15 KiB
विवरण
पहिलो पटक व्यक्ति वा चीजहरू जुन कथामा उल्लेख गरिएको छ, तिनीहरू नयाँ सहभागीहरू हुन् । त्यसपछि, जब-जब तिनीहरू उल्लेख गरिन्छन्, तिनीहरू पुराना सहभागीहरू हुन्छन् । >अबत्यहाँ एकजना फरिसी थिए जसको नाम निकोदेमस थियो... यो मानिस रातको समयमा येशूकहाँ आयो... येशूले उसलाई जवाफ दिनुभयो (यूहन्ना ३:१)
पहिलो रेखांकित वाक्यांशले निकोदेमसलाई नयाँ सहभागीको रूपमा प्रस्तुत गर्दछ । त्यसपछि अनि उनी एक पुराना सहभागी भएकोले उसलाई "यो मानिस" र "उसलाई" भनेर चिनिन्छ ।
यो अनुवादको विषय हुनुको कारण
तपाईंको अनुवादलाई स्पष्ट र स्वभाविक बनाउनको लागि सहभागीहरूलाई नयाँ हुन् कि पुराना नै हुन् भन्ने कुरा छर्लङ्ग हुनेगरी प्रस्तुत गर्नु आवश्यक छ । विभिन्न भाषाहरूका यसो गर्ने विभिन्न तरिकाहरू छन् । तपाईंले आफ्नो भाषाले गर्ने तरिकालाई पछ्याउनु पर्छ, स्रोत भाषाले गर्ने तरिकालाई होइन ।
बाइबलबाट उदाहारणहरू
नयाँ सहभागीहरू
प्रायः सबभन्दा महत्त्वपूर्ण नयाँ सहभागीलाई उसको अस्तित्व दर्शाउनको निम्ति एउटा वाक्यांशको साथ प्रस्तुत गरिन्छ जस्तै तलको उदाहरणमा "एकजना मानिस थिए" नयाँ सहभागी हो । "एक मानिस" मा "एक" शब्दले लेखक पहिलो पटक उनको बारेमा बोल्दैछन् भन्ने बताउँदछ । बाँकी वाक्यले त्यो मानिस कहाँबाट आएको थियो, परिवार को थियो, र उसको नाम के थियो भन्ने जानकारी दिन्छ ।
दानको कुलका सोरामा बस्ने एकजना मानिस थिए, जसको नाउँ मानोह थियो, (न्यायकर्ताहरू १३:२ यूएलटी)
जो अत्यन्त महत्त्वपूर्ण नभएको नयाँ सहभागीलाई पहिले नै प्रस्तुत गरिएको बढी महत्त्वपूर्ण व्यक्तिको सम्बन्धमा प्रस्तुत गरिन्छ । तलको उदाहरणमा, मानोहकी श्रीमतीलाई "उनकी स्वास्नी" भनेर सम्बोधन गरिएको छ । यो वाक्यांशले उक्त स्त्रीसँग मानोहको सम्बन्धलाई देखाउँदछ ।
दानको कुलका सोरामा बस्ने एकजना मानिस थिए, जसको नाउँ मानोह थियो, उनकी श्रीमती बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन (न्यायकर्ताहरू १३:२ यूएलटी)
पाठकलाई त्यो व्यक्ति को हो भनेर थाहा छ भन्ने लेखकको मान्यता भएको कारण संयोजक नयाँ सहभागीलाई सधारणतया नामले मात्र प्रस्तुत गरिन्छ । १ राजाहरूको पहिलो पदमा उनका पाठकहरूलाई राजा दाऊद को हो भनेर थाहा छ भन्ने अनुमान लेखकले लगाए त्यसैले ऊ को हो भनेर व्याख्या गर्न आवश्यक छैन ।
जब दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो, तिनलाई लुगा ओढाइदिँदा पनि तिनी तातिँदैनथे । (१ राजाहरू १:१ यूएलटी)
पुराना सहभागीहरू
कथामा पहिले नै ल्याइएको व्यक्तिलाई त्यसपछि सर्वनामले जनाउन सकिन्छ । तल दिइएको उदाहरणमा, मानोहलाई सर्वनाम "उसको" ले जनाइएको छ, र उनकी श्रीमतीलाई सर्वनाम "उनले" ले जनाइएको छ ।
उनकी श्रीमती गर्भवती हुन सकेकी थिइनन् त्यसकारण उनले बच्चा जन्माउन सकेकी थिइनन् । (न्यायकर्ताहरू १३:२ यूएलटी))
कथामा के हुँदैछ भन्ने कुरालाई मध्यनजर गरेर पुराना सहभागीहरूलाई अन्य तरिकाबाट पनि जनाउन सकिन्छ । तल दिइएको उदाहरण छोरा जन्माउने बारेमा छ, र मानोहकी पत्नीलाई “स्त्री” भनेर जनाइएको छ ।
परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परेर तिनलाई भने, (न्यायकर्ताहरू १३:३ यूएलटी))
यदि पुरानो सहभागीलाई केही समयको लागि उल्लेख गरिएको छैन, वा यदि त्यहाँ सहभागीहरू बिच भ्रम पैदा हुन सक्छ भने त्यस्तो अवस्थामा लेखकले सहभागीको नाम फेरि पनि प्रयोग गर्न सक्दछ । तल दिइएको उदाहरणमा, मानोहलाई उसको नामले जनाइएको छ, जसलाई लेखकले पद २ बाट प्रयोग गरेका छैनन् ।
तब मानोह परमेश्वरसँग प्रार्थना गरे... (न्यायकर्ताहरू १३:८ यूएलटी))
केही भाषाहरूमा कर्ताको बारेमा क्रियापदले बताउँछ । केही भाषाहरूमा मानिसहरू पुरानो सहभागीहरूलाई कर्ताको रूपमा प्रयोग गरिएको बेला नाम वाक्यांश वा सर्वनाम प्रयोग सधैँ गर्दैनन् । क्रियामा प्रयोग गरिएको सङ्केतले श्रोतालाई कर्ता के हो भनेर बुझ्नको लागि पर्याप्त जानकारी दिन्छ । (हेर्नुहोस् क्रिया)
अनुवाद रणनीतिहरू
१. यदि सहभागी नयाँ छ भने नयाँ सहभागीहरूलाई प्रस्तुत गर्ने तपाईंको भाषाको एउटा तरिका प्रयोग गर्नुहोस् । २. यदि सर्वनामले कसलाई जनाउँछ भन्ने स्पष्ट छैन भने नाम वाक्यांश वा नामको प्रयोग गर्नुहोस् । ३. यदि नाम वा नाम वाक्यांशले एउटा पुरानो सहभागीलाई जनाउँछ र मानिसहरूलाई त्यो नयाँ सहभागी हो भनेर अलमलमा पार्छ भने त्यसको सट्टमा सर्वनामको प्रयोग गर्ने कोसिस गर्नुहोस् । यदि मानिसहरूले सन्दर्भ अनुसार स्पष्ट बुझ्दछन् र सर्वनामको आवश्यकता पर्दैन भने सर्वनामको प्रयोग नगर्नुहोस् ।
प्रयोग गरिएका अनुवाद रणनीतिका उदाहारणहरू
१. यदि सहभागी नयाँ छ भने नयाँ सहभागीहरूलाई प्रस्तुत गर्ने तपाईंको भाषाको एउटा तरिका प्रयोग गर्नुहोस् ।
- अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो), (प्रेरित ४:३६-३७ यूएलटी) -जोसेफको नामको साथ वाक्य सुरू गर्दै जब उनको परिचय हुदैन भने अझै केही भाषाहरूमा भ्रामक हुन सक्छ ।
- त्यहाँ साइप्रसका एकजना मानिस थिए जो लेवी कुलका थिए । उनको नाम योसेफ थियो, र उनलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो) ।
- त्यहाँ एकजना साइप्रस देसका लेवी थिए जसको नाम योसेफ थियो । प्रेरितहरूले उनलाई बारनाबास भनी नाउँ राखेका थिए , जसको अर्थ उत्साहको पुत्र हो ।
२. यदि सर्वनामले कसलाई जनाउँछ भन्ने स्पष्ट छैन भने नाम वाक्यांश वा नामको प्रयोग गर्नुहोस् ।
- उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस् ।” (लुका ११ः१ यूएलटी) - यो एउटा अध्यायको पहिलो पद भएकोले पाठकहरूले "उनी" भनेको को हो भनेर सोच्न सक्छन् ।
- येशू</uले कुनै एक ठाउँमा प्रार्थना गरिसक्नुभएपछि , उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस् ।"
३. यदि नाम वा नाम वाक्यांशले एउटा पुरानो सहभागीलाई जनाउँछ र मानिसहरूलाई त्यो नयाँ सहभागी हो भनेर अलमलमा पार्छ भने त्यसको सट्टमा सर्वनामको प्रयोग गर्ने कोसिस गर्नुहोस् । यदि मानिसहरूले सन्दर्भ अनुसार स्पष्ट बुझ्दछन् र सर्वनामको आवश्यकता पर्दैन भने सर्वनामको प्रयोग नगर्नुहोस् ।
- योसेफकामालिकले योसेफलाईलगेर उनलाईराजाका कैदीहरू थुनिने झ्यालखानमा हालिदिए । योसेफत्यसरी झ्यालखानमा परे (उत्पत्ति ३९:२० यूएलटी) - योसेफ कथाको मुख्य व्यक्ति भएकोले केही भाषाहरूमा उसको नाम धेरै पटक प्रयोग गरिदा यो अस्वभाविक वा भ्रमपूर्ण लाग्न सक्छ । तिनीहरूलाई सर्वनामले जनाउन सकिन्छ ।
- योसेफका मालिकले उनलाईलगेरउनलाईराजाका कैदीहरू थुनिने झ्यालखानमा हालिदिए । उनीत्यसरी झ्यालखानमा परे