ne_tw/bible/kt/israel.md

5.5 KiB

इस्राएल, इस्राएलीहरू, इस्राएल जाति

परिभाषा:

“इस्राएल” परमेश्‍वरले याकूबलाई दिनुभएको नाउँ हो । यसको अर्थ हुन्छ, “तिनी परमेश्‍वरसित लड्छन् ।”

  • "इस्राएल" नामको अर्थ सम्‍भवतः "उहाँ परमेश्‍वरसँग संघर्ष गर्नुहुन्‍छ।"
  • याकूबका सन्तानहरू “इस्राएलका मानिसहरू”, “इस्राएल जाति” वा “इस्राएलीहरू” भनेर चिनिए ।
  • परमेश्‍वरले इस्राएलका मानिसहरूसित आफ्नो करार बाँध्‍नुभयो । तिनीहरू उहाँका चुनिएका जाति थिए ।
  • इस्राएल जाति बार्‍ह कुलबाट बनेको थियो ।
  • राजा सोलोमन मर्नेबित्तिकै इस्राएल दुईवटा राज्यमा विभाजित भयोः “यहूदा” भनिने दक्षिणी राज्य र “इस्राएल” भनिने उत्तरी राज्य ।
  • अक्सर सन्दर्भमा आधारित रहेर “इस्राएल” शब्दलाई “इस्राएलका मानिसहरू” वा “इस्राएल जाति” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः याकूब, इस्राएल, इस्राएल राज्य, यहूदा राज्य, यहूदा, जाति, इस्राएलका बार्‍ह कुल)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०२:२२-२४
  • प्रेरित ०२:३४-३६
  • प्रेरित ०७:२२-२५
  • प्रेरित १३:२३-२५
  • यूहन्‍ना ०१:४९-५१
  • लूका २४:२१
  • मत्ती ०२:४-६
  • मत्ती ०२:१९-२१
  • मत्ती ०९:३२-३४
  • मत्ती २७:९-१०
  • मर्कूस १२:२८-३१
  • फिलिप्पी ०३:४-५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०८-१५) याकूबका बार्‍ह छोराका सन्तानहरूबाट इस्राएलका बार्‍ह कुल बने ।
  • (०९-०३) मिश्रीहरूले इस्राएलीहरूलाई धेरै भवनहरू र पुरै सहरहरू बनाउन जबरजस्ती गरे ।
  • (०९-०५) कोही एक इस्राएली स्‍त्रीले एउटा छोरो जन्माई ।
  • (१०-०१) तिनीहरूले भने, “इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे !’”
  • (१४-१२) तर यी सबैका बाबजुत पनि इस्राएलका मानिसहरूले परमेश्‍वर र मोशाको विरुद्धमा गनगन गर्नुका अतिरिक्‍त विरोध प्रकट गरे ।
  • (१५-०९) त्यस दिन परमेश्‍वरको इस्राएलको पक्षमा लड्नुभयो । उहाँले एमोरीहरूलाई अलमलमा पार्नुभयो र ठुला-ठुला असिनाहरू बर्साउनुभयो जसले धेरै एमोरीहरूलाई मारे ।
  • (१५-१२) यो युद्धपश्‍चात् परमेश्‍वरले इस्राएलको हरेक कुललाई प्रतिज्ञात देशको एउटा-एउटा हिस्सा दिनुभयो । त्यसपछि परमेश्‍वरले इस्राएललाई यसका सबै सिमानामा शान्ति दिनुभयो ।
  • (१६-१६) त्यसैले, इस्राएलीहरूले मूर्तिहरूलाई पुजेको कारणले परमेश्‍वरले तिनीहरूलाई फेरि दण्ड दिनुभयो ।
  • (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू एक मानिस हुनुहुन्थ्यो जसले परमेश्‍वरको शक्‍तिद्वारा धेरै शक्‍तिशाली चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो जुन तपाईंहरूले देख्‍नुभयो र पहिले नै जान्‍नुहुन्छ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3478, H3479, H3481, H3482, G09350, G24740, G24750