ne_tw/bible/other/assembly.md

3.9 KiB
Raw Permalink Blame History

सभा, भेला, मण्डली, बैठक, भेटघाट, समुदाय

परिभाषा:

"सभा" शब्दले सामान्यतयाः समस्याहरू छलफल गर्ने, सल्लाह दिने वा निर्णयहरू गर्ने कुनै कारणको निम्ति सँगैसँगै भेला हुने मानिसहरूको समूहलाई जनाउँछ । सभा एउटा आधिकारिक र केही स्थायी किसिमको संगठित समूह हुन सक्छ वा कुनै खास उद्देश्य वा अवसरको निम्ति अस्थायी रूपमा सँगै आउने मानिसहरूको समूह हुन सक्छ ।

​पुरानो नियम

  • पुरानो नियममा "पवित्र सभा" भनिने विशेष प्रकारको सभा थियो जसमा इस्राएलका मानिसहरू परमप्रभुको आराधना गर्न भेला हुन्थे ।
  • कहिलेकाहीँ "भेला" शब्दले सामान्यतयाः समूहको रूपमा इस्राएलीहरूलाई जनाउँथ्यो ।

नयाँ करार

  • नयाँ करारमा, यरूशलेम जस्तो प्रमुख सहरहरूमा मानिसहरू बिचको द्वन्द्व समाधान गर्न र कुनै कानूनी विषयमा फैसला गर्न ७० जना यहूदी अगुवाहरूका सभा भेट्थे ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार "सभा"लाई "विशेष भेटघाट" वा "मण्डली" वा "परिषद्‌" वा "फौज" वा "ठुलो समूह" भनी अनुवाद गर्न सकिन्छ ।
  • "सभा" शब्दले सामान्यतयाः समग्र रूपमा इस्राएलीहरूलाई बुझाउँछ, यसलाई "समुदाय" वा "इस्राएलका मानिसहरू" भनी अनुवाद गर्न सकिन्छ ।
  • "सबै सभा" लाई "सबै मानिसहरू" वा "इस्राएलीहरूको सम्पूर्ण समूह" वा "हरेक" भनेर अनुवाद गर्न सकिन्छ। (हेर्नुहोस्: अतिशयोक्ति)
  • कहिलेकाहीँ शत्रु सिपाहीहरूको ठुलो जमघटलाई पनि "सभा" भनिन्थ्यो । यसलाई "फौज" को रूपमा अनुवाद गर्न सकिन्छ ।

(यो पनि हे्र्नुहोस्: परिषद्‌)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H0622, H1481, H2199, H3259, H4150, H4186, H4744, H5475, H5712, H6116, H6908, H6950, H6951, H6952, G15770, G38310, G48630, G48640, G48710, G49050