ne_tw/bible/kt/highpriest.md

8.3 KiB
Raw Permalink Blame History

प्रधान पुजारी, मुख्य पुजारीहरू

परिभाषा:

“प्रधान पूजाहारी” शब्दले विशेष पुजारीलाई जनाउँछ जसलाई एक वर्षसम्म अन्य सबै इस्राएली पुजारीहरूको अगुवा भई सेवा गर्न नियुक्‍त गरिन्थ्यो । नयाँ करारको समयमा, केही अन्‍य पुजारीहरूलाई पनि अन्‍य पुजारी र मानिसहरूमाथि अधिकार सहित निकै महत्त्वपूर्ण धार्मिक अगुवाहरू मानिन्थ्यो । यिनी मुख्य पुजारीहरू थिए ।

  • प्रधान पुजारीका विशेष उत्तरदायित्वहरू हुन्थे । वर्षको एक पटक विशेष बलि चढाउन मन्दिर वा पवित्रस्थानको महा-पवित्रस्थानभित्र प्रवेश गर्न तिनलाई मात्र अनुमति थियो ।
  • इस्राएलीहरूका धेरै पुजारी हुन्थे, तर एक पटकमा एक मात्र प्रधान पुजारी हुन्थे ।
  • प्रधान पुजारीहरू सेवानिवृत्त भएपछि, तिनीहरूले अझै पनि उपाधिसँगै केही जिम्‍मेवारीहरू राखेका थिए । उदहारणको लागि, हन्‍नास र अरूहरूका पुजारीकालमा पनि कैयाफालाई अझै प्रधान पुजारीको रूपमा उल्लेख गरिन्थ्यो ।
  • मन्‍दिरमा आराधना सेवाहरूका निम्ति आवश्‍यक सबै कुराहरूका लागि मुख्‍य पुजारीहरू जिम्‍मेवार थिए । मन्दिरमा दिइएका पैसाको जिम्‍मा पनि उनीहरूकै थियो ।
  • मुख्य पुजारीहरू साधारण पुजारीहरूभन्‍दा पद र शक्‍तिमा उच्‍च थिए । प्रधान पूजहारीसँग मात्र बढी अधिकार हुन्थ्यो ।
  • मुख्य पुजारीहरू येशूका केही मुख्य शत्रुहरू थिए र येशूलाई गिरफ्तार गर्न उनीहरूले रोमी शासकहरूलाई शक्तिशाली रूपमा प्रभाव पारे ।

अनुवादका निम्ति सुझावहरूः

  • “प्रधान पुजारी” लाई “सर्वोच्‍च पुजारी” वा “सर्वोच्‍च श्रेणीधारी पुजारी” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मुख्य पुजारी” लाई "मूल पुजारी" वा "नेतृत्व गर्ने पुजारी" वा "शसन गर्ने पुजारी" भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: हन्‍नास, कैयाफा, पुजारी, मन्दिर)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १३ः८ पर्दा पछाडिको कोठामा __प्रधान पुजारी__बाहेक कोही पनि प्रवेश गर्न सक्दैनथ्यो, किनकि त्यहाँ परमेश्‍वर बास गर्नुहुन्थ्यो ।
  • २१ः७ आउनेवाला मसीह सिद्ध प्रधान पुजारी हुनुहुन्थ्यो, जसले आफैलाई सिद्ध बलिदानको रूपमा परमेश्‍वरको निम्ति चढाउनुहुन्थ्यो ।
  • ३८ः३ येशूलाई धोका दिन __प्रधान पूजाहारी__द्वारा अगुवाइ गरिएका यहूदी अगुवाहरूले यहूदालाई तिस चाँदीका सिक्‍का दिए ।
  • ३९ः१ येशूलाई प्रश्‍न सोध्‍नको लागि सिपाहीहरूले उहाँलाई __प्रधान पुजारी__को घरमा लगे ।
  • ३९ः३ अन्त्यमा, __प्रधान पुजारी__ले येशूलाई सिधा हेरेर भने, “हामीलाई भन्, के तँ नै मसीह अर्थात् जीवित परमेश्‍वरका पुत्र होस्?”
  • ४४ः७ अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पुजारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए ।
  • ४५ः२ त्यसैले, धार्मिक अगुवाहरूले स्तिफनसलाई पक्राउ गरी तिनलाई प्रधान पुजारी र यूहदीहरूका अन्य अगुवाहरूकहाँ ल्याए, जहाँ अझै थप झुटा साक्षीहरूले स्तिफनसको बारेमा झुट बोले ।
  • (४६-०१) दमस्कस सहरमा गई त्यहाँ भएका ख्रीष्‍टियानहरूलाई पक्राउ गरी तिनीहरूलाई यरूशलेममा ल्याउन प्रधान पूजाहारीले शाऊललाई अनुमति दिए ।
  • ४६ः१ येशू महान् प्रधान पुजारी हुनुहुन्छ । अन्य पुजारीहरूका विपरीत उहाँले संसारका सबै मानिसहरूका पाप उठाई लैजान सक्‍ने एक मात्र बलिदानको रूपमा आफैलाई अर्पण गर्नुभयो । येशू सिद्ध प्रधान पुजारी हुनुहुन्थ्यो किनकि उहाँले जो कसैले गरेको हरेक पापको दण्ड बोक्‍नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H7218, H1419, H3548, G07480, G07490