ne_ta/translate/writing-newevent/01.md

20 KiB

विवरण

मानिसहरूले कथा भन्दा एउटा घटना वा घटनाका श्रृंखलाको बारेमा भन्छन् । तिनीहरूले निश्‍चित जानकारीहरूलाई प्रायः कथाको सुरुवातमा राख्दछन् जस्तै; कथा कसको बारेमा छ, यो कहिले भयो र कहाँ भयो । लेखकले यो जानकारी कथाको सुरु हुनुभन्दा अगाडि नै दिन्छन्, यसलाई कथाको परिवेश भनिन्छ । कथाको केही नयाँ घटनाहरूमा पनि परिवेश हुन्छ किनभने तिनमा नयाँ मानिसहरू, नयाँ समय, र नयाँ स्थानहरू समावेश गरिएको हुनसक्छ । कुनै भाषामा कुनै घटना आफूले देखेको हो वा अरु कसैबाट सुनेको हो भन्‍ने कुरा पनि व्यक्त गर्छन् ।

तपाईंका मानिसहरूले घटनाहरूको बारेमा बताउँदा सुरुवातमा के जानकारी दिन्छन्? के तिनीहरूले त्यसलाई कुनै निश्‍चित क्रममा राखेका छन्? तपाईंले अनुवाद गर्दा कथा वा घटनाको बारेमा नयाँ जानकारीहरू प्रस्तुत गर्दा स्रोत भाषाको होइन तर तपाईंको आफ्नो भाषाको तरिकाको अनुसरण गर्नुपर्छ । यसो गर्नाले तपाईंको अनुवाद स्वभाविक देखिन्छ र यसले तपाईंको भाषामा स्पष्ट संचार गर्छ ।

बाइबलबाट उदाहारणहरू

यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्‍नी हारून-वंशकी थिइन्‌। तिनको नाउँ एलीशिबा थियो । (लुका १:५ यूएलटी)

माथि दिईएको पदले जकरियाको कथाको बारेमा परिचय दिन्छ । पहिलो रेखाङ्कित वाक्यांशले यो कहिले भएको थियो भनेर बताउँछ र अरु दुईवटा रेखाङ्कित वाक्यांशहरूले मुख्य मानिसहरूको परिचय दिन्छन् । अरु दुईवटा वाक्यांशहरूले एलीशिबा र जकरिया वृद्व थिए र उनीहरूका एउटा पनि छोराछोरी थिएनन् भन्‍ने कुराको वर्णन गरेका गर्छन् । यो सबै कथाको परिवेश हो । त्यसपछि लुका १:८ मा भएको वाक्यांश "एक दिन" ले कथामा भएको पहिलो घटनाको परिचय दिन्छः

एक दिन जब जकरिया आफ्नो जिम्मेवारीको क्रममा परमेश्‍वरसामु पुजारीको रूपमा आफ्नो काम गरिरहेका थिए, पुजारीहरूले तिनीहरूको रीति-रिवाज अनुसरण गरे र उनलाई परमप्रभुको मन्दिरमा धूप बाल्नको निम्ति धेरै छनौट गरे। (लुका १:८-९ यूएलटी)

येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो (मत्ति १:१८ यूएलटी)

माथिको रेखाङ्कित वाक्यले यो स्पष्ट पार्दछ कि येशूको बारेमा कथा प्रस्तुत भइरहेको छ। कथाले येशूको जन्म कसरी भयो भनेर बताउँदछ।

हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो , पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,... (मत्ति २:१ यूएलटी)

माथिका रेखाङ्कित वाक्यांशले येशूको जन्म पछि ज्ञानी मानिसहरूसँग भएका घटनाहरू देखाउँदछ।

ती दिनहरूमा बप्तिस्मा दिने यूहन्‍ना यहूदियाको मरूभूमिमा प्रचार गर्न आए,... (मत्ति ३:१-२२ यूएलटी)

माथिका रेखाङ्कित वाक्यांशले देखाउँदछ कि बप्‍तिस्मा दिने यूहन्‍ना अघिल्लो घटनाहरू भएको को समयदेखि प्रचार गर्दै आएका थिए । यो सायद धेरै सामान्य हुनसक्छ र येशू नासरतमा बस्‍नुहुँदाको समयलाई संकेत गर्दछ ।

तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्‍मा लिन यर्दनमा आउनुभयो । (मत्ति ३:१३ यूएलटी)

"तब" भन्‍ने शब्दले येशू अघिल्लो पदहरूमा भएको घटनाहरू भएको केही समयपछि यर्दन नदीमा आउनुभयो भनेर देखाउँछ ।

फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए । यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन ।” (यूहन्‍ना ३:१-२ यूएलटी)

लेखकले पहिले नयाँ व्यक्ति परिचय दिए र त्यसपछि उनले के गरे र कहिले गरे भन्‍ने बारेमा बताए । केही भाषाहरूमा यो पहिलेको बारेमा बताउनु अधिक स्वभाविक हुन सक्छ।

नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्‍नलाई जहाजमा गए। (उत्पत्ति ७:६-७ यूएलटी)

पद ६ अध्याय ७ को बाँकी घटनाहरूमा हुने घटनाहरूको सारांश हो । अध्याय ६ ले परमेश्‍वरले नोआलाई जलप्रलय हुने छ र नोआले यसको लागि कसरी तयारी गरे भनेर बताउनुभयो । अध्याय ७ पद ६ मा कथाको अंश प्रस्तुत गरिएको छ जसले नोआ र उसको परिवार र जनावरहरू जहाजमा छिर्ने, वर्षाको शुरूआत, र पानीले पृथ्वीलाई बाढी आउने बारेमा बताउँछ । केही भाषाहरूमा कि यस पदले घटनाको परिचय मात्र दिन्छ भनेर यसलाई स्पष्ट पार्नु आवश्यक पर्दछ वा यो पदलाई ७ पद पछि सार्नुपर्छ । पद ६ कथाको घटनाहरूमध्ये एक होइन । मानिसहरू बाढी आउनुभन्दा पहिले पानीजहाज भित्र गए ।

अनुवाद रणनीतिहरू

यदि नयाँ घटनाको सुरुमा दिईएको जानकारी तपाईंका पाठकहरूको लागि स्पष्ट र स्वभाविक छ भने, यसलाई यूएलटी वा UST मा भए अनुसार अनुवाद गर्नुहोस् । यदि होईन भने यीमध्ये एउटा रणनीति प्रयोग गर्नुहोस् ।

१. तपाईंका मानिसहरूले कुनै पनि घटनाको परिचय जसरी दिन्छन् जानकारीहरूलाई त्यसरी नै राख्नुहोस् । २. यदि पाठकहरूले बाइबलमा नभएको केही निश्‍चित जानकारीको अपेक्षा गर्छन् भने त्यस जानकारी दिनको लागि "अर्को समय" वा "कोही" जस्ता अनिश्‍चित शब्द वा वाक्यांश प्रयोग गर्ने विचार गर्नुहोस् । ३. यदि परिचय सम्पूर्ण घटनाको सारांश हो भने यो सारांश हो भन्‍ने देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् । ४. यदि लक्षित भाषामा घटनाको सुरुमा सारांश दिनु अनौठो हुन्छ भने उक्त घटना कथामा पछि हुन्छ भनेर देखाउनुहोस् ।

प्रयोग गरिएका अनुवाद रणनीतिका उदाहारणहरू

१. तपाईंका मानिसहरूले कुनै पनि घटनाको परिचय जसरी दिन्छन् जानकारीहरूलाई त्यसरी नै राख्नुहोस् ।

  • फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए। यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन ... (यूहन्‍ना ३:१,२)
    • त्यहाँ एकजना मानिस थिए जसको नाम निकोदेमस थियो । उनी फरिसी थिए र यहूदीहरूका महासभाका एक सदस्‍य थिए। एक रात उनी येशूकहाँ आए र भने...
    • एक रात निकोदेमस नाम गरेका एक जना, जो फरिसी थिए र यहूदीहरूका महासभाका एक सदस्‍य थिए , येशूकहाँ आए र भने... ।
  • त्‍यसपछि जाँदैगर्दा उहाँले अल्‍फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्‍नुभयो र तिनलाई भन्‍नुभयो, ... (मर्कूस २:१४ यूएलटी)
    • त्यसपछि जाँदैगर्दा अल्‍फयसका छोरा लेवी कर उठाउनेहरूको ठाउँमा बसिरहेका थिए येशूले तिनलाई देख्‍नुभयो र भन्‍नुभयो, ...
    • त्यसपछि जाँदैगर्दा , कर उठाउनेहरूको ठाउँमा एकजना मानिस बसिरहेका थिए उसको नाम लेवी थियो, र उनी अल्‍फयसका छोरा थिए । येशूले तिनलाई देख्‍नुभयो र भन्‍नुभयो, ...
    • उहााँ जाँदै गर्दा, त्यहाँ एकजान कर उठाउने मानिस थिए जो कर उठाउने स्थानमा बसिरहेका थिए । उसको नाम लेवी थियो, र उनी अल्‍फयसका छोरा थिए । येशूले तिनलाई देख्‍नुभयो र भन्‍नुभयो, ...

२. यदि पाठकहरूले बाइबलमा नभएको केही निश्‍चित जानकारीको अपेक्षा गर्छन् भने त्यस जानकारी दिनको लागि "अर्को समय" वा "कोही" जस्ता अनिश्‍चित शब्द वा वाक्यांश प्रयोग गर्ने विचार गर्नुहोस् ।

  • नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो। (उत्पत्ति ७:६ यूएलटी)- यदि मानिसहरूले नयाँ घट्ने घट्नाको बारेमा केही थाहा पाउनेआशा गरे भने, "त्यस पछाडि" वाक्यांशले त्यो घटनाहरू उल्लेखित घटना घटिसकेपछि भएको हो भनेर थाहा पाउन मदत गर्छ ।
    • त्यसपछि,जब नोआ छ सय वर्षका थिए, पृथ्वीमा बाढी आयो ।
  • उहाँले फेरि समुद्रको किनारमा शिक्षा दिन सुरु गर्नुभयो । (मर्कूस ४:१ यूएलटी) - ३ अध्यायमा येशूले कसैको घरमा शिक्षा दिईरहनु भएको थियो । यो नयाँ घटना अर्को समयमा भएको वा येशू वास्तवमा तालमा जानुभयो भन्‍ने कुरा पाठकहरूलाई बताउन आवश्यक छ ।
    • समुद्रको किनारमा येशूले फेरि अर्को पटक शिक्षा दिनुभयो ।
    • येशू समु्न्द्रमा जानुभयो । त्यहाँ मानिसहरूलाई फेरि शिक्षा दिन लाग्‍नुभयो

३. यदि परिचय सम्पूर्ण घटनाको सारांश हो भने यो सारांश हो भन्‍ने देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् ।

  • नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो । (उत्पत्ति ७:६ यूएलटी)
    • नोआ छ सय वर्षको हुँदा यो घटना भयो र पृथ्‍वीमा जलप्रलय आयो ।
    • यो खण्डले पृथ्‍वीमा जलप्रलय आउँदा के भयो भनेर बताउँछ । यो नोआ छ सय वर्षको हुँदा भएको थियो।

४. यदि लक्षित भाषामा घटनाको सुरुमा सारांश दिनु अनौठो हुन्छ भने उक्त घटना कथामा पछि हुन्छ भनेर देखाउनुहोस् ।

  • नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्‍नलाई जहाजमा गए। (उत्पत्ति ७:६-७ यूएलटी)
    • नोआ छ सय वर्षका हुँदा यसो भयो । नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा तिनका बुहारीहरू सँगै जहाजमा गए किनकी परमेश्‍वरले जलप्रलयको पानी आउने छ भनेर भन्‍नुभएको थियो