ne_ta/translate/writing-quotations/01.md

8.8 KiB

विवरण

जब कसैले कुनै कुरा भन्यो भने, हामी अक्सर कसले, कसलाई के भन्छ र उनीहरूले के भन्छन् भन्छौं । कसले भने र तिनीहरूले कसलाई भने भन्‍ने बारेको जानकारीलाई उद्धरण मार्जिन भनिन्छ। (यसलाई उद्धरण पनि भनिन्छ ।) केही भाषाहरूमा उद्धरण मार्जिन सुरुमा, अन्तिममा, वा उद्धरणको दुई भागको बिचमा पनि आउन सक्छ।

उद्धरण मार्जिन तल रेखाङ्कित गरिएका छन् ।

  • उनले भनिन्, “खाना तयार छ। आऊ र खाऊ, ।”
  • “खाना तयार छ। आऊ र खाऊ,” उनले भनिन्
  • “खाना तयार छ,” उनले भनिन् “आऊ र खाऊ”

केही भाषाहरूमा, उद्धरण मार्जिनमा एक भन्दा बढी क्रिया अर्थ "भनिएको" हुन सक्छ।

तर उसकी आमालेउत्तर दिइन्भनिन्, “होइन, त्यसको नाम यूहन्‍ना राखिने छ।” (लुका १:६० यूएलटी)

जब कसैले केही भनेको छ भनेर लेख्दा, केही भाषाहरूमा उद्धरण चिन्हमा (के भनिएको थियो) राखिन्छ जसलाई इन्भर्टेड अल्पविराम भनिन्छ("")। केही भाषाहरूले उद्धरण वरपर अन्य प्रतीकहरू प्रयोग गर्दछन्, जस्तै कोण उद्धरण चिन्हहरू («»), वा अरू केही ।

यो अनुवाद सवाल हुनुका कारणहरू

  • अनुवादकहरूले उद्धरण मार्जिन त्यहाँ राख्नु पर्छ जहाँ राख्दा तिनीहरूको भाषामा सबैभन्दा स्पष्ट र स्वभाविक हुन्छ ।
  • अनुवादकहरूले "भन्यो" अर्थ दिने एक वा दुई उद्धरण मार्जिन प्रयोग गर्ने कि नगर्ने भ‍न्‍ने निर्णय लिनुपर्छ ।
  • उद्धरणको वरिपरि कुन चिन्हहरू प्रयोग गर्ने भन्‍ने निर्णय अनुवादकहरूले गर्नुपर्छ ।

बाइबलबाट उदाहारणहरू

उद्धरण भन्दा पहिले उद्धरण मार्जिन

तब जकरियाले दूतलाई भने,,“यो मैले कसरी जान्‍ने? म बूढो भएँ र मेरी पत्‍नीको उमेर पनि ढल्‍किसकेको छ।” (लुका १:१८ यूएलटी)

कर उठाउनेहरू पनि बप्‍तिस्‍मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्‍यू, हामीले के गर्ने ? (लुका ३:१२ यूएलटी)

तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्‍दा बेसी नलेओ।” (लुका ३:१३ यूएलटी)

उद्धरण पछि उद्धरण मार्जिन

यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुने छैन,” परमप्रभुले भन्‍नुभयो। (आमोस ७:३ यूएलटी)

उद्धरणको दुई भाग बिचको उद्धरण मार्जिन

“म तिनीहरूबाट आफ्‍नो मुख लुकाउने छु," उहाँले भन्‍नुभयो,"अनि तिनीहरूको अन्‍त के हुने छ, म हेर्ने छु; किनकि तिनीहरू उल्‍टा पुस्‍ताका हुन्‌, विश्‍वासघाती सन्‍तानहरू हुन्‌।" (व्यवस्था ३२:२० यूएलटी)

“यसकारण तिमीहरूमध्‍येका जो सक्छन्" उनले भने, "त्‍यहाँ हाम्रो साथ जाऊन्‌, र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌।” (प्रेरित २५:५ यूएलटी)

"हेर, यस्‍ता दिन आउँदैछन" — परमप्रभु भन्‍नुहुन्‍छ —जब म मेरा प्रजा इस्राएलीहरूलाई फर्काएर ल्‍याउने छु, (यर्मिया ३०:३ यूएलटी)

अनुवाद रणनीतिहरू

१. उद्धरण मार्जिन कहाँ राख्‍ने निर्णय गर्नुहोस् । २. "भन्यो" अर्थ दिने एक वा दुई शब्द प्रयोग गर्ने कि नगर्ने निर्णय गर्नुहोस् ।

प्रयोग गरिएका अनुवाद रणनीतिहरू

१. उद्धरण मार्जिन कहाँ राख्‍ने निर्णय गर्नुहोस् ।

  • “यसकारण तिमीहरूमध्‍येका जो सक्छन्" उनले भने, "त्‍यहाँ हाम्रो साथ जाऊन्‌, र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌ ।” (प्रेरित २५:५
    • उनले भने, "यसकारण , तिमीहरूमध्‍येका जो सक्छन् त्‍यहाँ हाम्रो साथ जाऊन्‌, र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌ ।”
    • "यसकारण , तिमीहरूमध्‍येका जो सक्छन् त्‍यहाँ हाम्रो साथ जाऊन्‌, र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌।” उनले भने
    • "यसकारण , तिमीहरूमध्‍येका जो सक्छन् त्यहाँ हाम्रो साथ जाऊन्‌," उनले भने,र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌ ।”

२. "भन्यो" अर्थ दिने एक वा दुई शब्द प्रयोग गर्ने कि नगर्ने निर्णय गर्नुहोस् ।

  • तर उसकी आमालेउत्तर दिइन्भनिन, “होइन, त्यसको नाम यूहन्‍ना राखिने छ।” (लुका १:६० यूएलटी)
    • तर उसकी आमालेउत्तर दिइन्,“होइन, त्यसको नाम यूहन्‍ना राखिने छ।”
    • तर उसकी आमाले भनिन, “होइन, त्यसको नाम यूहन्‍ना राखिने छ।”
    • तर उसकी आमाले यसरीउत्तर दिइन्“होइन, त्यसको नाम यूहन्‍ना राखिने छ।”उनले भनिन