ne_tw/bible/names/judah.md

3.1 KiB
Raw Permalink Blame History

यहूदा

तथ्यहरूः

यहूदा याकूबका काइलो छोरो थिए । तिनी लेआका काइलो छोरो थिए । तिनका सन्‍तानहरू इस्राएलका कुलहरूमध्ये एक बने ।

  • यहूदाका सन्तानहरूलाई "यहूदा कुल" वा "यहूदा"को रूपमा चिनिन्छ ।
  • उनको नाम हिब्रू शब्‍दको अर्थ "प्रशंसा"सँग मिल्दोजुल्दो छ ।
  • यहूदाको कुल यरूशलेम सहरको दक्षिणमा पर्ने पहाडी क्षेत्र समेत कनानको दक्षिणी भागमा बसोबास गरे । भूमिको क्षेत्रको नामको रूपमा प्रयोग गर्दा, "यहूदा" शब्‍दले यहूदाको कुललाई दिइएको भूमिलाई बुझाउँछ ।
  • पुरानो करारमा, यहूदा नामलाई कहिलेकाहीँ इस्राएलको सम्‍पूर्ण दक्षिणी राज्‍यलाई जनाउन प्रयोग गरिन्‍छ (जसरी एफ्राइमलाई पनि कहिलेकाहीँ सम्‍पूर्ण उत्तरी राज्‍यलाई जनाउन प्रयोग गरिन्‍छ ।)।
  • राजा दाऊद, राजा सोलोमन र दक्षिणी राज्‍यका सबै राजाहरू यहूदाका सन्‍तानहरू थिए । येशू पनि यहूदाका सन्‍तान हुनुहुन्‍थ्‍यो ।
  • “यहूदी” र "यहूदिया" शब्द “यहूदा” नाउँबाट आउँछ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: इस्राएलका बाह्र कुलहरू, यहूदा(राज्य), यहूदी, यहूदिया, याकूब, लेआ)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H3063