ne_tw/bible/kt/authority.md

3.4 KiB

अधिकार

परिभाषा:

“अधिकार” शब्दले कसैमाथि कसैको नियन्‍त्रण वा प्रभाव पार्ने शक्‍तिलाई जनाउँछ ।

  • राजाहरू र अन्य शासकहरूसित तिनीहरूले शासन गरिरहेका मानिसहरूमाथि अधिकार हुन्छ ।
  • शब्द “अधिकारीहरू” ले अरू मानिसहरूमाथि हक भएका मानिस, सरकार वा संस्थालाई जनाउँछ ।
  • शब्‍द "अधिकारहरु" ले आत्‍मिक प्रणीहरूलाई पनि बुझाउन सक्‍छ जसले आफूलाई परमेश्‍वको अख्‍तियारमा समर्पण नगरेका मानिसहरुमाथि शक्‍ति राख्‍छन्।
  • मालिकहरूले आफ्‍ना सेवकहरू वा दासहरुमाथि अधिकार राख्‍छन्। छोराछोरीमाथि  आमाबाबुको अधिकार हुन्‍छ।
  • सरकारहरूसगँ आफ्‍ना नागरिकहरूलाई शासन गर्ने कानुन बनाउने अधिकार वा हक हुन्‍छ।

अनुवादका लागि सुझावहरूः

  • “अधिकार” लाई “नियन्‍त्रण” वा “हक” वा “योग्यता” भनी अनुवाद गर्न सकिन्छ ।
  • कहिले काहीँ “अधिकार” शब्दलाई “शक्‍ति” वा “क्षमता” को अर्थमा प्रयोग गरिन्छ ।
  • मानिसहरूमाथि शासन गर्ने मानिसहरू र संस्थाहरूलाई जनाउन शब्द “अधिकारीहरू” को प्रयोग गर्दा यसलाई “अगुवाहरू” वा “शासकहरू” वा “शक्‍तिहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “उसको आफ्नै अधिकारमा” लाई “अगुवाइ गर्ने उसको आफ्नै हकसहित” वा “उसको आफ्नै योग्यताहरूमा आधारित रहेर” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अधिराज्‍य, राजा, शासक, शक्ति)

बाइबलका सन्दर्भहरूः

  • कलस्सी ०२:१०-१२
  • एस्तर ०९:२९
  • उत्पत्ति ४१:३५-३६
  • योना ०३:६-७
  • लूका १२:४-५
  • लूका २०:१-२
  • मत्ती ०८:८-१०
  • मत्ती २८:१८-१९
  • तीतस ०३:१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8633, G08310, G14130, G18490, G18500, G20030, G27150, G52470