ne_tw/bible/kt/priest.md

8.3 KiB
Raw Permalink Blame History

पुजारी, पुजारीगिरी

परिभाषा:

बाइबलमा, पुजारी परमेश्‍वरका मानिसहरूका तर्फबाट परमेश्‍वरलाई बलिदानहरू चढाउन छानिएको व्यक्‍ति थिए ।” पुजारीगिरी” पुजारी हुने कार्य वा अवस्थाको नाउँ थियो ।

  • पुरानो करारमा, परमेश्‍वरले हारून र उनका सन्तानहरूलाई इस्राएलका मानिसहरूका निम्ति उहाँका पुजारी हुनलाई छान्‍नुभयो ।
  • “पुजारीगिरी” लेवी कुललाई बुबाबाट आफ्ना सन्ताहरूलाई वंशाणुगत रूपमा प्रत्यायोजित अधिकार र दायित्व थियो ।
  • इस्राएली पुजारीहरूको जिम्मेवारी मानिसहरूको बलिदान परमेश्‍वरलाई चढाउने साथै मन्दिरका अन्य कर्त्तव्यहरू पनि थिए ।
  • पुजारीहरूले उहाँका मानिसहरूको तर्फबाट नियमित रूपमा परमेश्‍वरलाई प्राथनाहरू चढाउँथे र अन्य धार्मिक विधिहरू पनि गर्थे ।
  • पुजारीहरूले मानिसहरूमाथि औपचारिक आशिष्‌हरू घोषणा गर्थे र तिनीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउँथे ।
  • येशूको समयमा मुख्य पुजारी र प्रधान पुजारी लगायतका पुजारीहरूका विभिन्‍न तहहरू थिए ।
  • येशू परमेश्‍वरको सामु हाम्रो लागि मध्यस्थता गर्ने हाम्रो “महान् प्रधान पुजारी” हुनुहुन्छ । उहाँले आफैँलाई पापको चरम बलिदान स्वरूप अर्पणनुभयो । यसको अर्थ मानव पुजारीहरूले चढाएका बलिदानहरू आवश्‍यक पर्दैन भन्‍ने हुन्छ ।
  • नयाँ करारमा, येशूमा विश्‍वास गर्ने हरेकलाई “पुजारी” भनिन्छ, जो आफू र अरू मानिसहरूका निम्ति मध्यस्थता गर्न प्रार्थनामा सोझै परमेश्‍वरकहाँ आउन सक्छ ।
  • प्राचीन समयमा, बाल जस्ता झुटा देवतालाई बलिदान चढाउने अयहूदी पुजारीहरू पनि थिए ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार, “पुजारी” शब्दलाई “बलिदान चढाउने व्यक्‍ति” वा “परमेश्‍वरको मध्यस्थकर्ता” वा “बलिदानी मध्यस्थकर्ता” वा “परमेश्‍वरको प्रतिनिधित्व गर्न उहाँले नियुक्‍ति गर्नुभएको व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ ।
  • “पुजारी” को अनुवाद “मध्यस्थकर्ता” को भन्दा फरक हुनुपर्छ ।
  • यसले आधुनिक किसिमका पुजारीलाई जनाउँदैन भनी स्पष्‍ट पार्न केही अनुवादहरूले “इस्राएली पुजारी” वा “यहूदी पुजारी” वा “परमप्रभुका पुजारी” वा “बालका पुजारी “ भन्‍न बढी रुचाउन सक्छन् ।
  • “पुजारी” शब्द अनुवाद गर्न प्रयोग गरिएको शब्द “मुख्य पुजारी,” “प्रधान पुजारी,” “लेवी” र “अगमवक्‍ता” को निम्ति प्रयोग शब्दभन्दा फरक हुनुपर्छ ।

(यो पनि हेर्नुहोस्: हारून्, प्रधान पुजारी, मध्यस्थकर्ता, बलिदान)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएला उदाहरणहरूः

  • ४ः७ “सर्वोच्‍च परमेश्‍वरका पुजारी मल्कीसेदेक”
  • १३ः९ परमेश्‍वरको व्यवस्था तोड्नेले परमेश्‍वरको निम्ति बलिदानको रूपमा भेटहुने पालअघिको वेदीमा एउटा पशु ल्याउन सक्थ्यो । __पुजारी__ले त्यो पशुलाई मार्थ्यो, र वेदीमा जलाउँथ्यो । बलि चढाइएको त्यो पशुको रगतले त्यस व्यक्‍तिको पाप ढाक्थ्यो, र त्यस व्यक्‍तिलाई परमेश्‍वरको नजरमा शुद्ध बनाउँथ्यो । परमेश्‍वरले मोशाका दाजु हारून र तिनका सन्तानहरूलाई पुजारी हुनलाई चुन्‍नुभयो ।
  • १९ः७ त्यसैले बालका __पुजारीहरू__ले बलिदान तयार पारे, तर आगो बालेनन् ।
  • २१ः७ इस्राएली पुजारी मानिसहरूका पापहरूका दण्डको सट्टामा उनीहरूका तर्फबाट परमेश्‍वरलाई बलिदान चढाउने व्‍यक्‍ति थिए । __पुजारीहरू__ले मानिसहरूका लागि परेश्‍वरसित प्रर्थना पनि गर्थे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H3547, H3548, H3549, H3550, G07480, G07490, G24050, G24060, G24070, G24090, G24200