ne_ta/translate/figs-hypo/01.md

15 KiB

"यदि सूर्य चम्किन छाड्यो भने...", "सूर्य चम्किन छाड्यो भने के होला...", मानौँ सूर्य चम्किन छाड्यो...", "सूर्य चम्मिक नछाडेको भए...।" हामी यस्ता अभिव्यक्तिहरूको प्रयोग काल्पनिक अवस्थालाई जनाउन प्रयोग गर्छौँ । यस्ता अभिव्यक्तिहरूको प्रयोग के हुनसक्थ्यो वा भविष्यमा के हुन सक्छ तर सायद हुँदैन होला भन्‍ने कुराहरूको कल्पना गर्नको निम्ति प्रयोग गरिन्छ । पश्‍चाताप वा इच्छाहरू व्यक्त गर्नको निम्ति पनि यिनीहरूको प्रयोग गरिन्छ । बाइबलमा यस्ता कुराहरू अक्सर पाइन्छन् । यिनीहरूको अनुवाद गर्दा यी कुराहरू वास्तवमा भएका थिएनन् र उक्त घटनाको बारेमा कल्पना गरिएको हो भन्‍ने कुरा मानिसहरूले थाहा पाउने किसिमले गर्नुपर्छ ।

वर्णन

काल्पनिक अवस्थाहरू वास्तविक होइनन् । यिनीहरू भूत, वर्तमान वा भविष्यत् तीनै कालमा हुन सक्छन् । भूत र वर्तमानका काल्पनिक अवस्थाहरू भएका हुँदैनन् र भविष्यका अवस्थाहरू पनि हुने आशा गरिएको हुँदैन ।

मानिसहरू कहिलेकाहीँ सर्तका कुराहरू गर्छन् र ती सर्तहरू पूरा भए भने के हुन्छ भनेर बताउँछन्, तर तिनीहरूलाई ती कुराहरू भएका छैनन् र सायद हुने पनि छैनन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ । ( सर्तहरू "यदि" बाट सुरु हुने वाक्यांशहरू हुन् ।)

  • यदि उसले चिठ्ठा जितेको भए, उसले मलाई मिलियन डलर दिने थियो । (तर उसले जितेन ।)
  • यदि उसले चिठ्ठा जित्यो भने, टेबुलमा खाना हुने थियो । (तर छैन) ।
  • यदि उसले जिठ्ठा जित्छ भने, उसले मलाई मिलियन डलर दिने छ । (तर सायद उसले जित्दैन ।)

मानिसहरूले कहिलेकाहीँ नभएका वा हुनको लागि आशा नगरिएका कुराहरूको बारेमा आफ्नो इच्छा व्यक्त गर्छन् ।

  • ऊ आए हुन्थ्यो भन्‍ने म चाहन्छु ।
  • ऊ यहाँ भएको म चाहन्छु ।
  • ऊ आउने छ भन्‍ने म चाहन्छु ।

मानिसहरूले कहिलेकाहीँ नभएका वा हुनको लागि आशा नगरिएका कुराहरूको बारेमा आफ्नो पछुतोहरू व्यक्त गर्छन् ।

  • ऊ आएको भए हुन्थ्यो ।
  • ऊ यहाँ भएको भए हुन्थ्यो ।
  • ऊ आए हुन्थ्यो ।

यो अनुवादको विषय हुनुको कारण

  • अनुवादकहरूले बाइबलमा प्रयोग भएका काल्पनिक (सम्भावना जनाउने )परिश्थितिहरूको पहिचान गर्नुपर्छ ।
  • अनुवादकहरूले विभिन्‍न किसिमका काल्पनिक परिस्थितिहरूलाई कसरी व्यक्त गर्छ भन्‍ने कुरा जान्‍नुपर्छ ।

बाइबलबाट उदाहरणहरू

१. भूतकालका काल्पनिक परिस्थितिहरू

““धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्‌ग्रा लाएर र खरानी धसेर पश्‍चात्ताप गरिसक्‍नेथिए ।” (मत्ती ११:२१ )

मत्ती ११:२१ मा येशूले यदि प्राचिन सहर टुरोस र सीदोनमा बस्‍ने मानिसहरूले उहाँले गर्नुभएका शक्तिशाली कामहरू देखेका भए, तिनीहरूले धेरै पहिले नै पश्‍चाताप गरिसक्‍नेथिए भनेर भन्‍नुभयो । वास्तवमा टुरोस र सीदोनका मानिसहरूले उहाँका शक्तिशाली कामहरू देखेनन् र पश्‍चाताप गरेनन् । उहाँका शक्तिशाली कामहरू देखेर पनि पश्‍चाताप नगर्ने खोराजीन र बेथसेदाका मानिसहरूलाई हप्काउनको निम्ति उहाँले यसो भन्‍नुभयो ।

मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन ।” (यूहन्‍ना ११:२१ )

मार्थाले येशू चाँडो आउनुभएको भए हुन्थ्यो भन्‍ने आफ्नो इच्छा व्यक्त गर्नलाई यसो भनिन् । तर येशू चाँडो आउनुभएन र तिनको भाइ मर्‍यो ।

२. वर्तमानका काल्पनिक परिश्थितिहरू

कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता नयाँ मद्यले छाला फाट्‌छ, र दाखमद्य पोखिन्‍छ, र मशक पनि नष्‍ट हुन्‍छ । (लूका ५:३७ )

यदि कुनै व्यक्तिले पुरानो छालाको मशकमा नयाँ दाखमद्य हाल्यो भने के हुन्छ भनेर येशूले भन्‍नुभयो । तर कसैले पनि यसो गर्दैनन । कुनै समयमा नयाँ कुराहरूसँग पुरानो कुराहरू मिसाउनु बुद्धिमानी हुँदैन भन्‍ने कुराको उदाहरण दिनको निम्ति उहाँले यस्तो काल्पनिक अवस्थाको बारेमा बताउनुभयो । अरू मानिसहरूले परम्मपरागत रूपमा बस्‍ने गरेको उपवास येशूका चेलाहरूले किन बसेनन् भन्‍ने कुरा बुझाउन उहाँले यसो भन्‍नुभयो ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, "यदि तिमीहरूमध्ये कसैको एउटा मात्र भेडा छ र शबाथमा त्यो खाल्डोमा पर्‍यो भने, के तिमी त्यसलाई समातेर बाहिर निकाल्दैनौ र? (मत्ती १२:११ )

येशूले धार्मिक अगुवाहरूलाई शबाथमा तिनीहरूको भेडा खाल्डोमा खस्यो भने तिनीहरूले के गर्छन् भनेर सोध्नुभयो । उहाँले तिनीहरूको भेडा खाल्डोमा पर्छ भन्‍नुभएको होइन । उहाँले शबाथमा मानिसहरूलाई निको पारेको कार्यको बारेमा न्याय गरेर तिनीहरूले गलत गरे भन्‍ने कुरा देखाउनलाई उहाँले यो बिम्बको प्रयोग गर्नुभयो ।

३. भविष्यका काल्पनिक परिस्थितिहरू

ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइने छन्‌ । (मत्ती २४:२२ )

येशूले धेरै खराब कुराहरू हुनसक्ने भविष्यको समयको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । ती संकष्टका दिनहरू लामो समयसम्म रहने हो भने के हुन सक्छ भनेर येशूले भन्‍नुभयो । ती दिनहरू कति खराब हुने छन् - यति खराब कि कोही पनि बाँच्‍ने छैन भन्‍ने देखाउनलाई उहाँले यसो भन्‍नुभयो । तर त्यसपछि परमेश्‍वरले ती दिनहरू छोट्याइदिनु हुने छ भनेर उहाँले प्रष्ट पार्नुभयो, ताकि चुनिएका (उहाँले छान्‍नुभएका) मानिसहरू बाँच्‍ने छन् ।

४. काल्पनिक परिस्थितिहरूको बारेमा भावना व्यक्त गर्ने

पछुतो र इच्छाहरू धेरै हदसम्म उस्तै हुन्छन् ।

अनि इस्राएलीहरूले तिनीहरूलाई भने, "हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्‍जेल खाना खान्‍थ्‍यौं । त्‍यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुने थियो । तर तपाईंहरूले हामी र हाम्रा यस जम्‍मै समुदायलाई भोकले मार्न उजाड-स्‍थानमा ल्‍याउनुभएको छ ।" (प्रस्थान १६:३ )

उजाड-स्‍थानमा भोकले सताइएर मर्ने छौँ भनेर इस्राएलीहरू डराएको हुनाले उनीहरूले बरू मिश्रमा नै बसेर पेटभर खाएर मर्न पाएको भए हुन्थ्यो भन्‍ने इच्छा व्यक्त गरे । तिनीहरूले नभएको कुराको गुनासो गरेर पछुतो व्यक्त गरिरहेका थिए ।

मलाई तिम्रा कामहरू थाहा छ । तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुने थियो । (प्रकाश ३:१५ )

मानिसहरू चिसो कि तातो भए हुने थियो भनेर येशूले इच्छा व्यक्त गर्नुभयो, तर तिनीहरू दुबै छैनन् । उहाँले तिनीहरूलाई हप्काएर क्रोध व्यक्त गर्नुभएको थियो ।

अनुवादका रणनीतिहरू

तपाईंको भाषा बोल्ने मानिसहरू निम्‍न कुराहरू कसरी व्यक्त गर्छन् थाहा गर्नुहोस्ः

  • कुनै कुरा हुनसक्‍थ्यो ,तर भएन ।
  • अहिले कुनै कुरा सत्य हुनसक्थ्यो, तर होइन ।
  • कुनै कुरा भविष्यमा हुन सक्छ, तर केही कुरा परिवर्तन नभएको खण्डमा त्यसो हुने छैन ।
  • तिनीहरूले केही कुराको इच्छा राखे, तर पूरा भएन ।
  • कुनै कुरा नभएकोमा तिनीहरूलाई पछुतो छ ।

तपाईंको भाषामा यी कुराहरू कसर व्यक्त गरिन्छ देखाउनुहोस् ।

तपाईंले http://ufw.io/figs_hypo मा भएको भिडियो हेर्ने सक्नुहुन्छ ।