ne_ta/translate/figs-verbs/01.md

11 KiB

वर्णन

कुनै कार्य र घटना वा कुनै कुराहरूको वर्णन गर्न वा तिनको पहिचानको निम्ति प्रयोग गरिने शब्दहरू नै क्रियापदहरू हुन् ।

उदाहरणहरू तलका उदाहरणहरूमा क्रियापदहरूलाई रेखाङ्‍कन गरिएको छ ।

  • यूहन्‍ना दोड्यो । (“दौडनु” एउटा कार्य हो ।)
  • यूहन्‍नाले एउटा केरा खायो । (“खानु” एउटा कार्य हो ।)
  • यूहन्‍नाले मर्कूसलाई देख्यो । (“हेर्नु” एउटा घटना हो ।)
  • यूहन्‍ना मर्‍यो । (“मर्नु” एउटा घटना हो ।)
  • यूहन्‍ना अग्लो । ("अग्लो छ" वाक्यांशले यूहन्‍नाको वर्णन गर्छ । "छ" एउटा क्रियापद हो र यसले "यूहन्‍ना"लाई "अग्लो" सँग जोड्छ ।)
  • यूहन्‍ना सुन्दर देखिन्छ। ("सुन्दर देखिन्छ" वाक्यांशले यूहन्‍नाको वर्णन गर्छ । "देखिन्छ" एउटा क्रियापद हो र यसले "यूहन्‍ना"लाई "सुन्दर" सँग जोड्छ । )
  • यूहन्‍ना मेरो भाइ हो। (वाक्यांश "मेरो भाइ हो" ले यूहन्‍नालाई जनाउँछ ।)

क्रियापदसँग जोडिएका मानिस वा वस्तुहरू

एउटा क्रियापदले प्रायजसो कुनै व्यक्ति वा वस्तुको बारेमा बताउँछ । माथि दिइएका उदाहरण वाक्यहरूले यूहन्‍नाको बारेमा बताउँछन् । ती वाक्यहरूको निम्ति "यूहन्‍ना" कर्ता हो । अँग्रेजी र नेपालीमा कर्ता क्रियापदभन्दा अगाडि आउँछ ।

संयोजक क्रियापदसँग अर्को व्यक्ति वा वस्तु जोडिएर आउँछ । तल दिइएको उदाहरणमा रेखाङ्‍कन गरिएको शब्द क्रियापद हो, र मोटो अक्षरमा दिइएको शब्दचाहिँ कर्महो । अँग्रेजीमा कर्म प्रायः क्रियापद पछि आउँछ भने नेपालीमा क्रियापदभन्दा अगाडि आउँछ ।

  • उसले दिउँसोको खाना खायो
  • उसले एउटा किताब पढ्यो
  • उसले एउटा गीत गायो
  • उसले एउटा किताब देख्यो

केही क्रियापदका कर्म हुँदैनन् ।

  • सूर्य ६ बजे उदायो
  • यूहन्‍ना राम्री सुत्यो
  • यूहन्‍ना हिजो लड्यो

अँग्रेजी र नेपालीमा महत्त्वपूर्ण नभएको कर्मलाई नलेख्‍न पनि सकिन्छ ।

  • उसले राती कहिले पनि खाँदैन
  • ऊ जहिले पनि गाउँछ
  • उसले राम्ररी पढ्छ
  • उसले देख्‍न सक्दैन

केही भाषाहरूमा कर्मको आवश्यकता पर्ने क्रियापदहरूको निम्ति त्यो त्यति महत्त्वपूर्ण नभए पनि अनिवार्य रूपमा कर्मको प्रयोग गरिन्छ । त्यस्तो भाषा बोल्‍ने मानिसहरूले माथिका वाक्यहरूलाई यसरी व्यक्त गर्न सक्छन् ।

  • उसले राती कहिले पनि खाना खाँदैन
  • ऊ जहिले पनि गीत गाउँछ
  • उसले शब्दहरूराम्ररी पढ्छ
  • उसले केही पनि देख्‍न सक्दैन

क्रियापदमा कर्ता र कर्मको चिन्ह

केही भाषाहरूमा क्रियापदसँग आउने कर्ता र कर्मको आधारमा क्रियापदमा केही फरक हुनसक्छ । उदाहरणको निम्ति, अँग्रेजीमा "कर्ता" एकवचन भएको बेलामा क्रियापदसँग "s" जोडिएर आउँछ । अरु भाषाहरूमा कर्ता "म", "तिमी", वा "ऊ", एकवचन, बहुवचन, पुरुष, स्त्री, मानवीय वा अमानवीय आदि भएको आधारमा क्रियापद फरक पर्छ ।

  • तिनीहरूले हरेक दिन केरा खान्छन् । (कर्ता "तिनीहरू" बहुवचन हो ।)
  • यूहन्‍नाले हरेक दिन केरा खान्छ । (कर्ता “यूहन्‍ना” एकवचन हो ।)

समय र काल

घटना भन्‍नाले भूत, वर्तमान र भविष्यत्‌कालमा घटेका घटनालाई जनाउँछ । यसको लागि "हिजो', "आज" वा "भोली" शब्दको प्रयोग गरिन्छ ।

केही भाषाहरूमा समयलाई जनाउनको लागि क्रियापदमा परिवर्तन गरिन्छ । यसलाई क्रियापदमा जनाउने प्रक्रियालई काल भनिन्छ । अँग्रेजीमा क्रियाको अन्तमा "ed" राखेर भूत कालमा घटेको घटनालाई जनाइन्छ । केही भाषाहरूका क्रियापद योभन्दा फरक हुन्छन् ।

  • मरीयमले संयोजक मासु पकाउँछिन
  • हिजो मरीयमले मासु पकाइन् । (तिनले यो कुरा भूत कालमा गरेकी हुन् ।)

केही भाषाहरूमा समय बुझाउनको लागि शब्द राखिन्छ । अङ्ग्रेजीमा भविष्यत्‌काल जनाउनको निम्ति "केही भाषाहरूमा समय बुझाउनको लागि शब्द राखिन्छ । अङ्ग्रेजीमा भविष्यत्‌काल जनाउनको निम्ति "will" को प्रयोग गरिन्छ ।

  • मरीयमले भोलि मासु पकाउने छिन्

पक्ष

संयोजक कुनै समयको घटनाको बारेमा बताउनुपर्दा त्यो समयको कुन खण्डमा भएको हो वा त्यो घटना अर्को घटनासँग कसरी सम्बन्धित छ भ‍न्‍ने कुरा स्पष्ट पार्नुपर्छ । यसलाई पक्ष भनिन्छ । अँग्रेजीमा वर्तमान समयको एउटा घटना अर्को घटनासँग कसरी सम्बन्धित छ भन्‍ने कुरा देखाउनको निम्ति “is” वा “has” को प्रयोग गरिन्छ वा क्रियापदमा s,” “ing,” वा “ed” जोडिन्छ । त्यस्तै नेपालीमा 'छ', वा 'हो' को प्रयोग गरिन्छ वा क्रियापदमा 'दै/तै', 'एको/एकी', 'रहेको' जोडिन्छ ।

  • मरीयमले प्रत्येक दिन मासु पकाउँछिन । (यसले मरीयमले प्रायः गर्ने कुराको बारेमा बताउँछ ।)
  • मरीयमले मासु पकाइरहेकी छन् । (यसले मरीयमले अहिले गर्दै गरेको कुरालाई जनाउँछ ।)
  • मरीयमले मासु पकाइन् र यूहन्‍ना घर आए । (यसले मरीयमले र यूहन्‍नाले गरेको कुराको बारेमा बताउँछ ।)
  • मरीयमले मासु पकाइरहेको बेला यूहन्‍ना घर आए । (यसले यूहन्‍ना घर आउँदा मरीयमले केही गरिरहेकी थिइन् भन्‍ने कुरा जनाउँछ ।)
  • मरीयमले मासु पकाएकी छन् र हामीलाई खानको निम्ति बोलाउन चाहन्छिन् । (यसले मरीयमले गरेको कुरालाई जनाउँछ जो अहिलेको लागि पनि सान्दर्भिक छ )
  • यूहन्‍ना घर आउँदा मरीयमले मासु पकाएकी थिइन् । (यसले कुनै कुरा हुन अगाडि मरीयमले भूत कालमा केही कुरा गरिसकेको जनाउँछ ।)