ne_tw/bible/other/sacrifice.md

8.2 KiB
Raw Permalink Blame History

बलिदान, बलिदानहरू, भेटी

परिभाषा:

बाइबलमा, "बलिदान" र "भेटी" शब्दहरूले परमेश्‍वरलाई उहाँको आराधना गर्ने कार्यको रूपमा दिइएका विशेष उपहारहरूलाई बुझाउँछ। मानिसहरूले झूटा देवताहरूलाई पनि बलि चढाए।

बलिदान

परमेश्‍वरलाई  बलिदानहरू प्रायः जनावरको हत्या समावेश गर्दछ।

परमेश्‍वरको सिद्ध पापरहित पुत्र, येशूको बलिदानले मात्र मानिसहरूलाई पूर्ण रूपमा पापबाट शुद्ध पार्न सक्छ; पशु बलिले त्यसो गर्न सक्दैन।

भेटी

भेटी शब्दले सामान्यतया प्रस्तावित वा दिइने कुनै पनि कुरालाई बुझाउँछ।

"बलिदान" शब्दले दातालाई ठूलो मूल्यमा दिइने वा गरेको कुरालाई बुझाउँछ। परमेश्‍वरलाई भेटीहरू विशेष चीजहरू थिए जुन उहाँले इस्राएलीहरूलाई उहाँप्रति भक्ति र आज्ञाकारिता व्यक्त गर्न दिन आज्ञा दिनुभएको थियो।

“होमबलि” र “शान्तिबलि” जस्ता विभिन्‍न भेटीहरूको नाउँले कस्तो प्रकारको भेटी दिइँदैछ भनी संकेत गर्छ।

अनुवादका सुझावहरूः

  • “बलिदान” शब्दलाई “परमेश्‍वरलाई दिइएको उपहार” वा “परमेश्‍वरलाई दिइएको कुरा” वा “परमेश्‍वरलाई चढाइएको बहुमूल्य कुरा” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • सन्दर्भमा निर्भर गर्दै, "बलिदान" शब्दलाई "पूजामा दिइने बहुमूल्य चीज" वा "एक विशेष जनावरलाई मारेर परमेश्‍वरलाई चढाइएको" भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “बलिदान” गर्ने कार्यलाई “कुनै मूल्यवान चीज त्याग्‍नु” वा “कुनै जनावरलाई मारेर परमेश्‍वरलाई अर्पण गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • "आफूलाई जीवित बलिदानको रूपमा प्रस्तुत गर्नुहोस्" अनुवाद गर्ने अर्को तरिका "आफ्नो जीवन बिताउँदा, वेदीमा पशु चढाइएझैं आफूलाई पूर्ण रूपमा परमेश्‍वरलाई अर्पण गर्नुहोस्।"
  • (यो पनि हेर्नुहोस्: वेदी, होमबलि, पेय भेटी, झूटा देवता, मेलबलि, स्वेच्छाले चढाउने शान्तिबलि, पुजारी, पापबलि, पूजा)

बाइबल सन्दर्भहरूः

  • २ तिमोथी ४:६-८
  • प्रेरित ७:४१-४२
  • प्रेरित १४:११-१३
  • प्रेरित २१:२५-२६
  • उत्पत्ती ४:३-५
  • याकूब २:२१-२४
  • मत्ती ५:२३-२४
  • मत्ती ९:१२-१३
  • मत्ती १२:७-८
  • मर्कूस १:४३-४४
  • मर्कूस १४:१२-१४
  • फिलिप्‍पी २:१७-१८
  • फिलिप्‍पी ४:१८-२०

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • ३ः१४ नोआ डुङ्गाबाट निस्केर, उनले एउटा वेदी बनाए, र बलिको निम्ति प्रयोग गर्न सकिने हरेक किसिमका पशुको बलि चढाए। परमेश्‍वर बलिदानसँग खुसी हुनुभयो, र उनको परिवारलाई आशिष् दिनुभयो।
  • ५ः६ “तेरो छोरा इसाहकलाई लेऊ र उसलाई मारेर मेरो निम्ति बलिदान चढा।” फेरि अब्राहामले परमेश्‍वरको आज्ञा पालन गरे र उनका छोरालाई बलिदान चढाउन तयारी गरे।
  • ५ः९ परमेश्‍वरले इसहाकको सट्टामा बलिदान चढाउनलाई थुमा दिनुभएको थियो।
  • १३ः९ परमेश्‍वरको व्यवस्था भङ्ग गर्ने जो कोहीले भेट हुने पालमा एउटा पशु परमेश्‍वरको निम्ति बलिदानको रूपमा ल्याउन सक्थ्यो। पूजारीले पशु मार्थे र वेदीमा चढाउँथे। बलिदान चढाएको पशुको रगतले त्यो व्यक्‍तिको पापलाई ढाक्थ्यो र त्यो व्यक्‍तिलाई परमेश्‍वरको दृष्‍टिमा शुद्ध बनाउथ्यो।
  • १७ः६ दाऊदले सबै इस्राएलीहरूले परमेश्‍वरको आराधना गर्न सक्‍ने र उहाँलाई बलिदान चढाउन सक्‍ने मन्दिर बनाउन चाहन्थे।
  • ४८ः६ येशू महान् प्रधान पूजारी हुनुहुन्छ। उहाँले अरू पूजारी जस्तो गर्नुभएन, तर संसारका सबै पापीहरूका पापलाई लान सक्‍ने एक मात्र बलिदानको रूपमा आफैँलाई अर्पण गर्नुभयो।
  • ४८ः८ तर परमेश्‍वरले हाम्रो सट्टामा मर्नलाई येशू अर्थात् परमेश्‍वरको थुमा दिनुभयो।
  • ४९ः११ येशू बलिदान हुनुभएकोले परमेश्‍वरले कुनै पनि पाप अर्थात् अझ धेरै डर लाग्‍दो पाप पनि क्षमा गर्न सक्‍नुहुन्छ।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0801, H0817, H0819, H1685, H1890, H1974, H2076, H2077, H2281, H2282, H2398, H2401, H2402, H2403, H2409, H3632, H4394, H4503, H4504, H5066, H5068, H5071, H5257, H5258, H5261, H5262, H5927, H5928, H5930, H6453, H6944, H6999, H7133, H7311, H8002, H8426, H8548, H8573, H8641, G02660, G03340, G10490, G14350, G14940, G23780, G23800, G36460, G43760, G54850