छ । दुई वाक्यांशहरूमा भएका उस्तै विचारलाई जोड दिनको निम्ति वक्ताहरूले यसको प्रयोग गर्छन् । यसलाई "पर्यायवाची समानान्तरता" पनि भनिन्छ ।

टिप्पणीः उस्तै अर्थ दिने लामा वाक्यांश वा उपवाक्यहरूलाई जनाउनको निम्ति "उस्तै अर्थ दिने समानान्तरता" को प्रयोग गरिन्छ । उस्तै अर्थ दिने र सँगै प्रयोग गरिने शब्दहरू वा धेरै छोटा वाक्यांशहरूलाई उस्तै अर्थ दिने जोडी शब्दहरू भनिन्छ ।

किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ । (हितोपदेश ५:२१ )

रेखाङ्‍कन गरिएको पहिलो र दोस्रो वाक्यांशले एउटै अर्थ दिन्छन् । यी दुवै वाक्यांशहरूले उही अर्थ दिन्छन् । "दृष्टिमा रहन्छ" भन्‍ने वाक्यांश "जाँच्‍नुहुन्छ" सँग, "चाल" "सबै मार्गहरू" सँग र "मानिस" चाहिँ "त्यसका" सँग मिल्छ ।

कवितामा प्रयोग गरिएको पर्यायवाची समानान्तरताका विभिन्‍न प्रभावहरू छन्ः

  • कुनै कुरालाई एकभन्दा धेरै पटक दोहोर्‍याउने र एकभन्दा धेरै तरिकाले व्यक्त गर्ने कार्यले कुनै कुरा धेरै महत्त्वको छ भन्‍ने देखाउँछ ।
  • कुनै विचारलाई फरक तरिकाले व्यक्त गर्नाले श्रोतालाई गहिरो तरिकाले सोच्‍न लगाउँछ ।
  • यसले भाषालाई सामान्य बोलिचालीको भाषाभन्दा सुन्दर बनाउँछ ।

यो अनुवादको विषय हुनुको कारण

केही भाषा बोल्ने मानिसहरूलाई एउटै कुरालाई दुई पटक त्यही पनि फरक-फरक तरिकाले भन्‍नु त्यति उपयुक्त लाग्दैन । तिनीहरूको विचारमा दुई वाक्यांश वा दुई उपवाक्यहरूले फरक-फरक कुराहरू भन्‍नुपर्छ भन्‍ने लाग्‍न सक्छ । कुनै कुरा दोहोर्‍याउनुको अर्थ त्यसलाई जोड दिनु हो भन्‍ने कुरा तिनीहरूले बुझ्‍दैनन् ।

बाइबलबाट उदाहरणहरू

तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो ।(भजनसङ्ग्रह ११९:१०५ )

वाक्यका दुवै खण्डहरू परमेश्‍वरको मानिसहरूलाई वचनलाई जनाउने रूपकहरू हुन् जसले मानिसहरूलाई जिउन सिकाउँछन् । "बत्ती" र "उज्यालो" उज्यालोलाई नै जनाउने हुनाले दुवैले उस्तै अर्थ दिन्छन् त्यस्तै "मेरो गोडा" र "मेरो बाटो" दुवैले मानिसको हिँडाइलाई जनाउने हुनाले तिनले पनि उस्तै अर्थ दिन्छन् ।

हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्‍तुति गर । हे सबै जन हो, उहाँको जयजयकार गर (भजनसङ्ग्रह ११७:१ )

यस पदका दुवै खण्डहरूले सबैतिर भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नुपर्छ भनेर बताउँछन् । "स्तुति" र "जयजयकार" ले उस्तै अर्थ दिन्छन् अनि ""सबै जाति" र "सबै जन" ले पनि उस्तै अर्थ दिन्छन् ।

किनकि आफ्‍नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ । (मीका ६:२ )

पदका दुवै खण्डहरूले परमप्रभुको इस्राएलीहरूसँग गम्भीर रूपले असहमत हुनुहुन्छ भन्‍ने देखाउँछन् । यी दुई असहम वा दुई समूहका मानिसहरू होइनन् ।

अनुवादका रणनीतिहरू

तपाईंको भाषामा पनि बाइबलीय भाषामा जस्तै कुनै कुरालाई जोड दिनको निम्ति समानान्तरताको प्रयोग गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । होइन भने तल दिइएकामध्ये कुनै एक रणनीतिको प्रयोग गर्नुहोस् ।

अनुवादका रणनीतिहरू.

१. दुवै उपवाक्यका विचारहरूलाई एउटै बनाउनुहोस् । २ कुनै कुरा वास्तवमा नै साँचो छ भन्‍ने देखकाउनको निम्ति उपवाक्यहरूको प्रयोग गरिएको छ भने "साँच्चै" वा "निश्‍चय नै" भन्‍ने शब्दको प्रयोग गर्नुहोस् । ३. प्रयोग गरिएका उपवाक्यहरूले कुनै विचारलाई जोड दिन्छन् भने "धेरै", "पूर्ण रूपमा" वा "सारा" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. दुवै उपवाक्यका विचारहरूलाई एउटै बनाउनुहोस् ।

  • तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ र मलाई झूट बोल्‍दैहुनुहुन्‍छ (न्यायकर्ताहरू १६:१३, ) - दलीलाले आफू धेरै रिसाएको कुरालाई जोड दिनलाई यो कुरा व्यक्त गरेकी हो ।
    • तपाईंले त अझै पनि मलाई झुट बोलेर बेवकूफ तुल्‍याइराख्‍नुभएको छ ।
  • किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ (हितोपदेश ५:२१ ) - "त्यसका सबै मार्गहरू" र "उसले गर्ने सबै काम" को निम्ति प्रयोग गरिएको रूपक हो ।
    • परमप्रभुले कुनै व्यक्तिले गर्ने सबै कुराहरूमा ध्यान दिनुहुन्छ ।
  • किनकि आफ्‍नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ । (मीका ६:२ ) - यस समानान्तरताले कुनै मानिसका कुनै एक समूहमाथि परमप्रभुको गम्भीर असहति रहेको कुरा जनाउँछ । यदि यो स्पष्ट छैन भने यस वाक्यांशलाई एउटै बनाउन सकिन्छः
    • किनकि परमप्रभुले आफ्‍नो प्रजा इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ ।

२ कुनै कुरा वास्तवमा नै साँचो छ भन्‍ने देखकाउनको निम्ति उपवाक्यहरूको प्रयोग गरिएको छ भने "साँच्चै" वा "निश्‍चय नै" भन्‍ने शब्दको प्रयोग गर्नुहोस् ।

  • किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ । (हितोपदेश ५:२१ )
    • किनभने परमप्रभुले कुनै व्यक्तिले गरेको सबै कुरा साँच्चै हेर्नुहुन्छ

३. प्रयोग गरिएका उपवाक्यहरूले कुनै विचारलाई जोड दिन्छन् भने "धेरै", "पूर्ण रूपमा" वा "सारा" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।

  • ... तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ मलाई झूट बोल्‍दैहुनुहुन्‍छ । (न्यायकर्ताहरू १६:१३ )
    • तपाईंले गरेका सबै कुरा मेरो लागि झूट हो ।
  • किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ । (हितोपदेश ५:२१ )
    • कुनै व्यक्तिले गरेका सबै कुरा परमप्रभुले देख्‍नुहुन्छ ।