ne_ta/translate/writing-symlanguage/01.md

12 KiB

विवरण

बोली र लेखनमा प्रयोग गरिने प्रतीकात्मक भाषा भनेको अरू चीजहरू र घटनाहरूको प्रतिनिधित्व गर्नको निम्ति प्रतीकहरूको प्रयोग गर्नु हो । प्रतीकात्मक भाषा बाइबलमा भएका भविष्यवाणी र कवितामा अधिक देखिन्छ, विशेष भविष्यमा हुने घट्ने घटनाहरू जुन दर्शनहरू र सपनाहरू हुन् । यद्यपि मानिसहरूलाई प्रतीकको अर्थ तुरून्तै थाहा नहुन पनि सक्छ तर पनि यसलाई अनुवादमा राख्नु महत्त्वपूर्ण छ।

"यो मुट्ठो खा । तब गएर इस्राएलको घरानालाई भन्‌।” (इजकिएल ३:१ यूएलटी)

यो एउटा सपनामा थियो । मुट्ठो खानु भनेको पुस्तकमा के लेखिएको थियो त्यो राम्ररी पढ्न र बुझ्‍नको लागि प्रतीक हो, र यी परमेश्‍वरका वचनहरू आफैंमा स्वीकार गर्नु हो।

प्रतीकवादका उद्देश्यहरू

  • प्रतीकवादको उद्देश्य मानिसहरूलाई घटनाको महत्त्व वा गहनता बुझ्‍नको लागि अन्य धेरै नाटकीय शब्दहरूको प्रयोग गर्नु हो ।
  • प्रतीकवादको अर्को उद्देश्य भनेको केही मानिसहरूलाई केही चीजको बारेमा बताउनु र प्रतीकवादलाई नबुझ्‍नेहरूको लागि साँचो अर्थ लुकाउनु हो ।

यो अनुवादको विषय हुनुको कारण

आज बाइबल पढ्ने मानिसहरूलाई भाषा साङ्‍केतिक हो भनेर थाहा पाउन गाह्रो हुन सक्छ र तिनीहरूलाई प्रतीकले के जनाउँछ भनेर थाहा नहुन सक्छ ।

अनुवाद सिद्वान्तहरू

  • साङ्‍केतिक भाषा प्रयोग गर्दा सङ्‍केतलाई अनुवादमा राख्नु महत्त्वपूर्ण हुन्छ ।
  • मूल वक्ता वा लेखक गरेभन्दा बढी प्रतीकलाई व्याख्या नगर्नु महत्त्वपूर्ण छ, किनकि उसले त्यतिबेला बाँचिरहेका सबैले यो सजिलै बुझून् भन्‍ने चाहना नराख्‍न सक्छ ।

बाइबलबाट उदाहरणहरू

“त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए। (दानिएल ७:७ यूएलटी)

रेखांकित प्रतीकहरूको अर्थको वर्णन तल दानियल २:२३-२४ देखाइएको छ । जनावरहरूले राज्यलाई प्रतिनिधित्व गर्छन्, फलामका दाँतहरूले शक्तिशाली सेनाको प्रतिनिधित्व गर्छन्, र सीङ्हरूले शक्तिशाली नेताहरूलाई प्रतिनिधित्व गर्छन् ।

तिनले मलाई यसरी बताए: चौथो जनावरचाहिँ पृथ्‍वीमा देखा पर्ने चौथो राज्‍यहो । योचाहिँ अरू राज्‍यहरूभन्‍दा फरक हुनेछ र समस्‍त पृथ्‍वीलाई कुल्‍चीमिल्‍ची पारी निल्‍ने छ । दश सीङहरू त्‍यस राज्‍यबाट आएका दश राजाहरूहुन्‌। त्‍यसपछि पहिलेको भन्‍दा फरक, अर्को राजा खडा हुने छ । उसले तीन राजाहरूलाई दबाउने छ । (दानिएल ७:२३-२४ यूएलटी)

मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्केँ । फर्केर हेर्दा सात वटा सुनका सामदानदेखेँ । र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै हुनुहुन्थ्यो... उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू, पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो...। मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो:सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌ ।” (प्रकास १:१२, १६, २० यूएलटी)

यो परिच्छेदले सात बत्तीहरू र सात ताराहरूको अर्थ बुझाउँदछ । दुईधारे तरवारले परमेश्‍वरको वचन र न्यायको प्रतिनिधित्व गर्दछ ।

अनुवाद रणनीतिहरू

१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस् । अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन् । २. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस् । त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस् ।

प्रयोग गरिएका अनुवाद रणनीतिका उदाहरणहरू

१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस् । अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन् ।

  • त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो । यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए । (दानिएल ७:७ ULT) - मानिसहरूले प्रतिकहरूलेको अर्थ दानिएल ७:२३-२४ मा यसको बर्णन पढेपछि मात्र बुझ्दछन् ।

२. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस् । त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस् ।

  • त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए । (दानिएल ७:७ यूएलटी)
    • त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू3 थिए ।
    • फुटनोटहरू यस्तो देखिन्छन्:
      • [1] जनावर राज्यको प्रतिक हो ।
      • [2] फलामका दाँतहरू राज्यका शक्तिशाली सैनिकको प्रतिक हो ।
      • [3] सीङहरू शक्तिशाली राजाहरूको प्रतिक हो ।