ne_tw/bible/other/jewishleaders.md

5.8 KiB
Raw Permalink Blame History

यहूदी अधिकारीहरू, यहूदी अगुवाहरू

तथ्यहरू:

शब्द "यहूदी नेता" वा "यहूदी अख्तियार" ले धार्मिक नेताहरू जस्तै पूजाहारीहरू र परमेश्‍वरको व्यवस्थाका शिक्षकहरूलाई बुझाउँछ। तिनीहरूसँग गैर-धार्मिक मामिलाहरूको बारेमा पनि निर्णय गर्ने अधिकार थियो।

  • यहूदी नेताहरू प्रधान पूजाहारीहरू, मुख्य पुजारीहरू र शास्त्रीहरू (परमेश्‍वरको व्यवस्थाका शिक्षकहरू) थिए।
  • यहूदी नेताहरूको दुई मुख्य समूह फरिसीहरू र सदुकीहरू थिए। यरूशलेमको यहूदी परिषदमा
  • सत्तरी जना यहूदी नेताहरू कानुनका मामिलामा निर्णय गर्न भेला भए।
  • धेरै यहूदी नेताहरू गर्व गर्थे र सोच्थे कि तिनीहरू धर्मी थिए। तिनीहरू येशूलाई ईर्ष्यालु थिए र उहाँलाई हानि गर्न चाहन्थे। तिनीहरूले परमेश्‍वरलाई चिनेको दाबी गरे तर उहाँको आज्ञा पालन गरेनन्।
  • प्रायः "यहूदीहरू" भन्‍ने वाक्यांशले यहूदी नेताहरूलाई बुझाउँछ, विशेष गरी तिनीहरू येशूप्रति रिसाएको र उहाँलाई धोका दिने वा हानि गर्ने प्रयास गरिरहेका सन्दर्भहरूमा।
  • यी शब्दहरूलाई "यहूदी शासकहरू" वा "यहूदी मानिसहरूमाथि शासन गर्ने मानिसहरू" वा "यहूदी धार्मिक नेताहरू" भनेर पनि अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः यहूदी, परिषद्, प्रधान पुजारी, फरिसी, पुजारी, सदुकी, शास्त्री)

बाइबलका सन्दर्भहरूः

  • प्रस्थान १६:२२-२३
  • यूहन्‍ना २:१९
  • यूहन्‍ना ५:१०-११
  • यूहन्‍ना ५:१६
  • लूका १९:४७-४८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २४ः३ धेरै धार्मिक अगुवाहरू पनि यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पापको पश्‍चात्ताप गरेनन् वा स्वीकार गरेनन्।
  • ३७ः११ तर यहूदीहरूका धार्मिक अगुवाहरू डाही थिए। त्यसैले, तिनीहरूले येशू र लाजरसलाई कसरी मार्ने भनी सँगसँगै योजना बनाए।
  • ३८ः२ येशू मसीह हुनुहुन्थ्यो भनी यहूदी अगुवाहरूले इन्कार गर्थे र तिनीहरूले उहाँलाई मार्ने योजना बनाउँदै थिए भनी त्यस (यहूदा) लाई थाहा थियो।
  • ३८ः३ प्रधान पूजाहारीद्वारा नेतृत्व गरिएका यहूदी अगुवाहरूले येशूलाई धोका दिन यहूदालाई चाँदीका तिस टुक्रा दिए।
  • ३९ः५ सबै यहूदी अगुवाहरूले प्रधान पूजाहारीलाई जवाफ दिए, “तिनी (येशू) मृत्युको लायक छन्।”
  • ३९ः९ अर्को बिहान सबेरै यहूदी अगुवाहरूले येशूलाई रोमी हाकिम पिलातसकहाँ ल्याए।
  • ३९ः११ तर यहूदी अगुवाहरू र भिड चिच्‍च्‍याए, “उहाँलाई क्रुसमा टाँग्‍नुहोस्।”
  • ४०ः९ त्यसपछि येशू नै मसीह हुनुहुन्थ्यो भनी विश्‍वास गर्ने दुई जना यहूदी अगुवा योसेफ र निकोदेमसले येशूको मृत शरीर मागे।
  • ४४ः७ अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स G24530