ne_tw/bible/other/mediator.md

2.1 KiB
Raw Permalink Blame History

मध्यस्थकर्ता

परिभाषा:

मध्यस्थकर्ता भनेको दुई पक्षलाई उनीहरूको मतभेद सुल्झाउन र मिलापमा आउन सहायता गर्ने व्यक्त्ति हो।

  • पापको नतिजा परमेश्‍वरको क्रोध हो, अनि पापको दण्ड मृत्यु हो। पापको कारण परमेश्‍वर र उहाँका मानिसहरू बिचको सम्बन्ध टुटेको छ।
  • येशू, परमेश्‍वर पिता र उहाँका मानिसहरू बिचको मध्यस्थकर्ता हुनुहुन्छ, जसले आफ्नो मृत्युद्वारा तिनीहरूको पापको मूल्य तिरेर त्यो टुटेको सम्बन्ध पुनर्स्थापना गर्नुहुन्छ।

अनुवादका लागि सुझावहरू

  • “मध्यस्थकर्ता” लाई “बिचको व्यक्त्ति” वा “मिलापकर्ता” वा “शान्ति ल्याउने व्यक्त्ति” भनेर अनुवाद गर्न सकिन्छ।
  • यो शब्दलाई “पूजाहारी” भन्‍ने शब्दको अनुवादसँग तुलना गर्नुहोस्। यी दुईवटा शब्दलाई फरक-फरक तरिकाले अनुवाद गरिएमा उत्तम हुन्छ ।

​बाइबल सन्दर्भहरू:

१ तिमोथी २:५

गलाती ३:२०

हिब्रू ८:६

हिब्रू १२:२४

लूका १२:१४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3887, G33120, G33160