ne_tw/bible/names/jacob.md

6.3 KiB
Raw Permalink Blame History

याकूब, इस्राएल

तथ्यहरूः

इसहाक र रिबेकाबाट जन्मेका जुम्ल्याहा छोराहरूमध्ये याकूब कान्छो थिए । परमेश्‍वरले उनको नाम "इस्राएल" मा परिवर्तन गर्नुभयो। उनका सन्‍तानहरू इस्राएल जाति भए ।

  • याकूब इस्राएली जातिका तीन कुलपिताहरू अब्राहाम, इसहाक, र याकूबमध्‍येका अन्‍तिम हुन् । याकूबका बाह्र छोराहरू इस्राएलका बाह्र कुलहरू बने ।
  • याकूबको नाउँ हिब्रू शब्‍द "कुर्कुच्‍चो"सगँ मिल्‍दोजुल्‍दो छ । याकूबको जन्‍म हुदाँ, उनले आफ्‍नो जुम्‍ल्‍याहा दाजु एसावको कुर्कुच्‍चो समातेर जन्‍मेका थिए । पुरानो करारको समयमा, कुर्कुच्‍चो आक्रमण र व्‍यक्तिको शरिरको पछाडिको भाग दुवैसगँ सम्‍बन्‍धित थियो । याकूबको हिब्रू नाउँ सम्भवतः कसैलाई पछाडिबाट आक्रमण गर्ने धारणासगँ सम्‍बन्‍धित थियो ।
  • धेरै बर्षपछि, परमेश्‍वरले  याकूबको नाउँ "इस्राएल" मा परिवर्तन गर्नुभयो, जसको अर्थ "उनले परमेश्‍वरसगँ संधर्ष गर्छन्" हुन सक्‍छ ।
  • याकूबले लाबानका दुई छोरीहरू लेआ र राहेल, साथै तिनीहरूका कमारीहरू जिल्‍पा र बिल्‍हासगँ विवाह गरे । यी चार महिलाहरू बाह्र छोराहरूको आमा बने जोपछि गएर इस्राएलका बाह्र कुलका पुर्खाहरू बने ।
  • नयाँ करारमा, मत्तीको पुस्‍तकको वंशावलीमा योसेफको बुबाको रूपमा याकूब नाम गरेका विभिन्‍न व्‍यक्‍तिहरूको सूची दिइएका छन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: इस्राएल, इस्राएलका बाह्र कुलहरू, लेआ, राहेल, जिल्‍पा, बिल्लाह, छल गर्नु, एसाव, इसहाक, रिबेका, लाबान)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ७ः१ केटाहरू हुर्कंदै गर्दा रिबेकाले __ याकूब__ लाई प्रेम गरिन् भने इसहाकले एसावलाई । __ याकूब__ घरमै बस्‍न मन पराउँथे भने एसाव शिकार गर्न मन पराउँथे ।
  • ७ः७ याकूब त्यहाँ धेरै वर्षसम्म बसे, र त्यस समय अवधिमा तिनले बिहे गरे र तिनका बाह्र जना छोरा र एक छोरी भए । परमेश्‍वरले तिनलाई ज्यादै धनी बनाउनुभयो ।
  • ७ः८ कनानमा भएको आफ्नो घरबाट बिस वर्षसम्म टाढा बसेपछि याकूब आफ्नो परिवार, आफ्ना नोकर-चाकरहरू र आफ्ना सबै गाइवस्तु लिएर त्यहाँ फर्के ।
  • ७ः१० परमेश्‍वरले अब्राहामसित बाँध्‍नुभएको करार र त्यसपछि इसहाकसित बाँध्‍नुभएको करार अब __याकूब__मा सर्‍यो ।
  • ८ः१ धेरै वर्षपश्‍चात् जब याकूब वृद्ध भइसकेका थिए, तिनले आफूले मन पराएका छोरा योसेफलाई तिनका दाजुहरूमध्ये कसरी गाइवस्तुको हेरचाह गरिरहेका थिए भनी जाँच गर्न पठाए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H3290, G23840