ne_ta/translate/writing-apocalypticwriting/01.md

18 KiB

विवरण

अगमवक्ताले अरु मानिसहरूलाई भनुन् भनेर परमेश्‍वरले अगमवक्तालाई दिएको समाचार साङ्‍केतिक अगमवाणी हो । परमेश्‍वरले भविष्यमा के गर्नुहुने छ भन्‍ने थाहा दिनको लागि ती समाचारहरूमा प्रतिबिम्ब वा साङ्केतहरूकको प्रयोग गरिएका हुन्छन् ।

अगमवाणीहरू भएका मुख्य पुस्तकहरू यशैया, इजकिएल, दानिएल, जकरीया, र प्रकाश हुन् । साङ्‍केतिक अगमवाणीका छोटा उदाहारणहरू अरु पुस्तकहरूमा पनि पाईन्छन्, जस्तै मत्ती २४, मर्कूश १३, र लुका २१ । प्रत्येक समाचार परमेश्‍वरले कसरी दिनुभयो र समाचार के थियो भन्‍ने कुरा बाइबलले बताउँछ । परमेश्‍वरले समाचार कहिले दिनुभयो, कहिलेकाहिँ परमेश्‍वरले अचम्म तरिकाले समाचार दिनुभएको छ, जस्तै सपनाहरू दर्शनहरू । ("सपना" र "दर्शन" अनुवाद गर्न सहायताको लागि हेर्नुहोस् सपनादर्शन जब अगमवक्ताहरूले सपनाहरू र दर्शनहरू देखे, अक्सर गरी तिनीहरूले परमेश्‍वरले र स्वर्गको बारेका प्रतिबिम्ब र सङ्‍केतहरू देखे । जस्तै काँडा, सुनौलो सामदान, सेतो कपाल र कपडा सहितको एउटा शक्तिशाली मानिस, र आगो जस्ता आखाँ र काँस जस्ता खुट्टाहरू । यिनीहरूमध्ये केही प्रतिबिम्बहरू एक भन्दा धेरै अगमवक्ताहरूले देखेका थिए ।

संसारको बारेमा पनि केही निश्‍चित प्रतिबिम्ब र सङ्‍केतहरू सहितका अगमवाणीहरू छन् । उदाहारणको लागि, केही अगमवाणीहरूमा बलिया जनावरहरूले राज्यहरूको प्रतिनिधित्व गर्दछन्, सिङहरूले राजाहरू वा राज्यहरूलाई प्रतिनिधित्व गर्छन्, अजिङ्गर वा सर्पले सैतानको प्रतिनिधित्व गर्छन्, समुन्द्रले राष्ट्रहरूको प्रतिनिधित्व गर्छ, हप्ताहरूले लामो समय अवधिलाई प्रतिनिधित्व गर्छन् । केही प्रतिबिम्बहरू एकभन्दा धेरै अगमवक्ताहरूले देखेका थिए । परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ, पापलाई सजाय दिनुहुन्छ, र परमेश्‍वरले आफूले सृजना गरेको नयाँ संसारमा आफ्नो धार्मिकता कसरी स्थापित गर्नुहुन्छ भन्‍ने कुरा पनि अगमवाणीहरूले बताउँछन् । तिनीहरूले स्वर्ग र नर्कमा के हुने छ भनेर पनि अगमवाणीहरूले बताउँछन् ।

बाइबलमा धेरैजसो अगमवाणीहरू कविताको रूपमा प्रस्तुत गरिएका छन् । यदि कुनै कुरा कविताको रूपमा व्यक्त गरिएको छ भने ती सत्य वा महत्त्वपूर्ण नहुन सक्छन् भन्‍ने मान्यता कुनै कुनै सस्कृतिहरूमा मानिसहरूले राख्दछन् । बइबलका अगमवाणीहरू कविता वा गैर कविता जसरी प्रस्तुत गरिएता पनि ती सत्य र महत्त्वपूर्ण छन् ।

कहिलेकाहिँ विगतमा घटेका घटनालाई जनाउनको लागि यी पुस्तकहरूमा भुतकालको प्रयोग गरिएको छ । कहिलेकाहिँ भविष्यमा घट्ने घटनाहरूलाई जनाउनको लागि पनि भूतकालको प्रयोग गरिएका छन् । यो किन भएको भन्‍ने जानकारीको लागि यहाँ दुई कारणहरू दिइएका छन् । अगमवक्ताहरूले सपना वा दर्शनमा देखेका अगमवाणीहरू बताउँदा प्रायजसो उनीहरूले भूतकालको प्रयोग गरेका छन्, किनकि तिनीहरूको सपना विगतमा थियो । भूतकालको प्रयोग गर्नुको अर्को कारण भनेको भविष्यमा घट्ने घटनाहरू निश्‍चित रूपमा घट्छन् भनेर महत्त्व दिनलाई हो । घटनाहरू घट्ने कुरा यति निश्‍चित थियो कि त्यो पहिले नै घटे बराबर थियो । यो दोस्रो भूतकालको प्रयोगलाई हामी भविष्यवाणीयुक्त भूत" भन्दछौं । हेर्नुहोस् भविष्यवाणीयुक्त भूत

यीमध्ये केही घटनाहरू अगमवक्ताहरूले भनिसकेपछि घट्छन्, र केही संसारको अन्तपछि मात्र घट्छन् ।

यो अनुवादको सवाल हुनुका कारणहरू

  • केही प्रतिबिम्बहरू वुझ्‍नलाई गाहृो हुन्छन् किनकी त्यस्ता वस्तुहरू त्यो भन्दा पहिले कहिल्यै देखिएका हुँदैनन् ।
  • हामीले कहिल्यै नदेखेका वा संसारमा अस्तित्व नभएका वस्तुहरूको विवरणलाई अनुवाद गर्न कठिन हुन्छ।
  • यदि परमेश्‍वर वा अगमवक्ताले भूतकालको प्रयोग गरेका छन् भने, उनीहरू विगतमा पहिले नै घटिसकेका कुराहरूको बारेमा बोलिरहेका छन् या भविष्यमा घट्ने घटनाहरूको बारेमा बोलिरहेका छन् भन्‍ने कुरा बुझ्‍नको लागि पाठकहरूलाई कठिन हुन्छ ।I

अनुवादका सिद्वान्तहरू

  • पाठमा भएको प्रतिबिम्बलाई अनुवाद गर्नुहोस् । तिनीहरूको व्याख्या र तिनीहरूको अर्थलाई अनुवाद गर्ने प्रयास नगर्नुहोस् ।
  • जब एउटा प्रतिबिम्ब बाइबलमा एक पटक भन्दा धेरै देखिन्छ र उस्तै प्रकारले व्याख्या गरिएको छ भने, त्यसलाई सबै ठाउमा एकै प्रकारले अनुवाद गर्ने प्रयास गर्नुहोस् ।
  • अगमवाणी काव्यात्मक होस् वा गैर काव्यात्मक यदि यसले पाठकहरूलाई त्यो अगमवाणी सत्य होईन वा महत्पूर्ण छैन भन्‍ने सकेंत गर्छ भने, त्यस्तो अर्थ नदिने गरी अनुवाद गर्नुहोस् ।
  • विभिन्‍न अगमवाणीहरूमा कुन क्रममा घटनाहरूको व्याख्या गरिएका छन् भन्‍ने कुरा बुझ्‍नको लागि कहिलेकाहिँ कठिन हुन्छ । प्रत्येक अगमवाणीहरू जस्तो देखिन्छन् त्यस्तै प्रकारले लेख्नुहोस् ।
  • वक्ताले भन्न खोजेको कुरा के हो भन्‍ने पाठकहरूलाई बुझ्‍न सजिलो हुने प्रकारले कालको प्रयोग गर्नुहोस् । यदि पाठकहरूले भुतकालको भविष्यवाणी भुझ्दैनन् भने यसलाई भविष्यकालको प्रयोग गर्नु स्वीकार्य हुन्छ ।
  • केही अगमवाणीहरू अगमवक्ताहरूले यसको बारेमा लेखेपछि मात्र पूरा भएका थिए । तीमध्ये कुनै अहिलेसम्म पनि पूरा भएका छैनन् । यी अगमवाणीहरू कहिले पूरा भएका थिए वा कसरी पूरा भएका थिए भन्‍ने कुराको स्पष्टीकरण नदिनुहोस् ।

बाइबलबाट उदाहरणहरू

तलको खण्डहरूले इजकिएल दानिएल र यूहन्‍नाले देखेका शक्तिशाली मानिसहरूको बारेमा व्याख्या गर्दछन् । यी दर्शनहरूमा आएका प्रतिबिम्बहरू; ऊन जस्तो सेतो कपाल, धेरै पानी जस्तो आवाज, सुनौलो फाँट र पित्तलले पालिस गरेजस्ता खुट्टाहरू वा पैतलाहरू । यद्यपि अगमवक्ताहरूले धेरै प्रकारका विवरणहरू देखेका छन्, ती विवरणहरू जस्ता छन् त्यसरी नै अनुवाद गर्नु राम्रो हुन्छ । प्रकाशको पुस्तकमा भएका रेखाङ्कित वाक्यंशहरू दानिएल र इजकिएलको खण्डहरूमा पनि छन् ।

र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखे । उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए। उहाँका पाउहरू टल्‍काएका काँसजस्‍ता थिए आगोको भट्टीमा खारेर टल्‍काएका काँसजस्‍ता र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो । उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो । (प्रकाश १:१३-१६ यूएलटी)

जसै मैले हेरेँ, सिंहासनहरू तयार पारिएका थिए ।, र प्राचीन दिनहरूले उसको स्थान लियो । उसका कपडा हिउँजस्‍तै सेता थिए, र उसको टाउकोको कपाल शुद्व ऊनजस्तै थियो . (दानिएल ७:९ यूएलटी)

मैले माथि हेरें र मेरो अगि कम्‍मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें। तिनको शरीर पीतमणिजस्‍तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्‍कन्‍थ्‍यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्‍काइएको काँसोजस्‍तै थियो र तिनको स्‍वर ठूलो भीड़को स्‍वरझैँ थिए। (दानिएल १०:५-६ यूएलटी)

इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आइरहेको थियो; उहाँको सोर उर्लेर आएका पानीहरूको गर्जनजस्‍तो थियो र पृथ्वी उहाँको महिमाले चम्‍क्यो । (इजकिएल ४३:२ यूएलटी)

तल दिइएको खण्डले विगतका घटनाहरूको बारेमा बताउनको लागि भूतकालको प्रयोग गरिएको देखिन्छ । रेखाङ्कित क्रियापदहरूले विगतका घटनाहरूलाई इङ्गित गर्दछन् ।

आमोजका छोरा यशैयाले यहूदाका राजाहरू, उज्‍जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा दर्शन देखे । हे आकाश, सुन्‌ ! हे पृथ्‍वी, कान थाप्‌ ! किनकि परमप्रभुले भन्‍नुभएको छ : “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, , तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन् । (यशैया १:१-२ यूएलटी)

तल दिइएको खण्डले भविष्यत्‌काल र भूतकालका विभिन्न प्रयोगको बारेमा बताउँछन् । रेखाङ्कित क्रियापदहरूले भविष्यवाणीयुक्त भूतका उदाहरणहरू हुन्, जहाँ घटनाहरू घट्ने निश्‍चित नै छ भन्‍ने देखाउनलाई भूतकालको प्रयोग गरिएको छ ।

संकष्टमा भएकाको निराशा हटाइने छ । सुरुको समयमा ऊ अपमानीत हुने छ । जबूलूनको देश र नप्‍तालीको देशलाई तर भविष्‍यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्‍यजातिहरूको गालीललाई सम्‍मानित तुल्‍याउनुहुने छ। अन्‍धकारमा हिँड्‌ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युको छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ । (यशैया ९:१-२ यूएलटी)