ne_tw/bible/kt/sadducee.md

2.3 KiB
Raw Permalink Blame History

सदुकी

परिभाषा:

सदुकीहरू येशूको समयमा यहूदी पुजारीको एउटा राजनीतिक समूह थिए । तिनीहरूले रोमीहरूलाई समर्थन गर्ने र पुनरुत्थानमा विश्‍वास गर्दैनथिए ।

  • सदुकीहरू मुख्य पुजारी र प्रधान पुजारी जस्ता शक्‍तिशाली नेतृत्व पदहरू आसिन धनी र उच्‍च वर्गका यहूदीहरू थिए ।
  • सदुकीहरूको कर्त्तव्यहरूमा मन्दिरको भवन मरम्मत गर्ने र बलि चढाउने जस्ता पुजारीका कामहरू पर्थे ।
  • सदुकीहरू र फरिसीहरूले येशूलाई क्रुसमा टाँग्‍न रोमी नेताहरूलाई शक्तिशाली रूपमा प्रभाव पारे ।
  • येशू तिनीहरूका स्वर्थीपन र पाखण्डीपनका कारण यी दुई धार्मिक समूहहरूका विरुद्धमा बोल्नुभयो ।

(यो पनि हेर्नुहोस्: मुख्य पुजारीहरू, परिषद्‌, प्रधान पुजारी, पाखण्डी, यहूदी अगुवाहरू, फरिसी, पुजारी)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G45230