ne_tw/bible/other/council.md

3.3 KiB
Raw Permalink Blame History

परिषद्

परिभाषा:

परिषद् महत्त्वपूर्ण विषयहरूबारे छलफल गर्न, सरसल्लाह गर्न र निर्णय गर्न भेला हुने मानिसहरूको समूह हो ।

  • साधारणतयाः परिषद् वैधानिक विषयहरूबारे निर्णयजस्ता विशेष उद्देश्यको निम्ति औपचारिक र केही हदसम्म स्थायी तरिकाले संगठित हुन्छ ।
  • महासभाको रूपमा चिनिने यरूशलेमको "यहूदी परिषद्"मा ७० जना सदस्यहरू थिए, जसमा मुख्य पुजारीहरू, धर्म-गुरुहरू, शास्‍त्रीहरू, फरिसीहरू र सदूकीहरूजस्ता यहूदी अगुवाहरू पर्थे, उनीहरू यहूदी व्यवस्थाको विषयमा निर्णय गर्न नियमित रूपमा भेट्थे ।
  • अन्य सहरहरूमा पनि साना यहूदी परिषद्ह‌रू पनि थिए ।
  • सुसमाचार प्रचार गरेकोले पक्राउ पर्दा प्रेरित पावललाई रोमी परिषद्‌ सामु ल्याइएका थिए ।
  • सन्दर्भअननुरूप “परिषद्” शब्दलाई “वैधानिक भेला” वा “राजनीतिक भेला” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “परिषद्‍मा हुनु” को अर्थ कुनै निर्णय लिन विशेष बैठकमा हुनु भन्‍ने हुन्छ ।
  • यो “परामर्श दिनु” भन्दा फरक शब्द हो, जसको अर्थ “बुद्धिमतापूर्ण सल्लाह दिनु” भन्‍ने हुन्छ भन्‍ने कुरा ख्याल गर्नु होला ।

(यो पनि हेर्नुहोस्: सभा, परामर्श दिनु, फरिसी, व्यवस्था, पुजारी, सदुकी, शास्‍त्री)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H4186, H5475, G10100, G48240, G48920