ne_ta/translate/writing-proverbs/01.md

9.7 KiB

विवरण

हितोपदेश छोटो भनाइहरू हुन् जसले बुद्धि दिन्छ वा सत्यता सिकाउँछ । मानिसहरू हितोपदेशमा आनन्द लिन्छन् किनकि यिनीहरूले थोरै शब्दहरूमा धेरै ज्ञान दिन्छन् । बाइबलमा उखानहरू प्रायः रूपक र समानन्तरता प्ररिएका छन् ।

घृणाले कलह उत्‍पन्‍न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्‍छ । (हितोपदेश १०:१२ यूएलटी)

हितोपदेशको अर्को उदाहरण.

ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌ त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ, र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ । (हितोपदेश ६:६-८ यूएलटी)

यो अनुवादको विषय हुनुको कारण

प्रत्येक भाषामा हितोपदेशलाई भन्‍ने आफ्नै तरिका हुन्छ । बाइबलमा थुप्रै हितोपदेशहरू छन् । तपाईंको भाषामा कसरी हितोपदेशहरू बोलिन्छ त्यही तरिकामा तिनको अनुवाद गर्न आवश्यक छ, ताकि मानिसहरूले तिनीहरूले सिकाएको कुरालाई हितोपदेशको रूपमा पहिचान गर्न सकून् ।

बाइबलबाट उदाहारणहरू

धेरै धन-सम्‍पत्तिभन्‍दा असल नाउँ रोज्‍नु वाञ्‍छनीय हुन्‍छ, सम्‍मानित हुनु चाँदी वा सुनभन्‍दा उत्तम हो । (हितोपदेश २२:१ यूएलटी)

यसको मतलब यो छ कि धेरै पैसा हुनु भन्दा राम्रो ब्यक्ति हुनु र राम्रो प्रतिष्ठा हुनु उत्तम हो ।

सिर्काले दाँत कुँडिए र धूवाँले आँखा पिरिएझैँ, अल्‍छी गर्ने मानिस आफूलाई पठाउनेको निम्‍ति त्‍यस्‍तै हुने छ । (हितोपदेश १०:२६ यूएलटी)

यसको मतलब यो हो कि अल्छी मान्छे उसलाई केही गर्न पठाउनेको लागि धेरै कष्टप्रद हुन्छ ।

परमप्रभुको मार्ग धर्मीहरूका निम्‍ति एक शरणस्‍थान हो, तर दुष्‍ट काम गर्नेहरूका निम्‍ति विध्‍वंस हो । (हितोपदेश १०:२९ यूएलटी)

यसको मतलब यो हो कि परमप्रभुले राम्रो काम गर्ने मानिसहरूलाई जोगाउनु हुन्छ, तर दुष्ट मानिसहरूलाई उहाँले नष्ट गर्नु हुन्छ ।

अनुवाद रणनीतिहरू

यदि हितोपदेशको शाब्दिक अनुवाद गर्नु स्वभाविक हुन्छ र तपाईको भाषामा सही अर्थ दिन्छ भने त्यसो गर्नुहोस् । यदि होईन भने, यहाँ केही विकल्पहरू छन्:

१. तपाईंको भाषामा मानिसहरूले कसरी हितोपदेश भन्छन् पत्ता लगाउनुहोस्, र तीमध्ये एउटा तरिका प्रयोग गर्नुहोस् । २. यदि हितोपदेशमा केही वस्तुहरू तपाईंको भाषा समूहमा धेरै व्यक्तिहरूलाई थाहा छैन भने तिनीहरूलाई तपाईंको भाषामा समान काम गर्ने र मानिसहरूले बुझ्‍ने वस्तुहरूको प्रयोग गर्नुहोस् । ३. बाइबलको उखानसँग मिल्‍ने तपाईंको भाषामा भएको उखान प्रतिस्थापन गर्नुहोस् । ४. उही शिक्षा दिनुहोस् तर हितोपदेशको रूपमा हैन ।

प्रयोग गरिएका अनुवाद रणनीतिहरू

१. तपाईंको भाषामा मानिसहरूले कसरी हितोपदेश भन्छन् पत्ता लगाउनुहोस्, र तीमध्ये एउटा तरिका प्रयोग गर्नुहोस् ।

  • धेरै धन-सम्‍पत्तिभन्‍दा असल नाउँ रोज्‍नु वाञ्‍छनीय हुन्‍छ

सम्‍मानित हुनु चाँदी वा सुनभन्‍दा उत्तम हो । (हितोपदेश २२:१ यूएलटी)

मानिसहरूले उनीहरूको भाषामा हितोपदेश भन्‍न सक्ने केही उपायहरू यस प्रकार छन्ः

  • धेरै धन -सम्पत्तिभन्दा, असल नाउँ हुनु वाञ्‍छनीय हुन्‍छ र चाँदी र सुनभन्‍दा मानिसहरूको सम्मान पाउनु राम्रो हुन्छ ।
  • बुद्धिमानी मान्छेले धेरै धन -सम्पत्तिभन्दा राम्रो नाम अनि चाँदी र सुनभन्दा सम्मान चयन गर्छ ।
  • धेरै धन सम्पत्तिभन्दा राम्रो प्रतिष्ठा राख्‍ने प्रयास गर्नुहोस्।
  • धनले तपाईंलाई वास्तवमै सहायता गर्दछ? बरु म राम्रो प्रतिष्ठा चाहन्छु ।

२. यदि हितोपदेशमा केही वस्तुहरू तपाईंको भाषा समूहमा धेरै व्यक्तिहरूलाई थाहा छैन भने तिनीहरूलाई तपाईंको भाषामा समान काम गर्ने र मानिसहरूले बुझ्‍ने वस्तुहरूको प्रयोग गर्नुहोस् ।

  • ग्रीष्‍म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ ,

मूर्खलाई सम्‍मान दिनु सुहाउँदैन। (हितोपदेश २६:१ यूएलटी)

  • तातो मौसममा चिसो हावामा उडाउन वा कटनीको समयमा पानी पर्नु स्वभाविक हुदैन; र मूर्खलाई सम्‍मान दिनु स्वभाविक हुदैन ।

३. बाइबलको उखानसँग मिल्‍ने तपाईंको भाषामा भएको उखान प्रतिस्थापन गर्नुहोस् ।

  • भोलिको धाक नलगा, (हितोपदेश २७:१ यूएलटी)
    • कुखुरा कोरल्नु भन्दा पहिले तिनीहरूको गन्ती नगर्नुहोस्।

४. उही शिक्षा दिनुहोस् तर हितोपदेशको रूपमा हैन ।

  • एक पुस्ता जसले आफ्ना बाबुलाई सराप दिन्छ र आफ्नी आमालाई आशिष् दिदैन,

त्यो एक पुस्ता हो जो उनीहरूको आफ्नै आँखामा शुद्ध छ, तर तिनीहरूका ती फोहरहरू धोइएका छैनन् । (हितोपदेश ३०:११-१२ यूएलटी)

  • आफ्ना बाबुआमालाई सम्मान नगर्ने मानिसहरूले आफूलाई धर्मी ठान्छन्, र उनीहरू आफ्नो पापबाट फर्कदैनन् ।