ne_tw/bible/names/kingdomofjudah.md

5.0 KiB

यहूदा, यहूदाको राज्य

परिभाषा:

इस्राएलको बाह्र कुलहरूमध्ये यहूदा चाँहि सबै भन्दा ठुलो थियो । सोलोमन राजा मरिसकेपछि, इस्राएलीहरू दुईवटा राज्यमा विभाजन भएः इस्राएल र यहूदा ।

  • सोलोमन राजाको मृत्य‍ुपछि, इस्राएल राष्‍ट्र दुई राज्‍यहरूमा विभाजित भयोः इस्राएल र यहूदा। यहूदाको राज्‍य मृत सागरको पश्‍चिममा अवस्‍थित दक्षिणी राज्‍य थियो।
  • यहूदाको राज्यको राजधानी सहर यरुशलेम थियो ।
  • यहूदाको आठ राजाहरूले परमप्रभुको आज्ञा पालन गरे र मानिहरूलाई उहाँको आराधना गर्न अगुवाइ गरे। तर यहूदाका धेरै राजाहरू दुष्‍ट थिए र मानिसहरूलाई मूर्ती पूजा गर्न लगाए।
  • इस्राएललाई (उत्तरी राज्य) अश्शूरले पराजय गरेको १२० वर्ष पछि, यहूदालाई बेबिलोन देशले परास्त गर्यो । बेबिलोनीहरूले सहर र मन्दिरलाई नष्‍ट गरे र यहूदाको राज्यको धेरै जसो मानिसहरूलाई बन्दी बनाई बेबिलोन लागे ।

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ३०ः२६-२८
  • २ शामूएल १२ः८
  • होशे ५ः१४
  • यर्मिया ७ः३३
  • न्‍यायकर्ता १ः१६-१७

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • १८ः७ केवल दुई कुलहरूमात्र उनीप्रति (रहोबाम) बफादार रहे । यी दुई कुलहरू यहूदाको राज्य भए ।
  • १८ः१० यहूदा र इस्राएलका राज्यहरू एक अर्काको शत्रु भए र कैयौं पटक एक अर्काको विरुद्धमा युद्ध गरे ।
  • १८ः१३ यहूदाका राजाहरू दाऊदका सन्तानहरू थिए । यी राजाहरूमध्ये केही असल थिए जसले न्यायपूर्ण रूपमा शासन गरे र परमेश्‍वरको आराधना गरे । तर धेरै जसो यहूदाका राजाहरू दुष्‍ट, भ्रष्‍ट थिए, र मूर्तिपूजा गर्थे ।
  • २०ः१ इस्राएल र यहूदाका राज्यहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे ।
  • २०ः५ परमेश्‍वरमा विश्‍वास नगरेको र वहाँका आज्ञाहरू नमानेको कारण वहाँले इस्राएलको राज्यको मानिसहरूलाई दण्डित गर्नुभएको यहूदाको राज्यको मानिसहरूले देखे । तर तिनीहरूले अझैपनि मूर्तिपूजा गरिरहे जसमा कनानीहरूका ईश्‍वरहरू पनि थिए ।
  • २०ः६ अश्शूरीहरूले इस्राएलको राज्यलाई नष्‍ट गरेको करीब १०० वर्ष पछि, बेबिलोनीहरूका राजा नबूकदनेसरलाई यहूदाको राज्यलाई आक्रमण गर्न परमेश्‍वरले पठाउनुभयो ।
  • २०ः९ नबूकदनेसर र तिनका सेनाले यहूदाको राज्यको सबै जसो मानिसहरूलाई बेबिलोन लगे, र जमिनमा रोपाईं गर्नको निम्ति मात्र सबै भन्दा दरिद्र मानिसहरूमात्र त्यहीँ छोडिदिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4438, H3063