ne_tw/bible/kt/pharisee.md

2.7 KiB
Raw Permalink Blame History

फरिसी

तथ्यहरूः

फरिसीहरू येशूको समयमा इस्राएलका धार्मिक अगुवाहरूका महत्त्वपूर्ण र शक्‍तिशाली समूह थिए ।

  • तिनीहरूमध्ये धेरै मध्यम वर्गीय व्यापारीहरू थिए र तिनीहरूमध्ये केहीचाहिँ पूजाहारीहरू पनि थिए ।
  • सबै यहुदी अगुवाहरूमध्ये फरिसीहरू मोशाको व्यवस्था पालन गर्न, र अन्य यहूदी व्यवस्था र परम्पराहरू पालन गर्नमा सबैभन्दा कट्टर थिए ।
  • तिनीहरू यहूदीलाई उनीहरूका वरिपरि भएका गैरयहूदी मानिसहरूको प्रभावबाट अलग राख्‍ने कुरामा धेरै सरोकार राख्‍थे । वास्तवमा, “फरिसी” नाउँ नै “अलग गर्नु” भन्‍ने शब्दबाट आउँछ ।
  • फरिसीहरूले मृत्युपछिको जीवनमा, स्वर्गदुतहरूको अस्तित्वमा र अन्य आत्मिक प्राणीहरूमा पनि विश्‍वास गर्थे ।
  • फरिसीहरू र सदुकीहरूले येशूलाई र प्रारम्भिक ख्रीष्‍टियनहरूलाई तीव्र रूपमा विरोध गरे ।

(यो पनि हेर्नुहोस्: परिषद्‌, यहूदी अगुवाहरू, व्यवस्था, सदुकी)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G53300