ne_tw/bible/other/king.md

5.9 KiB
Raw Permalink Blame History

राजा, राजतन्त्र

परिभाषा:

बाइबलमा, "राजा" शब्दले एक व्यक्तिलाई जनाउँछ जो मानिसहरूको विशेष समूह वा भूमिको विशेष क्षेत्र (वा दुवै) को सर्वोच्च शासक हो।

  • बाइबलीय समयमा, एक राजा सामान्यतया अघिल्लो राजा (हरू) को पारिवारिक सम्बन्धको आधारमा शासन गर्न चुनिन्थ्यो। जब एक राजाको मृत्यु हुन्छ, सामान्यतया उसको जेठो छोरा अर्को राजा हुन्छ।
  • बाइबलले प्रायः परमेश्‍वरलाई सम्पूर्ण ब्रहमाण्ड (सामान्य अर्थमा) र आफ्ना मानिसहरूमाथि (एक विशेष अर्थमा) शासन गर्ने राजाको रूपमा बुझाउँछ।
  • नयाँ नियमले येशूलाई विभिन्‍न तरिकामा राजाको रूपमा बुझाउँछ, जसमा: "यहूदीहरूका राजा;" "इस्राएलका राजा;" र "राजाहरूका राजा।"
  • सन्दर्भमा निर्भर गर्दै, "राजा" शब्दलाई "सर्वोच्च प्रमुख" वा "सार्वभौम शासक" भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • "राजाहरूका राजा" वाक्यांशलाई "अरू सबै राजाहरूमाथि शासन गर्ने राजा" वा "अन्य सबै शासकहरूमाथि अधिकार गर्ने सर्वोच्च शासक" भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: अधिकार, हेरोद एन्टिपास, राज्य, परमेश्‍वरको राज्य)

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • एक रात फारो (मिश्रीहरूले राजाहरूलाई यही नामले पुकार्थे) ले दुईवटा सपनाहरू देखे जसले तिनलाई धेरै चिन्तित बनायो।
  • इस्राएलीहरूका निम्ति कुनै राजा थिएन, त्यसैले तिनीहरूलाई जे ठीक लाग्छ त्यही गरे।
  • अरू सबै राष्‍ट्रहरूमा भए झैँ मानिसहरूले परमेश्‍वरसंग राजा मागे।
  • अन्तमा, शाऊल युद्धमा मरे, र दाऊद इस्राएलको राजा बने। तिनी असल राजा थिए र मानिसहरूले तिनलाई माया गर्थे।
  • परमेश्‍वरका अगमवक्ताहरूले पनि भने कि मसीह एक अगमवक्ता, एक पुजारी, र एक राजा हुनुहुनेछ।
  • दाऊद इस्राएलका राजा थिए, तर येशू सारा विश्‍वकै राजा हुनुहुन्छ।

​बाइबल सन्दर्भहरू:

१ तिमोथी ६:१५-१६

२ राजा ५:१८

२ शमूएल ५:३

प्रेरित ७:९-१०

प्रेरित १३:२२

यूहन्‍ना १:४९-५१

लूका १:५

लूका २२:२४-२५

मत्ती ५:३५

मत्ती १४:९

​बाइबलका कथाहरूबाट उदाहरणहरू:

८:६ एक रात, फारो, जसलाई मिश्रीहरूले आफ्ना राजाहरू भन्थे, दुइटा सपना देखे जसले उहाँलाई धेरै विचलित बनायो।

१६:१ इस्राएलीहरूका कुनै राजा थिएनन्, त्यसैले सबैले आफ्नो लागि जे ठीक ठान्थे त्यही गरे।

**१६:१८**अन्तमा, मानिसहरूले परमेश्‍वरलाई अरू सबै राष्ट्रहरूले जस्तै राजाको लागि अनुरोध गरे।

**१७:५**अन्ततः, शाऊल युद्धमा मरे, र दाऊद इस्राएलका राजा भए। उहाँ असल राजा हुनुहुन्थ्यो र मानिसहरूले उहाँलाई माया गर्थे।

२१:६ परमेश्‍वरका अगमवक्ताहरूले पनि मसीह एक अगमवक्ता, एक पुजारी र एक राजा हुनेछ भनेर भने।

४८:१४ दाऊद इस्राएलका राजा थिए, तर येशू सम्पूर्ण ब्रहमाण्डको राजा हुनुहुन्छ!

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4427, H4428, H4430, G09350, G09360