ne_tw/bible/kt/kingdomofgod.md

8.2 KiB

परमेश्‍वरको राज्य, स्वर्गको राज्य

परिभाषा:

यी शब्दहरूले आफ्नो सृष्‍टि तथा आफ्ना मानिसहरूमाथि रहेको परमेश्‍वरको अख्तियार तथा शासनलाई सङ्केत गर्दछन् ।

  • परमेश्‍वरको नाम लिन नपरोस् भनेर यहूदीहरूले धेरै जसो “स्वर्ग” भन्‍ने शब्द परमेश्‍वरलाई जनाउन प्रयोग गर्छन् ।
  • मत्तीले लेखेका नयाँ नियमको पुस्तकमा, “परमेश्‍वरको राज्य” लाई सङ्केत गर्नको लागि, “स्वर्गको राज्य” भन्‍ने अभिव्‍यक्‍तिको प्रयोग भएको छ किनभने उनले यो मूलतः यहूदीहरूका निम्ति लेखेका थिए ।
  • परमेश्‍वरको राज्यले आत्मिक रूपमा मानिसहरूमाथि र भौतिक संसार माथि परमेश्‍वरको शासनलाई सङ्केत गर्छ ।
  • पुरानो नियमका अगमवक्ताहरूले धार्मिकतामा शासन गर्ने र आफ्ना शत्रुहरूमाथि विजय हुने मसीहलाई पठाएर परमेश्‍वरले आफ्नो राज्यको स्थापना गर्नुहुनेछ भन्‍ने अगमवाणी गरेका थिए । येशू, परमेश्‍वरका पुत्र नै मसीह हुनुहुन्छ र उहाँले परमेश्‍वरको राज्यमाथि अनन्तसम्म शासन गर्नुहुनेछ ।

अनुवाद सुझावहरू

  • प्रसङ्ग अनुसार, “परमेश्‍वरको राज्य” लाई “परमेश्‍वरको शासन (राजा झैँ)” वा “जब परमेश्‍वरले राजा झैँ शासन गर्नुहुन्छ” वा “सबैकुरा माथि परमेश्‍वरको शासन” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “स्वर्गको राज्य” लाई “राजा झैँ स्वर्गबाट परमेश्‍वरको शासन” वा “शासन गर्नुहुने स्वर्गीय परमेश्‍वर” वा “स्वर्गको राज्य” वा “सबैकुरा माथि स्वर्गको शासन” भनेर अनुवाद गर्न सकिन्छ । यदि यति सजिलै र स्पष्‍टसंग अनुवाद गर्न सकिएन भने, “परमेश्‍वरको राज्य” भनेर अनुवाद गर्न सकिन्छ ।
  • केही अनुवादहरूले परमेश्‍वरलाई जनाउनको निम्ति अंग्रेजीको स्वर्ग भन्‍ने शब्दको अगाडिको अक्षरलाई ठुलो पनि लेख्छन् । अरूले यस्तो खण्डमा यस्तो नोट राख्‍न सक्छन्, “स्वर्गको (‘परमेश्‍वरको’) राज्य ।”
  • यस्तो वाक्यमा स्वर्गको अर्थलाई व्याख्या गर्नको निम्ति मुद्रित बाइबलको पानाको तल्लो भागमा पादटिप्पणीको प्रयोग सकिन्छ ।

बाइबलका घटनाहरूबाट उदाहरणहरू

बाइबलका सन्दर्भहरूः

  • २ थेसलोनिकि १ः५
  • प्रेरित ८ः१२-१३
  • प्रेरित २८ः२३
  • कलस्‍सी ४ः११
  • यूहन्‍ना ३ः३
  • लूका ७ः२८
  • लूका १०ः९
  • लूका १२ः३१-३२
  • मत्ति ३ः२
  • मत्ति ४ः१७
  • मत्ति ५ः१०
  • रोमि १४ः१७

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २४ः२ उनले (यूहन्‍ना) तिनीहरूलाई यसरी प्रचार गरे, “पश्‍चात्ताप गर किनकि परमेश्‍वरको राज्य नजिकै छ ।”
  • २८ः६ अनि येशूले चेलाहरूलाई जवाफ दिनुभयो, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु धेरै कठिन छ ! एउटा धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त एउटा ऊँठलाई सियोको प्वालमा छिर्न सजिलो हुन्छ ।”
  • २९ः२ “परमेश्‍वरको राज्य त्यो राजा जस्तो हो जसले आफ्ना नोकरहरूसंग हिसाबको छिनोफानो गर्न चाहे ।”
  • ३४ः१ येशूले “परमेश्‍वरको राज्य” को बारेमा धेरै अरू कथाहरू भन्‍नुभयो । उदाहरणको लागि, वहाँले भन्‍नु भयो, “परमेश्‍वरको राज्य जमिनमा छरिएको रायोको दानो जस्तै हो ।”
  • ३४ः३ येशूले अर्को कथा भन्‍नुभयो, “परमेश्‍वरको राज्य रोटी मुछ्दा पूरै रोटीभरि नभएसम्म एउटा स्‍त्रीले मिसाउने खमिर जस्तै हो ।”
  • ३४ः३ “परमेश्‍वरको राज्य कसैले आफ्नो जमिनमा लुकाएको धन जस्तै हो । अर्को मान्छेले त्यो पायो तर त्यसले पनि फेरि गाड्यो ।”
  • ३४ः५ “परमेश्‍वरको राज्य बहुमूल्य मोती जस्तै हो ।”
  • ४२ः९ उहाँले धेरै तरिकाद्वारा आफू जीवित हुनुहुन्छ भनि आफ्ना चेलाहरूलाई प्रमाणित गर्नुभयो, र उहाँले परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो ।
  • ४९ः५ येशूले भन्‍नुभयो कि परमेश्‍वरको राज्‍य संसारमा सबै भन्‍दा मूल्‍यवान छ।
  • ५०ः२ येशू यस संसारमा हुनुहुँदा वहाँले भन्‍नुभयो, “मेरा चेलाहरूले संसारको हरेक मानिसहरूलाई परमेश्‍वरको राज्यको विषयमा सुसमाचार सुनाउनेछन्, र त्यसपछि अन्त्य आउने छ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G09320, G23160, G37720