ne_tw/bible/other/kingdom.md

7.8 KiB
Raw Permalink Blame History

राज्य

परिभाषा:

राज्य भनेको एउटा राजाद्वारा शासन गरिएको मानिसहरूको एउटा समूह हो । यसले राजा वा अन्य शासनकको नियन्त्रण र अधिकारमा रहेको क्षेत्र वा राजनैतिक भूभागलाई पनि जनाउँछ ।

  • राज्य कुनै पनि भौगोलिक आकारको हुन सक्छ । राजाले एउटा देश वा राष्‍ट्र वा केवल एउटा सानो सहरमाथि पनि शासन गर्न सक्छ ।
  • “राज्य” भन्‍ने शब्दले “परमेश्‍वरको राज्य” मा जस्तो आत्मिक शासन वा अधिकारलाई पनि जनाउन सक्छ ।
  • परमेश्‍वर सारा सृष्‍टिका शासक हुनुहुन्छ, तर “परमेश्‍वरको राज्य”ले विशेष गरी येशू ख्रीष्‍टमाथि विश्‍वास गर्ने र उहाँको अधिकारमा समर्पित हुने मानिसहरूमाथि रहेको उहाँको शासन र अधिकारलाई जनाउँछ ।
  • बाइबलले शैतानको “राज्य” भएको कुरा पनि बताउँछ, जसमा उसले यस पृथ्वीका धेरै थोकहरूमाथि अस्थायी रूपमा शासन गर्छ । उसको राज्य दुष्‍ट छ र त्यसलाई “अन्धकार” भनेर उल्लेख गरिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • एउटा राजाद्वारा शासन गरिएको भौगोलिक क्षेत्रलाई जनाउँदा, “राज्य” शब्दलाई “(राजाद्वारा शासन गरिएको) देश”, वा “राजाको क्षेत्र” वा “राजाद्वारा राज्य गरिएको भूभाग” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आत्मिक अर्थमा, “राज्य” लाई “शासन गर्ने” वा “राज्य गर्ने” वा “नियन्‍त्रण गर्ने” वा “अधिकार गर्ने” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “पुजारीहरूको राज्य” लाई “परमेश्‍वरद्वारा शासन गरिएका आत्मिक पुजारीहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “ज्योतिको राज्य” लाई “ज्योति झैँ असल परमेश्‍वरको राज्य” वा “परमेश्‍वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ, जो ज्योति हुनुहुन्छ” वा “परमेश्‍वरको राज्यको ज्योति र भलाइ” भनेर पनि अनुवाद गर्न सकिन्छ । यस अभिव्यक्तिमा “ज्योति” शब्दलाई कायम राख्‍नु उत्तम हुन्छ, किनभने बाइबलमा यो धेरै महत्त्वपूर्ण शब्द हो ।
  • “राज्य” केही देशहरूमाथि सम्राटले शासन गर्ने "साम्राज्य"भन्दा फरक हो भन्‍ने कुरा ख्याल गर्नु होला ।

(यो पनि हेर्नुहोस्: अधिकार, राजा, परमेश्‍वरको राज्य, इस्राएलको राज्य, यहूदा, यहूदा, पुजारी)

बाइबलका सन्दर्भहरूः

बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १३ः२ परमेश्‍वरले मोशा र इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूले मेरा आज्ञा मान्यौ र मेरा करार पालन गर्‍यौ भने, तिमीहरू मेरो बहुमूल्य निज धन, पुजारीहरूको राज्य, र एउटा पवित्र जाति हुने छौ ।”
  • १८ः४ सोलोमनको आनाज्ञाकारिताको दण्डस्वरूप, परमेश्‍वर सोलोमनसंँग क्रोधित हुनुभयो र सोलोमनको मृत्युपछि परमेश्‍वरले इस्राएल राष्ट्रलाई दुई वटा __राज्यहरू__मा विभाजन गर्ने प्रतिज्ञा गर्नुभयो ।
  • १८ः७ इस्राएल राष्ट्रका दश कुलहरूले रहोबामको विरुद्ध विद्रोह गरे । केवल दुई कुलहरू मात्र तिनीप्रति विश्‍वासयोग्य रहे । यी दुई कुलहरू यहूदाको राज्य भए ।
  • १८ः८ रहबामको विरुद्ध विद्रोह गर्ने इस्राएल देशका अरू दश कुलहरूले यारोबाम नाम गरेको मानिसलाई तिनीहरूका राजा हुनको निम्ति नियुक्त गरे । तिनीहरूले त्यस क्षेत्रको उत्तरी भागमा तिनीहरूको राज्य खाडा गरे र तिनीहरूलाई इस्राएल राज्य भनियो ।
  • २१ः८ राजा त्यो व्‍यक्‍ति हो जसले कुनै __राज्य__माथि शासन गर्छ र मानिसहरूको न्याय गर्छ ।

शब्द विवरणः

  • Strongs: H4410, H4437, H4438, H4467, H4468, H4474, H4475, G09320